विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

चैती छठ पुजा आज विधिवतरुपमा सम्मपन्न, यसलाई कसरी मनाइन्छ, रोचक तथ्य

217

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

कलैया, बारा। 

Thank you for reading this post, don't forget to subscribe!

तराईमा आज विधिवतरुपमा चैती छठ पुजा पुरा भएको छ। हिन्दुहरुको आस्था र विश्वासको रुपमा यस छ्ठको पनि उतिकै महत्व रहेकोे हुन्छ।

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य

लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा-आराधना गरि मनाउने गरिन्छ । तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् :

सूर्यदेव र षष्ठी देवी दुबैको पूजा

छठको ब्रतमा कुन देवी-देवताहरुको पूजा गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । छठ पूजाको व्रतमा सूर्य देवताको पूजा आराधना गरिन्छ, जुन प्रत्यक्ष देखिन्छ र समस्त प्राणीहरुको जीवनको आधार पनि हो । सूर्यको साथै षष्ठी देवी अथवा छठ माताको पनि पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुको साथै उनीहरुलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन् ।

यस अवसरमा सूयदेवका श्रीमतीहरु उषा र प्रत्युषालाई पनि अर्घ दिएर प्रसन्न बनाइन्छ । छठ व्रतमा सूर्यदेव र षष्ठी देवी दुबैको पूजा संग-संगै गरिन्छ । त्यसैले छठ माताको पुजा आफैंमा विशेष रहेको छ ।

निःसन्तानहरु लाई सन्तान

सूर्यसंग त सबै परिचित नै छन, तर छठ कुन देवी हुन भन्ने पनि धेरैको मनमा कौतुहलता हुन सक्छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा प्रमुख अंशलाई देवसेना भनिन्छ । प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । षष्ठी देवीलाई ब्रम्हाको मानसपुत्री पनि भनिन्छ । पुराणहरुमा यी देवीको एउटा नाम काल्यायनी पनि हो । यी देवीको पूजा नवरात्रिमा षष्ठी तिथिमा गरिन्छ । षष्ठी देवीलाई नै स्थानीय बोलीको आधारमा छठ माता भनिएको हो, जसले निःसन्तानहरुलाई सन्तान दिन्छिन् र सबै बालबालिकाको रक्षा पनि गर्छिन् ।

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य

लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा-आराधना गरि मनाउने गरिन्छ । तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् :

छठ माताको पूजाको शुरुवात

छठ माताको पूजाको शुरुवात कसरी भयो र यसको पुराण कथा कस्तो छ भने प्रथम मनु स्वायम्भुवका पुत्र राजा पि्रयव्रतका कुनै सन्तान थिएनन्, जसका कारण उनी दुःखी थिए । महर्षि कश्यपले राजालाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए । राजाले यज्ञ गराए, यज्ञपछि महारानी मालिनीले एउटा पुत्रलाई जन्म दिइन् । तर दुर्भाग्य त्यो शिशु मृत जन्मेका थिए । राजाको दुःख देखेर एउटा दिव्य देवी प्रकट भइन् । उनले ती मृत बालकलाई जीवित गरिदिइन् । देवीको त्यस्तो कृपाले राजा धेरै खुशी भएर उनले षष्ठी देवीको स्तुति गरे । यहि समयदेखि छठ माताको पूजाको शुरुवात भयो ।

रावण लाई अन्तिम बाण

शास्त्रमा भगवान सूर्यलाई गुरु पनि भनिन्छ । पवन पुत्र हनुमानले सूर्यसंग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय भएका थिए ।

श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग

श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग लागेको थियो । त्यस समयमा उनले सूर्यको उपासना गरेर यो रोगबाट मुक्ति पाएका थिए । सूर्यको पूजा वैदिककाल भन्दा पनि पहिलेबाट भएको थियो ।

सूर्यको स्थान

त्यस्ता ६ प्रमुख देवी-देवताहरुमा सूर्यको स्थान रहेको छ, जसको पूजा सबैभन्दा पहिला गर्ने विधान रहेको छ । पञ्चदेवमा गणेश, दुर्गा, शिव, विष्णुका साथमा सूर्य पनि पर्छन् ।

सूर्यले सबै लाई उपकार गर्ने

भगवान सूर्यले सबैलाई उपकार गर्ने, अत्यन्त दयालु छन् । उनले आफ्ना भक्तहरु लाई आयु, आरोग्य, धन-धान्य, सन्तान, तेज, कान्ति, यश, वैभव र सौभाग्य प्रदान गर्छन् । उनले सबैलाई चेतना पनि प्रदान गर्छन् ।

सूर्यको उपासना

सूर्यको उपासना गर्नाले मनुष्य लाई सम्पुर्ण रोगहरु बाट छुटकारा प्राप्त हुन्छ । जसले सूर्यको उपासना गर्छ, उ दरिद्र, दुःखी, शोकग्रस्त र अन्धो हुँदैन । सूर्यलाई ब्रम्हाको तेज पनि भनिन्छ । सूर्यले धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्नुको साथै सम्पुर्ण संसारको रक्षा पनि गर्छन् ।

जलको अर्घ

devatal gapa

सूर्यको पूजा गर्दा उनलाई जलको अर्घ दिइन्छ । पवित्र नदीहरुको जलले सूर्यलाई अर्घ दिने र नुहाउनुको विशेष महत्व रहेकेा छ । वास्तवमा यो पूजा कुनै पनि सफा स्थानमा गर्न सकिन्छ ।

घरको आँगन र छतमा पनि छठको पूजा

यस्तो भिडबाट बच्नका लागि हिजोआज घरमा नै छठको पूजा गर्ने चलन बढ्दै गएको छ । धेरै मानिसहरु घरको आँगन र छतमा पनि छठको पूजा र व्रत बस्ने गर्छन् । व्रतालुहरुको सुविधालाई ध्यानमा राखेर घरमा नै छठ पुजाको व्यवस्था गरिन्छ ।

परिवारको कल्याणको कामना 

महिलाहरु अनेक कष्ट सहेर आफ्नो परिवारको कल्याणको कामना गर्न सक्छिन् । यसको साथै पूजाको हरेक विधी महिलाहरुले राम्रोसंग पुरा गर्न सक्छन् । यसलाई महिलाको त्याग-तपको भावनासंग सम्बन्धित भएको मान्न सकिन्छ ।

सन्तानको कामना

छठ पुजा जो कोहिले पनि गर्न सक्छ । यो पूजाको लागि महिला-पुरुष भन्ने हुँदैन । तर महिलाहरु सन्तानको कामना अथवा सन्तानको स्वास्थ र उनीहरुको दीघार्युको लागि समस्त विधि पुरा गर्दै पुर्ण श्रद्धाका साथ छठ पूजा गर्छन् ।

हरेक वर्ग र जातिमा गहिरो श्रद्धा

सूर्यले सबै प्राणिहरुलाई समान रुपले कृपा गर्छन् । उनले कुनै किसिमको भेदभाव गर्दैनन् । यो पूजामा वर्ण अथवा जातिको आधारमा भेद छैन । यो पूजाप्रति समाजको हरेक वर्ग र जातिमा गहिरो श्रद्धा देखिन्छ ।  सबै मिलेर संग-संगै यो पूजामा सहभागि हुन्छन् । हरेक जाति अथवा धर्मका मानिसले यो पूजा गर्न सक्छन् ।

अस्ताउँदै गरेको सूर्यको पूजा

सूर्य षष्ठी व्रतमा मानिसहरु उदाउँदै गरेको सूर्यको पनि पूजा गर्छन् भने अस्ताउँदै गरेको सूर्यको पूजा पनि उत्तिकै श्रद्धाका साथ गरिन्छ । यसमा विभिन्न किसिमको संकेत लुकेको छ ।

जातिय आधारमा कहि-कुनै भेदभाव छैन

यो पूजामा जातिय आधारमा कहि-कुनै भेदभाव छैन । समाजमा सबैलाई समान दर्जा दिइएको छ । सूर्य देवतालाई बाँसबाट बनेको सूप र डालोमा राखेर प्रसाद अर्पित गरिन्छ । ती कुराहरु सामाजिक रुपले अत्यन्त पिछडिएका जातिहरुबाट निर्मित हुन्छन् । त्यसले सामाजिक सन्देश कस्तो दिएको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

चैती छठ

कार्तिक महिना बाहेक यो पूजा-व्रत चैत्र शुक्ल पक्ष चतुर्थी देखि सप्तमी सम्म पनि गरिन्छ । त्यस लाई सामान्य बोलीचालीको भाषामा चैती छठ भनिन्छ ।

कष्टी देना

यो पूजामा केही मानिस जमिनमा बारम्बार सुतेर, कष्ट सहँदै नदीको किनारमा जान्छन् । सामान्य बोलीचालीको भाषामा यसलाई कष्टी देना भनिन्छ । प्रायः त्यस्तो त्यहि समयमा हुन्छ, जब कसैले कुनै भाकल गरेको हुन्छ ।

शारीरिक र मानसिक तयारी

कार्तिक शुक्ल चतुर्थीबाट छठको व्रतको थालनी हुन्छ । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादको रुपमा ग्रहण गर्छन् । वास्तवमा यो तीन दिनसम्म छठ पूजाको लागि शारीरिक र मानसिक तयारी हो ।

सख्खर बाट बनेका खीर

दोस्रो दिन, कार्तिक शुक्ल पञ्चमीको दिन साँझमा मुख्य पूजा हुन्छ । यसलाई खरना भनिन्छ । प्रसादको रुपमा उखुको रस अथवा सख्खरबाट बनेकेा खीर चढाइन्छ । धेरै घरहमा चामलको पिठोबाट बनेको परिकार पनि बनाइन्छ । मानिसहरु छठको पूजा गरिएको घरमा गएर प्रसाद ग्रहण गर्छन् ।

नदीमा डुबेर सूर्यलाई अर्घ

तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । यो दिन व्रतालुसंगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् ।

चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेेको सूर्यलाई अर्घ दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ । सबार अन्लाईन खबर

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.