विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

संघियताको कारण पचरौतामा नगर अस्पतालको उद्घाटन : पुर्व उपप्रधान मंत्री यादव

319

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

कलैया, बारा। 

Thank you for reading this post, don't forget to subscribe!

पुर्व उपप्रधान तथा स्वास्थ्य मंत्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको नगर अस्पतालको शिलान्यास कार्यक्रममा यादवले आफ्नो विचार नगर वासी लाई प्रत्यारोपण गरेका थिए। विगत ६३ र ७२को जना आन्दोलनको कारण संघियता लागु भएको र सोहि कारण पचरौतामा नगर अस्पतालको उद्घाटन आज भएको मंत्री यादवले दावी गरेका थिए। नगर प्रमुख तथा नगर अध्यक्ष रमेश यादवको अध्यक्षतामा गरिएको नगर अस्पताल शिलान्यास कार्यक्रममा मंत्री यादवले आफ्नो विचार सर्वसाधारण जनतामा प्रत्यारोपण गर्ने क्रममा, अरु पार्टीहरुले सोझासाझा जनता लाई भ्रममा पारेर झोला मात्र बोकाउने कार्य गर्ने गरेको आरोप लगाए। 

कार्यक्रमा विशिष्ट अतिथिको आसन बाट विभिन्न वक्ताहरु बन तथा वातावरण मंत्री राम सहाय प्रसाद यादव, राष्ट्रिय सभा सदस्य खालिद सिदिकि, मधेश प्रदेशका अर्थ राज्य मन्त्री उषा देवी यादव, प्रदेस सभा सदस्य बच्चा राउत अहिर, प्रदेश सभा सदस्य पारस साह,पार्टीका केन्द्रिय सदस्य शुशील यादव, भारत बहादुर खडका, रामकिशोर यादव, रामबाबु यादव, आत्माराम साह, प्रमोद गुप्ता लगायतकाले राखेका विचार लाई थप जोडदिदै पुर्व उपप्रधान मंत्री यादवले भने स्वास्थ्य मंत्री भएको बेला नै हरेक पालिकामा नगर अस्पतालको अवधारणा ल्याएको बताए। सोहि अनुरुप आज यो पचरौता नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने योजना पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ मन्त्री भएको पालामा कार्यवन्यन गराएको बताए।

 

devatal gapa

राजनीतिको बारेमा अन्य दलहरु माथि कटाक्ष गर्दै यादवले, अहिलेको अवस्थामा सब भन्दा बढि कृषिमा लगानी गर्नुपर्ने आवश्यकता रहे तापनि हालको अवस्थामा कोरोना र क्यान्सर भन्दा ठुलो घातक रोग कांग्रेस र कम्युनिष्टको नीति रहेको यादवले आरोप लगाए। डेनमार्कमा साठी लाख मात्र जनसंख्या भए तापनि कृषि उपार्जन गरि आर्थिक सवल भएको देश रहेको छ। तर हाम्रो नेपालमा सब भन्दा ठुलो कमजोरी भनेको गरिबी हो, जसको फाइदा उठाउदै अन्य दलहरुले तपाइको “मत” (भोट) मतदानको समयमा पैसाले किन्ने गरेको हुन्छ र अब चुनाव हुन् लागेको छ त्यसमा फेरी किनेर भ्रष्टाचारी, अनियमितता, आदि इत्यादिको जड गाड्ने छ। त्यसकारण तपाइहरुले कसैको प्रलोभनमा नपरी स्वच्छ विचार भएको व्यक्ति लाई मात्र आफ्नो मत दिन यादवले अपिल गरेका थिए।

नगर अस्पताल शिलान्यास कार्यक्रममा पाच सयको हाराहारीमा अन्य पार्टी लाई परित्याग गरि जसपा नेपालमा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन्। अर्थ राज्य मंत्री यादवले सबैलाई गम्छा ओढाएर पार्टी प्रवेश गरेकी थिन। अर्थ राज्य मंत्री यादवले आफ्नो धारणा राख्ने क्रममा संघियता आएकोले महिलाहरुको अधिकार सम्मपन्न भएर आज यति महिलाहरुको सहभागिता भएको बताइन।

नगर प्रमुख यादवले सभा समापन गर्ने क्रममा आफ्नो धारणा राख्दै भने, बलधुसवा नदिमा ठुलो पुल निर्माण, पचरौता नगरपालिकामा पकडिया देखि पिपरपाती सम्म कालोपत्रे भइ रोड निर्माण, स्वास्थ्य लाई ध्यानमा राखी धुवा मुक्त पचरौता बनाउनको लागी गरिब, दलित, असहाय तथा एकल महिला लाई गैस सिलिन्डर बितरण गरेको कुराहरु देखेर अन्य दलहरुको आखाको कसिंगर बन्न पुगेको तथा बिपक्षी लाई ठुलो रोग लागेको समेत बताएका थिए। कार्यक्रममा पाहुनाहरु लाई स्वागत मन्तव्य अखिलेश यादवले गरेका थिए। भने कार्यक्रम संचालन अवध भुसन यादवले गरेका थिए ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.