bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गौरमा बसी अर्बौंको सुनचाँदीको कारोबार गर्ने दाजुभाईको दुई देशको नागरिकता, छानबिन शुन्य !

गौरमा बसी अर्बौंको सुनचाँदीको कारोबार गर्ने दाजुभाईको दुई देशको नागरिकता, छानबिन शुन्य !

pokhariya Holi Notice

अमित ठाकुर।रौतहट।पौष १०। रौतहटमा रहेकोे एउटा ब्यक्ति सग दुई देशको नागरिकता फेला परेको हो। तर यो सत्य हो भन्ने कुरा गौर निवासी दुई दाजुभाइले पुष्टि गरेका छ्न। समाचार श्रोतका अनुसार नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु भाईले रौतहटको गौरवाट सुनचाँदीको अवैध कारोवारसमेत गर्ने गरेको हो । भारतिय नागरिक ति दुवै दाजु भाई केहि वर्ष अगाडि गौरमा कोठा भाडा लिएर बस्दै आएका थिए । सोही अबस्थामा सुनचाँदीको ब्यापार पनि सुरु गरेका उनिहरुले केहि बर्षमै नेपालको बंशजको नागरिकता प्राप्त कसरी गर्यो भने अहिले चर्चाको बिषय बनेको हो । गौरको मुख्य सडकमा ठुलो महल खडा गरि आफ्नो सुनचाँदीको गोरख धन्धा संचालन गरिरहेका छन्।

यो बिचमा यिनिहरुको यि सबै काला कर्तुतको खुलासा भने त्यसबेला भयो जब बिरेन्द्र साहले भारतको बिहार राज्य सितामढी जिल्लाको रिगा प्रखण्डमा रेवासी पकरी ग्राम पञ्चायत चुनावमा प्रत्यासी भए । भर्खर भएको भारतको बिहार राज्यको चुनावमा प्रत्याक्षी हुँदा जगदीश साहको जेठो छोरा बिरेन्द्र साह नेपाली नागरिकता त्याग गरे। भने बिरेन्द्र साह बाहेक सबैको नागरिकता भने अहिले पनि दुवै देशको रहेको तथ्य बाहिरीएका छन्।

विरेन्द्र साह सोनार र धिरेन्द्र साह सोनार सहित उनका श्रीमती बुवा समेतको नागरिकता रौतहटको परोहा नगरपालिका अन्तर्गत भेडियाही नगर सविकको वशन्तपट्टी गाविस वडा नम्वर ८ वाट नेपाली नागरिकता लिएका हुन् ।यति मात्र होइन यिनीहरुको रौतहटमा कालो सम्पत्ति सहित बैंकमा खाता समेत संचालन रहेको तथ्य बाहिरीएका छन्। यति मात्र होईन बर्षौं देखि दुवै दाजुभाइ माँ जानकी एण्ड कृष्णा ज्वेर्लस संचालन  गर्दै आएका दाजुभाई वार्षिक एक अर्बभन्दा बढीको सुन नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्दै आएको राजस्व कार्यालयबाट बुझ्न सकिन्छ ।

पटक पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेपनि शक्तिकेन्द्रको आड तथा उच्च ओहदाका कर्मचारी (राजश्व अनुसन्धान) लाई आर्थिक चलखेलमार्फत आफुलाई चोखो सावित गर्दै आएका छन् ।

यी अबैध कारोवारी विदेशी नागरिकको कृयाकलापले गौरको समग्र बजार भेगमा नराम्रो असर परेको इमानदार ब्यापारीहरुले बताएका छन् ।

नेपाल सरकारको बिभिन्न नियमनकारी निकायले दुवै दाजुभाई उपर कारवाही नगरेको भने होईन । तर पटक पटकको कारवाहीमा समेत यिनले आफ्ना गलत कारोवारलाई अबैध रकम लेनदेनको भरमा टुङ्गयाउदै आएको कुरा सबुत प्रमाणले नै छर्लङ्ग गरेको छ । अबैध कारोवार ब्यवसाय तथा थोरै समयमा आर्जन गरेको अथाह कालोधनको बारेका जिकिर भएपनि डवल नागरिकताको सवालमा अहिले सम्म कसैले प्रश्न उठाएको थिएन ?

सबुत प्रमाणको पुष्टि हेर्ने हो भने यि दुवै दाजुभाईले आर्जन गरेको सम्पती नेपाल सरकारले जफत गरी दुबै जनाले किर्ते प्रमाणका आधारमा लिएको नेपाली नागरिकताहरु समेत बदर गरेर सजाय गर्नुपर्ने व्यावसायिहरुकै राय छ।

यस्तालाई कारवाही नगरे मधेशमा रातारात नेपाली नागरिकता लिदै अबैध सम्पति आर्जन गर्नेहरुकै वोलवाला चल्न समय लागेको छैन्।

अवैध नागरिकतालाई कानुन वमोजिम सरकारले नियन्त्रणमा नलिने हो भने । यिनीहरुले भनसुन र लेनदेनको आधारमा मधेसलाई तस्करी क्षेत्रकै रामराज्री खडा हुनेमा शंका छैन।भनसुन र लेनदेनकै आधारमा अबैध नागरिकताधारीलाई राज्यले संरक्षण दिदै जाने हो भने बस्तविक देशका नागरिक अल्पमतमा पर्ने र ठुलो दुर्घटना निम्तने दावी स्थानियले गर्दै आएका छन्। यतिमात्र होईन रौतहटमा अधिकाशं भार्तीय नागरिकहरुले दुवै देशका नागरिकता लिई नेपालबाट अवैध कारोबार सुरु गरेका छन्।

यसै सन्दर्भमा राजस्व अनुसन्धान बिभागका महानिर्देशक प्रकाश पौडेल सग सम्पर्क गर्दा यो बिषयमा कुरा राख्दा उहाँ भन्नुहुन्छ अब हाम्रो ध्यानाकर्षण भएको छ ।राज्यले यस्ता स्थानियको आरोप चिर्दै मधेसमा शान्ति, सुब्यवस्था र विधिको शासन प्रत्याभुती गराउन समेत दुबै जनामाथी प्रचलित कानुन बमोजिम कारवाही गर्न जरुरी रहेको स्थानियहरुले माग गरेका छन्।भने यस बिषयमा बिरेन्द्र साह संग फोन सम्पर्क गरी सोधपुछ गर्दा मैले नेपाली नागरिकता त्याग गरि सकेको साहले बताए । तर साहको दुवै दाजुभाइ, बुवा दुवै दाजुभाईको दुईटै देशको नागरिकता अहिले पनि रहेको श्रोतले बताएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer