bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बाराको प्रहरी प्रशासन मोटरसाइल चोरीको घटनामा माैन

pokhariya Holi Notice

कलैया , बारा २३ मंसिर।

बाराको कलैया स्थित संरक्षण राष्ट्रिय दैनिकको कार्यालय अगाडीबाट मोटरसाईकल बुधबार बेलुका चोरी भएको छ । कलैया उपमहानगरपालिका वडा नं. ४ पन्नाबागमा रहेको संरक्षण राष्ट्रिय दैनिकको कार्यालय अगाडीबाट करिब ७ बजे बेलुका पल्सर २२० प्रदेश नं २ ००१८ प ०००७ नम्बरको मोटरसाईकल चोरी भएको छ। संरक्षण राष्ट्रिय दैनिकको कार्यालयमा काम बिशेषले महागढीमाई नगरपालिकाका ३ का दिनेश यादव गएको समयमा उक्त मोटरसाईकल चोरी भएको यादवले बताएका छन।

चोरी भएको लगतै जिल्ला प्रहरी कार्यालयको डिएसपी राजेश थापालाई सँरक्षण दैनिकको प्रकाशक कुशवाहाले जानकरी गराएका थिए। साथै बिहिबार मोटरसाईकल चोरी भएको जाहेरी प्रहरी कार्यालय बारामा दिएको जानकारी मोटरसाइकल धनि यादवले दिएका छन। मोटरसाईकल चोरी भएको जाहेरी प्रहरी कार्यालयमा दिँदा तथा प्रहरी नायब उपरीक्षक थापालाई जानकारी गराउँदा पनि मोटरसाईकल फेला नपर्नुमा कहि कतै प्रहरीले नै चोरहरु लाई त सघाएको होईन भनि प्रश्न यादवले गरेका छन।

केही महिना देखि यता बाराको सदरमुकाम कलैयामा प्रहरीको लापर्वाहीले गर्दा मोटरसाइकल चोरीको घटनामा बृद्घी भएको स्थानिय पत्रकार पन्नालाल दासले बताएका छन। साथै प्रहरी कार्यालयले चोर समात्न नसक्नु आफैंमा शँकास्पद रहेको समेत दासले बताएका छन। कलैयाको सुरक्षित र ब्यवस्थित ठाउँ मानिने पन्नाबाग जस्तो ठाउँमा चोरी हुनु र वडा कार्यालय तथा नगरपालिका कार्यालयले एउटा सि.सि.क्यमरा समेत न राख्नु आफैमा दुख लाग्ने स्थानिय पारस जयसवालले बताएका छन। अहिलेको परिवेशमा सम्पुर्ण बिश्व नै प्राबिधीमा फड्को मारिरहेको अवस्थामा हामि त्यहि पुरानो सैलिमा नै रहेको समेत जयसवालले बताएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer