bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरीयामा खुलेआम हुदैँछ कालोबजारी, समाचार सम्प्रेषण गर्दा पत्रकार माथि हुलहुज्जत !

pokhariya Holi Notice

पोखरिया : पोखरियामा व्यापारीले गरे कालोबजारी, अनुगमन गर्ने निकाय मौन भन्ने शिर्षकमा स्थानियहरुको प्रतिक्रिया सहित नेपालपोष्टमा जेष्ठ ८ गते स्थानिय संवाददाता शैलेश साहले समाचार सम्प्रेषण गरे ।

कृषि बिजविजन किन्न पोखरिया पुगेका एक स्थानीयको अनुसार धानको बिउको मुल्य गत वर्षको भन्दा आकासिएको छ भन्ने प्रतिक्रियाका आधारमा शैलेशले समाचार सम्प्रेषण गरेका हुन् । समाचारमा पहिलेको मुल्य र हालको मुल्य बिचको तुलनात्मक सम्बन्ध स्पष्टसँग प्रस्तुत गरिएको थियाे ।

अनुगमनको अभावमा पोखरीया बजार नभइ अधिकांश ठाउँमा वस्तुहरुको मुल्य आकाशिएको भन्ने समाचार निरन्तर सम्प्रेषण भइरहेका छन् ।

तर, पोखरीयामा मुल्यवृद्धि भएको समाचार सम्प्रेषण पछि संवाददाता शैलेशलाई स्थानिय व्यापारी अवधेश कुशवाहाको नेतृत्वमा रहेको समुहले धाकधम्की सहित हुलहुज्जत गरेका छन् ।

शुक्रबार बिहान पोखरीया बजारमै बोलाएर उनलाई स्थानिय व्यापारीहरुले समाचार गलत भएको भन्दै प्रमाण माग गरेका थिए । पोखरीया बजारमा किनमेल गर्न आएका स्थानिहरुको प्रतिक्रियामा समाचार आधारित भएका कारण प्रतिक्रिया दिनेको परिचय खुलाउन नमिल्ने भन्ने जबाफ शैलेशले दिए । उनको यो जबाफ पछि आक्रोशित बिज व्यापारीहरुले केही समय पसल नखोल्ने अडान लिए ।

कतिसम्म कि स्थानिय बिज व्यापारी कुशवाहाले आफ्नो सम्पर्कमा ठुल्ठुला मानिस भएका कारण आफु विरुद्ध जति लेख्न सकिन्छ लेख भन्ने ठाडो जबाफ दिए ।

Simraungadh Holi Notice

पोखरीयामा विक्रि भयो म्याद गुज्रेको औषधी

पर्सा पोखरीया नगरपालिका वडा नं ४ मा रहेको कुशवाहा बिज भण्डारबाट शुक्रबार एका बिहानै म्याद गुज्रेको बिज औषधी विक्री भएको पाइएको छ । म्याद गुज्रेको औषधीका बारेमा बुझ्न जाँदा पसल सञ्चालकले म्याद गुज्रेको औषधी विक्रि नगरेको ठोकुवा गरे । उनले यस विषयमा थप बुझ्न गएका पत्रकारसँग नै उल्टै प्रमाण माग्न थाले ।

पसल सञ्चालकले म्याद गुज्रेको औषधी विक्रि नगरेको ठोकुवा गरिरहँदा उक्त औषधी खरीद गर्ने क्रेताले भने औषधीको म्याद गुज्रेको रहेको स्विकार गरेका छन् । औषधी खरीद गर्ने इलाका प्रहरी कार्यलय पोखरीयामा कार्यरत रहेको उपेन्द्र यादवले नेपालपोष्टसँगको कुराकानीमा आफुलाई बेचिएको किटनाशकको म्याद वास्तवमै गुज्रेको रहेको स्विकार गरे ।

यि पसल सञ्चालक तिनै हुन् जसले एका बिहानै संवाददाता शैलेशलाइ समाचारकाे प्रमाण माग गरेका थिए ।

खुलेआम भईरहेको कालोबजारीको समाचार सम्प्रेष्ण गरिरहँदा पत्रकारमाथि दबाब आउनु लोकतन्त्रको उपहास भएको बुद्धिजिवीहरुको भनाई छ ।

स्थानिय समस्या उठान गरिरहँदा समस्या भएका निकायहरुमा समाधानको साटो उल्टै पत्रकारलाई धाकधम्कीसहित हुलहुज्जत र नानाथरीका आरोप लगाउनु स्वभाविक नभएको स्थानिय विश्लेषकहरुको भनाई छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.