bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडीसंग शिष्टाचार भेटघाट ।

मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडीसंग शिष्टाचार भेटघाट ।

pokhariya Holi Notice

जनकपुरधाम, ६ फागुन ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफरसँग सोमवार शिष्टाचार भेटघाट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाकै कार्यालयमा भएको शिष्टाचार घेटघाटमा मेयर साहले जनकपुरधाम हिन्दुहरुको ठूलो धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सर्वविदित नै हो । जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउनमा कुटनीतिक सहमति र भोटिङ्गमा सहयोग पुर्याई दिनका लागि आग्रह गरेका छन् ।
मेयर साहले भगवती सीताको चर्चा गर्दै भने, ‘नेपाल भारत मात्र होइन, विश्वका हिन्दुहरुको आस्थाका केन्द्र जनकपुरधाम हो । यहाँको विकास धार्मिक पर्यटकीय दृष्टिले नै भई रहेको छ । विश्वसम्पदा सूचीमा सूचिकृत गराउनका लागि सबै पूर्वाधार तयार छ ।’ यहाँका कला संस्कृतिको आफ्नो पहिचान रहेको जानकारी गराउँदै मेयर साहले भने ‘यहाँको मठ मन्दिर र सरोवरको आफ्नै पहिचान हो । पहिचानलाई स्थापित गराउनका लागि पनि जनकपुरधाम विश्वसम्पदा सुचीमा हुनु आवश्यक छ ।’
यता युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा जर्मनीका राजदूत रोनाल्ड स्चेफरले जनकपुरधाम प्राविधिक शिक्षामा अगाडि रहेको बताएका छन् । उनले शिक्षा, स्वस्थ्य तथा जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोडी र स्चेफरलाई मेयर साहले जनकपुरधामको वृत्तचित्र पुस्तक र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer