विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

जसपा नेपालको मुदाहरू सरकार समक्ष ध्यानाकरसन स्वरूप बिज्ञप्ति

307

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता सम्बन्धी समस्या समाधान गर्नु पर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नु पर्ने माग तथा संविधान संशोधन र रेशम चौधरी एवं अन्य नेताकार्यकर्ताको रिहाइको माग समेत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Thank you for reading this post, don't forget to subscribe!

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रतिनिधिसभामा विश्वासको मत ठाकुर पक्षले पनि दिएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले आज मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्री लाई ध्यानाकर्षण गराउने उदेश्यले बिज्ञप्ति जारि गरेका छन्।’ अब सरकारमा जाने कि नजाने भन्नेमा हामी आपसमा छलफल गरि मात्र केहि निर्णय गर्ने कार्यकारिणी समितिको बैठकले जनाएको जसपा नेता राजीव झाले जनाएका छन्।

devatal gapa

बुदागत मांगहरु के के छन ?

  1. पूनसंरचना, शिल्पी, खशको पहिचान संविधानमा अनुपातमा पार्टी जीबाट व्यक्त भएको हुनाले जनता समाजवादी समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्री नेपालले विश्वासको मत दिने निर्णय गरेको हो। तसर्थ उक्त माँग मुद्दाहरुको सम्बोधनार्थ सम्माननीय प्रधानमन्त्री जीलाई ध्यानाकर्षण गर्ने वैठकले निर्णय गरेको छ। साथै अघिल्लो सरकारद्वारा हाम्रो माँग मुद्दाहरु समाधानको लागि गरिएको सकारात्मक पहल स्वरुप केहि झुठा मुद्दाहरु फिर्ता, नागरिक्ता सम्बन्धी अध्यादेश जारी, संविधान संसोधन सम्बन्धी कार्यदलको गठन लगायतको कार्यको लागि निर्वतमान प्रधानमन्त्री माके. पी. शर्मा ओलीजीलाई धन्यवाद दिने समेत निर्णय गरेको थियो।
  2. कोभिङ-१९ (कोरोना) महामारीको चपेटामा समग्र विश्व नै रहेकोले यस प्रलयकारी समस्यासंग जुझनु सबैको साझा दायित्व हो। सम्पूर्ण नेपाली जनताको लागि तत्काल अनिवार्य निःशुल्क खोपको व्यवस्था गर्नुको साथै कोरोना महामारीवाट ज्यान गुमाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुको साथै गरिवी रेखा मुनि रहेका नागरिकहरुको लागि समेत आर्थिक राहतको प्याकेज अविलम्ब घोषणा गर्न नेपाल सरकारसंग माँग गर्ने निर्णय गरेको छ।
  3. वर्षायाम शुरु भए देखि नै मुलुकको विभिन्न भू-भागमा बाढि, पहिरो र डुवानले गर्दा जनताले ज्यान गुमाउनु परेको छ तथा हजारौं परिवारहरु घरवार विहिन भै विस्थापित हुन पुगेको अवस्थामा छन्। यस्तो प्राकृतिक विपदाको कारण ज्यान गुमाउन पुगेका परिवारहरु लाई राहत तथा क्षतिपूर्ति र घरवार विहिन भएका परिवारजनलाई उचित व्यवस्थापन गर्न नेपाल सरकारसंग माग गर्ने निर्णय गरेको छ।
  4. किशानलाई उचित सिंचाई, उन्नत प्रविधि, विउ-विजन, मल खाद उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा पर्नु पर्दछ। तसर्थ किसानलाई तत्काल विउ-विजन, मलखाद यथेष्ट मात्रामा उपलब्ध गराउन आवश्यक प्रवन्ध मिलाउन ध्यानाकर्षण गर्दै खास गरेर तराई-मधेशको क्षेत्रमा मलखाद सहजताका साथ उपलब्ध गराउन नेपाल सरकारसंग माँग गर्ने निर्णय गरेको छ।
  5. नेपाल-भारत सिमाना भई आवत-जावतको सहजताको लागि आवश्यक प्रबन्ध गर्न नेपाल सरकारसंग मांग गर्ने निर्णय गरेको छ।
  6. राज्यको सम्पूर्ण निकाय तथा संवैधानिक अंगहरुमा संवैधानिक व्यवस्था अनुसार पूर्ण समानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्ति गर्न गराउन नेपाल सरकारसंग माँग गर्ने निर्णय गरेको छ।
  7. सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुलजुहा (वकरईद) को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
  8. कोरोना महामारी र वाढी पहिरोबाट ज्यान गुमाएका नागरिकहरुको मृत आत्माको चीर शान्तिको कामना गर्दै वैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ। तथा परिवारजनहरु प्रति हार्दिक सम्वेदना प्रकट गर्नुको साथै यस दुःखको घडीमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनि कामना गर्दछौं।
baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.