Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

जसपालाई एक ढिक्का लिएर लैजान्छु–सांसद यादव

प्रशौनी छठ ०२२
0 1,226
cin bigyapan
फेटा छठ ०२२

वीरगंज,असोज ३१ – जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टीलाई अगामि दिनमा विगतझै एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले वीरगंजस्थित ओम पाटीृ प्यालेसमा आईतवार, दशैं,तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए तापनि आफु पार्टी भित्रै संघर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने उदघोष गरे । उनले पार्टी भित्रै संघर्ष गरी नेतृत्व पंक्तिलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु,यो पार्टी मेरोलाई घर हो,नेता कार्यकर्ता इटा,सिमेन्ट र छठ जस्तै जस्तै सब संग मिलेर निर्माण गरेका हु,,’उनले भने,‘केही राजनीतिक दलका नेताहरुले भनिरहेका छन्,प्रदिपले यो पार्टीमा गइरहेको छ,त्यो पार्टीमा गइरहेको छ,तर त्यो सबै भ्रम छर्ने काम मात्र हो ।’

पचरौता छठ ०२२
cin bigyapan

उनले कार्यक्रममा आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका केही नेताले नेता कार्यकर्तालाई कार्यक्रममा नआउन फोन समेत गरेको र रातभरी एउटा गुटले जाग्राम नै बसेर कार्यक्रम प्राभावित गर्ने षडयन्त्र गरेको तर उनीहरुको षडयन्त्र विफल भएको पनि औल्याए ।उनले पार्टी अध्यक्षको बारेमा बोल्ने अन्य नेताहरुलाई मुखमै जवाफ फर्काउने गरेको तर आफनै पार्टीमा ४ वर्ष पहिले आएका नेताहरुले मौन साधनु दुखको कुरा भएको पनि कार्यकर्ताहरुलाई जानकारी गराएका थिए । पार्टीका केही गुटका नेताहरुलाई गरिरहेको षडयन्त्रबाट पार्टीका नेतालाई संचेत रहन आग्रह समेत गरे ।‘हाम्रै नेता तथा जनप्रतिनिधि अहिले अरु पार्टीको पञ्चायतीमा बसिरहेका छन्,मोटरसाइकलमा घुमिरहेको फोटो छ मसंग,’उनले भने,‘जसपा पहिले पनि काँग्रेस र कम्यूनिष्ट पार्टीसंग कमजोर थियो न,भविष्यमा हुनेछ,’उनले भने,‘जसपाबाट पर्साले मन्त्री नपाएपछि केही युवा,विद्यार्थीले पुतला दहन गरे,त्यो शैली मिल्दैन,तर आफनै युवालाई सम्झाउनुभन्दा कारबाई गर्ने तर्फ केही नेताहरुको ध्यान छ,त्यो गलत हो,सच्चिएर हिडनु पर्छ ।’उनले जसपाका नेता कार्यकर्ताले एकजुट भएर काम गर्दै गएमा अगामि दिनमा पार्टीले पर्साका नेता कार्यकर्तालाई अवश्य मूल्याकंन गर्ने आश्वासन दिए ।‘पर्साले किन पाएन मन्त्रालय,मलाई अध्यक्ष ज्यूसंग केही भन्नु छैन,तर हामीले आजको कार्यक्रमबाट एकताको सन्देश लिएर अघि बढनु पर्छ,’उनले भने,‘पार्टीको हित विपरित काम गर्ने बहुरुपिया नेताहरु आफैं पाखा लाग्छन् ।
’ पार्टीको क्षेत्रीय प्रतिनिधि घनश्यामबाबू साहको अध्यक्षता तथा वीरगंज नगर अध्यक्ष ईश्वरचन्द्र यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मोहनलाल चौधरी र टेक बहादुर शाक्य,प्रदेश सांसद जन्न्त अन्सारी,अन्जु यादव,जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द अन्सारी,पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुन,पार्टीका नेता जरि लामालगायत ,१४ स्थानीय तहका वडा स्तरबाट निर्वाचित जनप्रतिनिधि र नेता कार्याकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer