Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

ब्रेन ट्युमर पिडित पत्रकार राउत लाई अस्ट्रेलिया बाट आर्थिक सहयोग

प्रशौनी छठ ०२२
0 293
cin bigyapan
फेटा छठ ०२२

रौतहट।

पचरौता छठ ०२२

समाज भनेको समाज हुन्छ, भन्ने गरिन्छ तर समाजको शाब्दिक अर्थ भनेको मानव–मानवबीचको सम्बन्धलाई यसले बढी दर्शाउँछ। एकै स्थान तथा क्षेत्रमा बसोबास गर्ने एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अंगाल्ने मानिसको समिष्टगत समूह वा रुप नै समाज हो। यसले खास उद्देश्य राखेर स्थापना गरिएका संस्थाको प्रतिनिधित्व समेत गर्दछ। विश्वका सबै समाजशास्त्रीको परिभाषाले भाषागत फरकपन बोकेता पनि सारमा सबैको भनाइमा असमानता भने केही रहेको छैन।

समाजले निकै गहिरो सम्बन्धको अर्थ राख्छ। विश्वमा समाजको संरचना त्यस देशका धेरै आयामहरुले निर्धारण गर्ने गर्छन्। त्यहीअनुरुप यसको प्रकृति र विशेषतामा केही परिवर्तन तथा विविधता पाउने गरिन्छ। प्रगतिशील समाज र पश्चगामी समाज बारेका बहसले विश्वमै आफ्नो ठाउँ पाएको हामीले देखिरहेका, सुनिरहेका हुन्छौँ। यसमा नेपाली समाजको विश्लेषणमा उत्रिने छुट तपाईं÷हामी सबैलाई छ। समय क्रमसँगै चलिरहेका राजनीतिक परिघटनाले समाजको संरचना, आकार प्रकारमा फेरबदल लिइरहेको हामीले प्रत्यक्ष अनुभूत गरिरहेका छौँ। समाजको महत्वपूर्ण हिस्सामा व्यक्ति, परिवार रहने गर्छन्। हाम्रो समाज परिवर्तनको कुन रफ्तारमा छ, भनेर खोज्न जानु पर्दैन हाम्रो नेपाली समाजमा जहा आफ्नो निजि स्वार्थमा निहित भएर अरुको जीवन लाइ सखाप पार्ने कार्यहरु भए गरेको आफ्नो नांगो आखाले हेरेर आखा छोप्नु पर्ने अवस्था रहेकोछ्।

समाजको फरक संरचनाकै कारण एकै किसिमको व्यवहार अवश्य नै हामीहरुले भेटाउन सक्दैनौँ। त्यसै अनुरुप रौतहट जिल्लाको परोहा नगरपालिका-८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्यका छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ को उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयोगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउत लाई आर्थिक सहयोग गरेका छन्।

cin bigyapan

पत्रकार सबैको समस्या बारे सर्वसधारनमा प्रकास पार्ने गर्छन तर पत्रकारको समस्यामा देश पनि सेवासुविधा बारे गम्भीर हुनुको सट्टा उल्टै पत्रकारको अधिकार कटौती गर्नमा व्यस्त रहेको छ। पत्रकार भनेको सरकारको अनुहारमा लागेको कालो वा सेतो दाग धब्बा बारेमा चार्लंग गर्ने पेशागत धर्म हो। अर्थात सरकारको विपक्षीको भूमिकामा बसी कार्यगर्ने उसको परम कर्तव्य रहेको हुन्छ। जुन सर्वसाधारणका लागि हितकर होस्।

तर हेर्ने हो भने पत्रकारको समस्या बुझी दिन लाइ समाजको महत्व आज यस्तो विपतको बेलामा अस्पतालको सैयामा जीवन र मृत्युको लडाईमा समाज नै सहायक बनेको कुराले पत्रकार लाइ एउटा नया पाठ नै सिकाएको छ। पत्रकार समाजको लागि लड्छ भने समाज पनि पत्रकारको लागि जहिले पनि सहायक हुनेहो। यसकारण पत्रकारलाई कसैको अधिनमा नरही जहिले पनि समाजको बारेमा नै लड्नु पर्छ।

त्यसैले समाजको छुट्टै मान्यता हुन्छ। नेपाली समाजको अस्तित्व आफ्नै किसिमको छ। प्राचीन समय देखि अहिले सम्म धेरै रुपमा परिवर्तन भोगिसकेको नेपाली समाज आफैँमा विशिष्ट उदाहरणको नमूना हो। नेपाल एकीकरणका हस्ती शाहवंशीय राजा पृथ्वीनारायण शाहको भनाइमा ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी’ हो। फूलबारीमा फुलेका फूलका आ–आफ्नै विशेषता हुन्छन्। रङ्गमा मात्रै हैन वासनामा पनि अस्तित्व भिन्न छ। ठ्याक्कै यही युक्तिको सारभाव धेरै प्रसंगमा जोड्न सकिन्छ। बगैँचामा सुन्दरता छरेर मनमोहक बनाइदिने फूलमा पनि काँडा हुन्छन्। बाहिर देखिने र भित्री अन्तर्यमा हुने कुरामा भिन्नता यसरी नै खोज्न सकिन्छ। यस्तै समाजको एक कट्टु सत्यको रुपमा समाजको लागि एक उदाहरणीय कार्यको रुपमा अस्ट्रेलिया बाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग। पिडित पत्रकार रामपुकार राउतलाई रु ५०,२६६ को बिशेष आर्थीक सहयोग गरिएको छ।

विभिन्न सामाजिक सञ्जाल बाट यसै जिल्लाको ब्रेन ट्युमर पिडित पत्रकार लाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाज सेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफना साथीहरु र दाजु प्रमोद पटेलको मदतले पिडित पत्रकारलाई रु ५०,२६६ (पचास हजार दुई सय छयासठी) आर्थिक सहयोग गरेका छन्। आर्यान सुरज राउतले आफु र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब खरेल (काठमाण्डौ) नितेश मेहता (पर्सा), संजय कु.मंडल (जनकपुर), युषण श्रेष्ठ (काठमाण्डौ), सेकेंद्र जैस्वाल (बारा), जगदीश महतो (सर्लाही), चंद्र तमाङ (काठमाण्डौ) संतोष यादव (सर्लाही), अमित यादव (रौतहट), राहुल कुशवाहा (बारा), दिव्या तिवारी (पर्सा), अनिल जैस्वाल (सर्लाही), आदेश यादव (रौतहट), र त्यस्तै मुरारी कुशवाह (बारा), आदि सहयोगी हाथाहरुले यो रकम जुटाएर पिडित पत्रकारलाई सहयोग गरेको  ई.सुरज राउत ले बताए।

ई. आर्यान सुरज राउत पहिला देखिनै अती बिपन अ-असहाय परिवारहरुलाई आफनो क्लब मार्फत सहयोग गर्दै आएका र सर्लाही जिल्लाको प्रमोद पटेलले आफनो जिल्लामा पिडित परिवारहरु लाई बेला बखत आर्थिक सहयोग गर्दै आएको कुरा ई आर्यान राउतले cinnepal.com  लाई जानकारी गराएका छन्। पिडित पत्रकार रामपुकार राउतले यो विशेष आर्थिक सहयोग पाउँदा ई. आर्यान राउत प्रमोद पटेल लगायत अन्य समाज सेबी साथीहरूलाई बिशेष धन्यवाद ब्यक्त गरेको कुरा cinnepal.com का संचालक अनिल वर्मा लाइ जानकारी गराएका छन्। पीडित पत्रकार रामपुकार राउतले खुसी भई आर्यन सुरज राउत र प्रमोद पटेल लगायत उहाँ का सम्पूर्ण टीम लाई विशेष धन्यवाद दिएका छन्। यसै क्रममा हामिले सुरज राउत सँग कुराकानी गर्दा वहाँ र वहाँको समाजसेवी साथीहरुले आगामी दिनमा पनि अ-सहाय गरीब दुःखित परिवारहरु लाई सहयोग गर्ने कुरा जानकारी गराए।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer