bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र लाई हस्तान्तरण

pokhariya Holi Notice

सुनिल श्रेष्ठ, बिरगंज।

हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ पर्सालाई २५ सय पिस माक्र्स र २० लिटर सेनिटाईजर हस्तान्तरण गर्नु भएको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।

Simraungadh Holi Notice

त्यसैगरि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा र राईजिङ्ग बिरगंज नेपालको पहलमा आज श्रीराम हल अगाडि प्रहरी बिट , सामुदायिक सेवा केन्द्र अफिस अगाडि र ईदगाह चौकमा बाटोमा माक्स नलगाई हिडनेहरुलाई निसुल्क माक्स बितरण र हातमा सेनिटाईजर छर्कने काम भएको थियो ।यो कार्य निरन्तर हुने र सामुदायिक सेवा केन्द्रलाई निम्बस ग्रुपले ३ पिस आक्सीमिटर र ३ पिस जरो नप्ने थर्मामिटर सहयोग गर्ने भएको हुदा कसैले आफ्नो ज्वरो नाप्न र अक्सिजनको मात्रा थाहा पाउन सामुदायिक सेवा केन्द्र वा प्रहरी बिट छपकैयामा सम्पर्क गर्न समेत अध्यक्ष ठकुराईले जानकारी दिनु भयो।

आज मंगलवार बिहान ७ :०० बजेदेखि ८ :०० सम्म १ घन्टा माक्स बितरण गरिएको थियो । सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको नेतुत्वमा माक्स बितरण भएको थियो । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिब प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा सिंह , सदस्य अजित कुमार भुजेल , राईजिङ्ग बिरगंज नेपालका आरजु खान , ईमामुल हक , ज्याउल हक , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ का प्रहरी सहायक निरीक्षक गोबिन्द राय यादव , प्रहरी हवल्दार सैलेन्द्र प्रसाद यादव , प्रहरी जवान राजकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.