Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

नेपालको “क” वर्गको “भोजपुरी टाइम्स दैनिक आठौ वर्षमा प्रवेश

प्रशौनी छठ ०२२
0 263
cin bigyapan
फेटा छठ ०२२

वीरगंज, पर्सा।                                     

पचरौता छठ ०२२

नेपालको पहिलो भोजपुरी पत्रिका आठौ वर्षमा प्रवेश गरेको छ। नेपालको एक मात्र भोजपुरी पत्रिका भोजपुरी भाषामा “भोजपुरी टाइम्स दैनिक” प्रकासित हुन्छ। “भोजपुरी टाइम्स दैनिक” दैनिक पत्रिकाका सम्पूर्ण टीमको अथक प्रयासले सातौ वर्ष पार गरि आठौ वर्षमा प्रवेश गरेको छ।

अरु भाषामा संचालित रहेका पत्रिकाहरु कति आए कति गए तर “भोजपुरी टाइम्स दैनिक” सातौ वर्ष पार गरि आठौ वर्षमा प्रवेश गरेको बारे नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष एवं रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले  भोजपुरी टाइम्सका सम्पूर्ण टिम लाइ धन्यावाद ज्ञापन गर्दै अझ राम्ररी सबल रुपले अगाडी बढ्न सम्पूर्ण टिमलाई हौसला बुलन गर्दै साहस प्रदान गर्नुको साथै सबै स्थानीय तह लाइ समेत सहयोग गर्न लाइ समेत आग्रह गरेका थिए। उपाध्यक्ष साहले राजधानीको क वर्गको पत्रिका कान्तिपुर दैनिकको सरह नै भोजपुरी टाइम्स दैनिकलाई क वर्गमा नेपाल सरकारले राखेकोले कान्तिपुर सरहको पत्रिका हाम्रो बीरगंज बाट प्रकासित रहेकोमा विरंगजको लागि गर्व गर्नु पर्ने जनकारी दिनु भयो।

cin bigyapan

वार्षिक उत्सवको शुभ अवसरमा “भोजपुरी टाइम्स दैनिक”को तर्फ बाट आमाको माया छात्राबासमा रहेका २० जना छात्रहरु लाइ एक/एक वटा ब्यज्ञ, आधा दर्ज काँपि, कलम क्यालकुलेटर लगायतको सामाग्री सहायो गरिएको छ। पत्रिकाका प्रकाशक अजय चौरसियाको अध्यक्षतामा गरिएको कार्यक्रममा छात्राबासका प्रमुख रुपेश दासलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।

बिश्व हिन्दु संगठन नेपालका सचिव प्रह्लाद रेग्मिले शुभकामना राख्ने क्रममा आफ्नो संस्थाको बारेमा जानकारी दिदै भने, बि. स. २०४८ सालमा बिश्व हिन्दु परिषद नेपाल नया सोचको साथ काम गर्दा नेपालका विभिन्न स्थानमा अभिभावक गुमाएका बच्चा लाइ कसरी सुरक्षीत उच्च मनोबलका साथ देशको अभिन्न अंग बनाउने प्रयासले सुरु गरिएको आमाको माया छात्रबास स्थापना गरेको आज नेपालको ३५ स्थानमा बच्चाहरु ज्ञान लिदैछ्न। यहाको भोजपुरी समाजमा नै लालनपालन भई रहेका केहि अभिभावक बिहिन लाइ भोजपुरी समाजले सहयोग गरेकोमा निकै खुसि व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको धारणाका साथै रेग्मीले शुभकामना दिएका थिए।

कार्यक्रकमा प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान, राघव साह, बिश्व हिन्दु परिषद नेपालका संगठन सचिव प्रहलाद रेग्मी, पत्रिका सम्पादक संतोष चौरसिया, हिन्दु स्वम् सेवक संघका जनकपुर सम्बादाता रन्जित साह लगायतकाले सुभकामना मन्तव्य राखेका थिए। पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer