विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा सम्मान

cin bigyapan

बीरगंज, पर्सा।

Thank you for reading this post, don't forget to subscribe!

क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा सम्मान निरन्तर सहयोग गर्दै आएका सहयोग कर्ताहरु लाई सम्मान गरिएको छ। वार्षिकोत्सबको कार्यक्रममा “अपन राधेमाई युवा क्लव”ले एक वर्षको गौरवशाली यात्रा पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ। विगत एक वर्षमा क्लवलाई निरन्तर सहयोग गर्दै आएका सहयोग कर्ताहरु लाई सम्मान गरी हौसला बढाउने कार्यगरी समाजमा सहयोगीहरु लाई आझ सहयोग गर्न उत्प्रेरित गर्ने उदेश्यले सम्मान कार्यक्रम राखिएको हो।

यस कार्यक्रमको प्रमुख अतिथि पर्सा क्षेत्र नं १ का संघीय संसद प्रदीप यादव तथा विशिष्ठ अतिथि श्रीपुर वार्ड प्रहरी कार्यालयका असई कमल राजभण्डारी एवं अपन राधेमाई युवा क्लबका अध्यक्ष पवन यादवकोसभापतित्वमा सम्मान गरिएको हो। नेपाल आमा लाई सम्झिदै राष्ट्रिय गान गरि एवं प्रमुख अतिथि द्वारा दीप प्रज्जवलन गरी सम्पूर्ण अतिथिगण हरुलाई खादा लगाई औपचारिक रूपले कार्यक्रम लाई प्रारम्भ गरिएको थियोे। विभिन्न कठिनाई, चुनौती पूर्ण समयलाई मध्य नजर गर्दै सहज ढंगले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको यो संस्थाले सहर देखि ग्रामीण भेगका क्षेत्रहरूमा पनि ठूलो योगदान गरेका छन्।

devatal gapa

सामाजिक क्षेत्रहरूमा निकै योगदान गर्दै आएका सामाजिक अभियन्ता समाजसेवी तथा सहियोगीहरु लाई क्लब द्वारा सम्मान पत्र स्वरूप सम्मानित गरिएको छ। क्लव लाई एक वर्ष सम्म आफ्नो मिहिनेत, लगनशीलता तथा सकारत्मक भूमिकाले निकै कठिनाई झेली, दुःख सुखमा साथ दिँदै, एक परिवार बुझेर व्यवहारिक सोचले क्लवलाई यहाँ सम्म पुर्‍याई दिनु भएकोमा क्लबका सम्पूर्ण सदस्य हरुलाई हृदय देखि धन्यवाद व्यक्त गरेका छन्। तथा आगामी दिनहरुमा पनि यस्तै सोचले तपाईहरु सहयोग गर्नु हुन्छ भने हामी विश्वस्त भई तपाईहरु बाट अपेक्षा पनि राखेका छौं जस्तो कुरा क्लबका अध्यक्ष पवन यादवले धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि यादव द्वारा तन मन धनले हुने हरेक सहयोग यस क्लवलाई सहयोग गर्ने प्रतिबद्धता पनि गरिएको छ। आगामी दिनमा पनि यस क्लवले अथक मिहिनेत पश्चताप पर्सा जिल्लामा ठूलो नाम कमाउने छ र बिना कुनै लोभ लालचले यो संस्था निरन्तर समाजमा परिवर्तन गर्नका लागि काम गरिरहेको धारणाका साथ शुभकामना दिएका थिए। यस अपन राधेमाई युवा क्लबले, नामले मात्र होइन काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यादवले बताए।

समाजको विकासका लागि निरन्तर सामाजिक गतिविधिहरु गर्दै आइरहेकोले क्लवका सम्पूर्ण सदस्यहरू लाई धन्यवाद दिँदै आफू बाट हुने सहयोग आउने दिनमा हरेक समयमा दिने त्यार रहेकोे सामाजिक अभियन्ता प्रकाश थारु द्वारा प्रतिबद्धता गरिएको थियोे। कार्यक्रममा क्लबका उपाध्यक्ष रचना अधिकारी, कोषाध्यक्ष नन्दलाल साराफ, सचिव विनय कुशवाहा, वरिष्ठ सल्लाहकार मुकेश श्रीवास्तव, सदस्य प्रितम गुप्ता, धीरज पटेल, निरज कुमार, डेविड मुखिया, सन्दीप कुशवाहा लगायतको उपस्थितिमा कार्यक्रम भव्य रूपले राधेमाई मन्दिर को प्राङ्गणमा सफल भएको थियोे।

baragadhi
Karaiya Mai

Comments are closed.