विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

३ दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” सामुहिक दुआका साथ सम्पन्न

1,759

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

श्रवण साह, वीरगंज  ।।   मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा वीरगंजको बहुअरीमा तीन दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” आईतारका दिन सामुहिक दुआका साथ सम्पन्न भएको छ । बैशाख ६ गते शुक्रवार देखि शुरु भएको सम्मेलन आज बिहान (नमाज पढी) सामुहिक दुआका साथ सम्पन्न भएको छ । तीन दिन सम्म चलेको सो सम्मेलनमा मोहम्मद रहमानी दिल्ली, मेराज रब्बानी केरला, जाहिद पटेल मुम्बई, जफरुलहसन मदनी दुबई, खुर्शिद मदनी पटना, फुरकान मदनी सउदी अरबीयाबाट साद बिन मसउद अलहारसी, खालिद बिन दाउद, डा अब्दुल्लाह अलमालकी, डा मुबारक नासिर, लगायत भारत नेपालका विद्धानहरुले प्रवचन दिएका थिए ।

Thank you for reading this post, don't forget to subscribe!

सम्मेलनकै क्रममा शनिवार राती दारुल बनातका (छात्रा विद्यालय) का लागि एउटा छात्रावास भौतिक संरचना निर्माण गर्नका लागि जमिअतका अध्यक्ष, महासचिव तथा विदेशी अतिथिहरु सहित स्थानियवासीको कर कमलबाट शिलान्यास समेत गरिएको थियो । सम्मेलनका प्रबन्धक एव जमिअतका महासचिव मौलाना तुरबत मदनीले यस सम्मेलनलाई सफल पार्नमा आयोजक कमिटी तथा व्यवस्थापन गरि रहेका नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीका सम्पूर्ण पदाधिकारी अध्यक्ष खालिद अंसारी, सचिव समसेद अख्तर, अनिस रहमान, सगीर अहमद, शेख मखदुम जहाँगस्त, दाउद अंसारी लगायत स्थानियवासी समाजसेवी, बुद्धिजीवी, पत्रकार, स्वयसेवक युवा युवतीहरु, सुरक्षा कमिटीमा खटिएका प्रहरी प्रशासन तथा आफ्नो खेत खलिहानलाई जोतकोड नगरेर सहयोग गरेकाहरुलाई धन्यबाद दिएका थिए ।

devatal gapa

साथै सबै भक्तजनहरुलाई खानाको राम्रो व्यवस्थापन गरेका बहुअरी टोलका युवाहरु फते आलम, माजिद अन्सारी, नेजामुल अंसारीका गु्रपका युवाहरुलाई पनि धन्यबादका पात्र रहेका बताएका थिए । सो सम्मेलनमा नेपालका ७७ वटै जिल्ला एवं भारत, नेपालबाट ३ दिनमा लाखौको संख्याले प्रवचनबाट लाभ उठाएका मेडिया संयोजक एसएम जहाँगस्तले जानकारी गराएका छन् । व्यवस्थापन पक्षका प्रबन्धक एवं समाजसेवी अबुलखैर अन्सारीको सभापतित्वमा भएको समापन समारोहमा वरिष्ठ समाजसेवी जहिरुदिन अंसारी लगायत स्थानियबासीहरुले आ–आफ्ना बिचार राखेका थिए । मौलना अन्जारुलइस्लामले सहजीकरण गर्नु भएको सो कार्यक्रमको स्वागत भाषण जमिअतका महासचिव मौलाना तुरबत मदनीले गर्नु भएको थियो ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.