bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारामा आज​ तिन​ ज​नाको कोरोना बाट​ मृत्यु

pokhariya Holi Notice

अनिल पाण्डेय, कलैया, बारा।

बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । तर हाम्रो बारा जिल्ला प्रमुख रुद्र पसाद पंडितका अनुसार तीन जनाको मृत्यु भएको छ। दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमण बाट मृत्यु भएको हो ।
प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमण बाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । प्रसौनीका ६५ वर्षीय पुरुष प्रसौनी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

दम रोगी ती पुरुषलाई ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिए पछि बिहीबार नारायणी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचार हुँदै आएकोमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना सङ्क्रमण देखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer