bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पश्चिम नवलपरासीमा ३ लाख ३६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

pokhariya Holi Notice

उर्मिला यादव
नवलपरासी , २२ मंसिर
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आइतबार ३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर.४ टि.सि.एन चोकबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ६ हजार १ सय मुल्य बराबरको सुट,साडी, थान कपडा लगायतका बिभिन्न किसिमका कपडा बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सामान फाली मानिस मोटरसाईकल सहित भागेको समेत प्रहरीले जनाएको छ ।
त्यसैगरी आइतबार नै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख २८ हजार मुल्य बराबरको ३२ बोरामा १६ क्वीटल हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको छ ।

Simraungadh Holi Notice

त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार मुल्य बराबरको ३ बोरामा १५० केजी छोडा र सोही समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ७४ हजार १ सय ६० मुल्य बराबरको एल पि जी ग्यास पाइप, कुकरको बिड, ग्यास वर्नर, कुकरको सिटि, ग्यास रेगुलेटर, लगायत , वर्नर बेस, ग्यास स्टेन, स्टिलको गिलास, रेसमको डोरी लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको जनाएको. छ भने भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९ हजार ७ सय ५० मुल्य बराबरको बिभिन्न किसिमका कपडा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली रामग्राम नगरपालिका वडा नं. ५ बाईपास चोकबाट बरामद गरेको छ । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.