Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

लोसपाको नगर स्तरीय सम्पर्क कार्यालयको समुद्घाटन

प्रशौनी छठ ०२२
0 152
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

लोसपाको नगर स्तरीय सम्पर्क कार्यालयको समुद्घाटन भएको छ। सिम्रौनगढ नगर पालिका(२ नया बाजार स्थित रानिवाश मन्दिर नजिक लोसपा नेपालको नगर स्तरीय सम्पर्क कार्यालयको शुभ उदघाटन नगर अध्यक्ष किशोरी साह द्वारा गरिएको छ। उक्त अवसरमा लोसपा नेपालको बारेमा पार्टीका केन्द्रिय सदस्य उपस्थित डा।कमरुल्लाह अंसारीले छोटो परिचय गराउदै लोसपाको उदेश्य बारेमा वर्णन गरेका थिए।

cin bigyapan

लोसपा नेपाल सदियौ देखिको विभेद, आत्म सम्मान, स्वाभिमान लगायत हाम्रा शासक वर्गले हरेक समयमा हामि माथि शासन र सोषण गर्दै आएको र २०७२को आन्दोलनको बेला सरकारले जनता लाइ नाना थरिका गालि समेत गरेको कुरा लाई स्मरण गराउदै ९दुइ चार वटा आप झरेमा केहि फरक पर्दैन० जस्ता किसिमका अपशब्द प्रयोग गर्नु भनेको सरकार लाई व्यक्तिगत स्वार्थमा लिप्त भएर मात्र केटाकेटीको झगडा जस्तै एउटा सम्माननिय गरिमामय पदमा बसेर  सर्वसाधारण जस्तो व्यवहार गर्नु एउटा निकै दुस्खद र दुर्भाग्यको कुरा मात्र रहेको टिप्पणी गरेका थिए। जनताको प्रतिनिधित्व गर्ने कुनै देशको जोसुकै नेतृत्व कर्ताको आफ्नो व्यक्ति गत कार्यको पनि असर सम्पूर्ण जनता माथि पर्ने भएकोले हरेक कार्य सोची बुझी गर्नु पर्छ भने डा. अंसारीले आफ्नो धारणा राखेका थिए।

उक्त उद्घाटन कार्यक्रममा केस जियालाल ठाकुरले पनि आफ्नो धारणा राख्दै भने मधेशको मुद्दाबारेमा हामि २०४७ सालमा संस्था स्थापना गरि उठाउदै आएको बताए। तर हामीले आफ्नो बाटोमा हिनिरहदा केहि यस्ता हाम्रा साथि पाए जसले निजि स्वार्थमा निहित भएर हामि लाइ बद्नाम गरे। तर त्यस्ता लाइ हामि पछाडी छोड्दै आज पनि जनताको हक हितका लागि अब लोसपा नेपालको निर्माण गरेको बताए। केस संजय यादवले पनि आफ्नो धारणा राख्ने क्रममा सबै मधेशी दलहरुको फुटबारेमा पर्दाफास गर्दै जसपाका उपेन्द्र यादव माथि आरोप लगाए। केस यादव ले भने डा. बाबुराम भटराई संग मिलेर जसपा लाइ फोडेको आरोप लगाए।

निर्वाचन क्षेत्र न. १का (ख)का  अध्यक्ष प्रमानन्द मुखिया, वडा अध्यक्ष मन्जुर अंसारी, हेमचन्द्र जयसवाल, वडा अध्यक्ष राजेश यादव, तथा नेताहरु मुनिफलाल प्र. यादव, महमुद अंसारी, सुबास कुशवाहा, रामचन्द्र कुशवाहा, मदन राम, नागेन्द्र ठाकुर, असोक यादव,  लगायतको उपस्थिति रहेको थियो।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer