Ultimate magazine theme for WordPress.

पशुको पिडा कसले बुझ्ने? सचेतना कार्यक्रम होटेल दियालोमा

देवताल गाउपालिका सामाजिक शंदेश
0 128
पचरौता कोभिड नया -078
(Last Updated On: October 31, 2021)
प्रसौनी गापा सामाजिक संदेश ०७८
Rate this post
फेटा गापा सामाजिक संदेश ०७८

बीरगंज, पर्सा।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

आफ्नो पिडा महसुस हनु आफु जीवित भएको प्रमाण दिन्छ, तर अरुको पिडा महसुस हुनु भनेको मानव भएको प्रमाण दिन्छ। मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छन। दु:ख र पिडा पोख्दा सेन्नेले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै जीव अरुपनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख भएको वा अरुको हेर्दा आफुपनि दुखित हुने मानव स्वभाव हो। पशु पंछी लाई पनि पीडा हुन्छ! सर्वश्रेष्ट प्राणी बिद्धिजिवी मानवले आत्मसात नगरे मानवता नै नरहेको बुझिन्छ, सोहि कुराले अरुको पीडा बुझ्न आवस्यक छ। पर्सा जिल्लाको सदरमुकाम बीरगंजको होटेल दियालोमा गरिएको दुई दिने अन्तरक्रिया कार्यक्रममा सम्बन्धित निकाय तथा सम्बन्धित व्यक्तिहरु तथा संचारकर्मी लगायतका सहभागीतामा कसरी सर्वश्रेष्ठ प्राणी मानवले बोल्न नसक्ने प्राणी (पशु, पंछी) लाई निर्दयता पुर्वक दु:ख दिनेगरेको बारेमा चर्चा गरिएको थियो।

 

एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले जिवहरुको दु:खको बारेमा विभिन्न कुराहरुको उदाहरण दिदै चर्चा गरेकी थिन। त्यही दु:ख वा पिडा अरु कुनै जिवलाइ हुदा मानव स्वभाव कता हराउछ भने कसैलाई थाहा हुदैन। मानव भनेको चेतनशील प्राणी हो हामी बुझ्छौ। चेतनशील हुदा पनि मनुष्यको चेतना मानव जाति को लागि मात्र हुन्छ कि अरु प्राणी को लागि पनि हुन्छ भन्ने कुराको बारेमा हेर्दा एक्दमै थोरै चेतना भएको हेरिन्छ। किनकि जति चेतना मनुष्य को लागि हुने गर्छ त्यति अरु प्राणी को लागि भएको भए अरु प्राणी लाइ दु:ख भएको बेला स्याहार गर्ने थिए।

तर मनुष्य विवेकशिल प्राणी भएर पनि अरु प्राणी लाई दु:ख भएको बेला स्याहार गर्नु को सट्टा त्यो बेला उलटै ज्यान नै मार्ने काम गर्ने गर्छन । उदाहरणको लागि भन्ने हो भने, हामी सहजै हेर्ने गर्छौ। जसको सहारा लिएर हामी आफ्नो स्वास्थ्य लाई राम्रो हृष्ट पुष्ट बनाउने गर्छौं तर जब उसको समय कमजोर हुन्छ अर्थात मनुष्यले आफ्नो स्वार्थ पूरा गरि अरु प्राणी लाइ हेला गर्न सुरु गरि दिन्छ। जुन हामी दैनिक रुपमा बाटो घाटोमा हेर्ने गर्छौ गाई गोरु, घोडा, कुकुर, आदि प्राणी हरु लाई छाडा छोडी दिएको बारेमा रानाले भनेकी थिन। छडा छोड्नुका साथै उनिहरुको दु:खमा झन् समस्या थपिदिएको हुन्छन। त्यो बेला चेतना, विवेकशीलता हराएर उसलाई छाडा छोडी सर्व श्रेष्ठ प्राणी को गुण नभएर राक्षसी गुण प्रवेश भएको देखिन्छ। जुन जिवको हामी दूध खाने गर्छौ त्यो दूध दिन छोड्ने बित्तिकै छाडा छोडी दिएको हुन्छ वा सियो दिएर मारी दिने गरिन्छ, वा कसाई संग बेच्ने गरिन्छ।

सिम्रौनागढ़ नया कोभिड -078

जसलाई आफ्नो घरको रक्षार्थ पालेको हुन्छ त्यस कुकुर लाई यदि पैरालाइसिस भएयो भने सियो दियेर मार्ने गर्छन। जुन घोडा बाट आफ्नो घरको भरन पोषण गर्ने गर्छन त्यो कमजोर भए पछि बाटोमा छोडी दिएको हुन्छ। त्यति मात्र कहा होर विवेकशीलता, चेतनशीलता, मानवता तथा सर्वश्रेष्ठता त त्याहा हेरिन्छ जब आफ्नो आफन्त लाई कसैले कुट्छ त्यो बेला कुट्नेलाइ छोड्ने कसैले होइन तर निर्दयीताको हद्द गरि जिवलाइ भाकल गरि देवी देवताको स्थानमा बली चढाउने गर्छन।

त्यस्तै हाट बजारमा खचाखच एउटा बाख्रा लाई अर्को बाख्रा को सामुमै काट्ने काम गर्ने गर्छन। तर अलिकति पनि मनमा आउदैनन कि त्यो अर्को बाख्राले हेर्दा उसलाई कस्तो महसुस हुन्छ। यसै विषय लाई लिएर जातीय विभेद अन्त्य मार्फत पशु कल्याण प्रवर्द्धन तथा शुनिश्चितताका लागि स्थानीय सरोकारवालाहरुको भुमिका विष्यक अन्तरक्रिया कार्यक्रम गरिएको छ।

कार्यक्रममा दुई जना मान्साहारिको लागो तयार गर्ने लागतमा २० जना साकाहारिको भोजन तयार हुने बारे एक सर्वेक्षनामा जनाएको थियो । किनकि हालको समयमा  जुन हामि मासु बजार बाट किन्ने गर्दछौ त्यो मासुमा बढी औसधि प्रयोग भएको हुन्छ र त्यो औसधि डाइरेक्टर हाम्रो शरीरमा असर गर्ने गरेकोले हामि लाई निकै नै प्रभावित गर्ने गरेकोले फाइदा भन्दा हानि नै गरेको हुन्छ भने कुरा एक सर्वेक्षणमा देखाएको, कार्यक्रम प्रमुख राणाले बताइन ।

पशु अधिकार सम्बन्धमा श्रोत व्यक्तिको रुपमा आएका अधिवक्ता विवेक तिम्सिना र तिर्थ राज भट्टराई लगायतकाले कानुन सम्बन्धि जानकारी गराएका थिए। बिना कसुर कुनै जनावर लाइ घाउ चोट पुर्याएकोमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न मिल्ने तथा त्यहाबाट चित न बुझे ३५ दिन भित्र जिल्ला अदालतमा उजुरी दिन मिल्ने प्रावधान रहेको अधिवक्ता भट्टराईले बताए। बिना कसुर पशुलाई ज्यान मारेको खण्डमा ३ वर्ष जेल सजाय र घाउ चोट पुर्याएमा ५० हजार जरिवाना लाग्ने प्रावधान रहेको अधिवक्ता भट्टराईले बताए।

एनिमल नेपालओ आयोजना तथा संस्थाका अध्यक्ष प्रमदा शाहको अध्यक्षतामा अन्तरक्रिया गरिएको छ। कार्यक्रममा पर्सा र बारा जिल्लाका पशु चिकित्सक, व्यापारी, प्राविधिक, तथा पशुपंछी उत्पादक एवं प्रशासन लगायतको सहभागितामा अन्तरक्रिया गरिएको छ।

Suvarn Holi Sandesh