bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पत्रकारको नाममा आतङ्क मचाउन खपिस वियोगी

pokhariya Holi Notice

बारा, ०६ श्रावन
पत्रकारको नामको विला लिएर विभिन्न गाँउपालिका र नगरपालिकामा आतङ्क मचाउनमा अजय यादव वियोगी खपिस रहेको बुझिएको छ । बारामा कुनै सञ्चार माध्यमका संघ संस्थाले आतङ्कित व्यवहारका कारण काम गर्न नदिएर हाल काम विहिन अजय यादव वियोगी सामाजिक सञ्जाल फेसबुककै माध्यमबाट गलत र भ्रामक कुरा लेखेरै पत्रकारिता पेशाको बदनाम गर्ने गरेका छन । वियोगीले सुवर्ण गाँउपालिकामा कर्मचारी, वडाअध्यक्षलाई आफनै भाई असोक यादवको मदतले विभिन्न धम्की पूर्ण बल प्रयोग गर्न भ्याएका छन । गाँउमा निजको भाई अशोक यादवले सहकारी मार्फत कालो बजारी गरी मल, कृषि मिटर आदिमा लाखौँलाखको भष्ट्राचारी गरेको कुरा त्याँहाका वडा अध्यक्षले बताए ।

 

अजय यादव वियोगीले विभिन्न समयमा सुवर्ण गाँउपालिकाबाट धम्की दिई कमिसन मागेको र नदिए बदनाम गर्ने त्यहाँका एक कर्मचारीले बताउनु भयो । अजय यादव र निजको भाई अशोक यादवले राजनीति गरी कमाउने उदेश्यले गाँउपालिकामा जनप्रतिनीधिलाई छोडेर कर्मचारी प्रशासनलाई विभिन्न बहानामा चरित्र हत्या र धम्काइ रहेको कुरा प्रमुख प्रशासकिय अधिकुतले बताए । सुवर्ण गाँउपालिकाको सशर्त कार्यक्रम जनता आवासको लागि आएको रकम रु३५,००,०००। निज अजय यादवको झुठो निवेदन र अशोक यादवले सहरी विकास कार्यालय विरगँजको कर्मचारीलाई गाली गलौज र दुर्व व्यहारले फ्रिज भएको कुरा एक जनप्रतिनीधिले बताए । अजय यादवको भाइ अशोक यादव एउटा संस्था खोलेको र निजलाई काम गर्न नदिएकोले अशोक यादव र अजय यादवले कर्मचारीलाई बदनाम गर्न चाहेको कुरा स्थानियले बताए । स्थानिय पत्रकारको नाममा आतङ्क मचाई कार्यक्रममा भताको लागि समेत झै झगडा गरेको विभिन्न संस्थाले कार्यालयमा मौखिक उजुरी समेत गरेको सामाजिक शाखामा काम गर्ने एक कर्मचारीले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer