रौतहट।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलवार रौतहट जिल्लाको मध्य भागमा रहेको द रिडर्स इन्टरनेशनल स्कुल गरुडाले भब्य रुपमा मनाएको छ l संसार लाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको छ । त्यसैले, समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गर्दै यस “द रिडर्स ईन्टरनेशनल स्कुल” गरुडा द्वारा भब्य रुपमा १०००औ विधार्थी द्वारा रैलि निकाल्दै महिला दिवस मनाएको छ विगत ५ वर्षदेखि यस विद्यालयले विभिन्न प्रकारका कार्यक्रम गरी जेष्ठ नागरिक सम्मान,मिहिनेती र जेहेन्दार छात्र र छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ l
कम समयमा शिक्षा क्षेत्रमा छुटै नाम कमाउन सफल रहेको यस द रिदर्स इन्इन्टरनेशन स्कूलका प्रधानाध्याक दिगम्बर यादवको अध्यक्षतामा रैली निकाल्दै नारी दिवश मानिएको छ lकार्यक्रम मा विधालयका सम्पूर्ण संस्थापक, र शिक्षकवर्गहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम लाइ सम्बोधन गर्दै प्रधानाध्यापक यादवले व्यवहार एक व्यक्तिबाट सुरु हुन्छ र समाजमा दीर्घकालीन अभ्यास रहिरहने हुन्छ । लैङ्गिक समतामूलक समाज निर्माण गर्नका लागि प्रतिबद्ध बनौँ ।
साथै, नेतृत्व लिन र स्विकार्न तत्पर रहौँ।हरेक अवस्थामा मानव-अधिकारको सम्बोधन हुने गरी महिलाको नेतृत्वलाई सुनिश्चित गर्ने प्रतिबध्दताका साथ ११२औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको यादवले बताए । आगामी सत्रहरुमा वहाँ यस्ता कार्यहरुमा हामी सहभागी हुने र गराउने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो । बिधयालयले विभिन्न प्रकारका बुँदाहरू राख्दै ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छ ।