Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि गुप्ता हतोत्साहित भए ः संचारकर्मी टिबडेवाल

आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि गुप्ता हतोत्साहित भए ः संचारकर्मी टिबडेवाल

प्रशौनी छठ ०२२
0 158
cin bigyapan
फेटा छठ ०२२

आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि गुप्ता हतोत्साहित भए ः संचारकर्मी टिबडेवाल

 

 

पचरौता छठ ०२२
cin bigyapan

अमित ठाकुर।रौतहट।पौष १०। ईशनाथ नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले आफ्नो भ्रष्टाचारको पोल खुल्न थाले पछि हतोत्साहित भएको संचारकर्मी प्रविण टिबडेवालले बताएका छन् । ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले आफ्नो स्वार्थ पुरा नभएपछि प्रभावकारी दैनिकका प्रकाशक प्रविण टिबडेवालले कपोक्लपित समाचार लेखेको आरोप लगाए पछि टिबडेवालले प्रतिक्रिया दिएका छन् । ईशनाथ नगरपालिकामा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीको कार्यकालमा परिषदको निर्णय बाट प्रविण टिबडेवाललाई प्रेस संयोजक पदमा नियुक्त गरिएको थियो । जोशीको सरुवा पछि निमित्त प्रमुख प्रशासकिय अधिकृत भएर आएका नन्द किशोर गुप्ताले करार सेवाको सो म्याद सकिए पछि संचारकर्मी टिबडेवालको म्याद थप गर्न टिबडेवाल संग १ लाख २८ हजार रुपैया घुस लिएको टिबडेवाले बताएका छन् । गुप्ता ईशनाथमा जिम्मेवारी सम्हालेको करिब १ महिना पछाडि भारतको बाबा धाम तिर्थ जाने बेला टिबडेवाल संग भारतिय रकम साटेर सो रकम लिएका थिए । सो तिर्थ यात्रामा गुप्ता आफ्नो परिवारजन संगै जिन्सी प्रमुख दिपेश रौनियार र संचारकर्मी टिबडेवाल समेत गएका थिए । टिबडेवाल संग सो रकम लिए पछि गुप्ता तिर्थबाट फर्के संगै टिबडेवालको म्याद थप गरी तलब दिएका थिए । सो तलब रकम महालेखाको परिक्षणले बेरुजु ठहराएको छ । राम्रै रहेको गुप्ता र टिबडेवालको सम्बन्ध कोभिड को पहिलो चरण बाट चिसिदै गएको श्रोतबाट बुझिन आएको छ । कोविड को बेला ईशनाथमा कोविड सम्बन्धि संचालन गरिएको क्वारेन्टाईन निर्माण लगायत कोविडको अन्य कार्यक्रमहरुमा गुप्ताले व्यापक अनियमितता गर्न थाले पछि प्रेस संयोजक पदमा रहेका संचारकर्मी टिबडेवालले सो कार्यको पालिकामा पटक पटक विरोध गर्न थाले पछि नन्द किशोर गुप्ताले टिबडेवाललाई एकल निर्णय बाट पदमुक्त गरेका टिबडेवालले बताए । कोविडको बेला क्वारेन्टाईनका लागी खरिद भएको खाद्धान सामग्री, तेल, आलु, प्याज, नुन, सेनिटाईजर, मास्क, टुथ पेस्ट लगायतका सामग्री गुप्ताले गौर स्थित आफ्नो घरमा थुपारी आफै प्रयोग गर्न थाले पछि टिबडेवालले सो कार्यको विरोध गरेका थिए । कोविड १९ को भुक्तानीमा मात्रै गुप्ताले ५० लाख भन्दा बढि भ्रष्टाचार गरेको संचारकर्मी टिबडेवालले दाबी गर्दै आफु संग भएको प्रमाण दिई सो भुक्तानीको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसंधान आयोगमा उजुरी दिने बताए । गुप्ताले टिबडेवाल माथी पत्रिकाको सुचना वापतको भुक्तानी सम्बन्धि लगाएको आरोप प्रति प्रतिक्रिया दिदै टिबडवालले भने “संचारमाध्यममा सुचना प्रकासित गरे वापतको रकम माग गर्नु र पाउनु संचारमाध्यमको अधिकार हो अपराध होईन र सोहि प्रक्रिया बाट गुप्ताले ७० वटा भन्दा बढि संचार माध्यमको भुक्तानी गरेका छन ” । गुप्ताले तलब बाहेका विभिन्न अनुगमन भत्ता, कोविड भत्ता, भ्रमण भत्ता लगायतको फर्जी कागजात खडा गरी ईशनाथबाट लाखौं रकम अनियमितता गरेको प्रमाण आफु संग सुरक्षित रहेको संचारकर्मी टिबडेवालले दावी गरेका छन् ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२