कलैया उपमाहानगरपालिकामा स्विपरको सँख्यामा बृद्धि फोहर जस्ताको तस्तै
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
अनिल पाण्डेय
कलैया बारा
बाराको सदरमुकाम कलैया हो । कलैयालाई उपमाहानगर पालिका बनाउन सबै कलैया बासि एकजुट भई धर्ना, आन्दोलन तथा डेलिकेशन समेत गरेको गरेका थिए। अहिले कलैया उपमाहानगर पालिकाको जनप्रतिनिधि र क्रमचारी हरु कमाई गर्ने तिर लागि परेकाछन।
कलैया उपमाहानगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा जनप्रतिनिधि र केहि कर्मचारी मिलि आफु खुसि स्विपर राखेका छन। स्विपरहरुको सँख्यामा बृद्धि भएपनि कलैया उपमाहानगरपालिका तथा वडाहरुमा पहिलेभन्दा बढि नै फोहर देख्न पाईन्छ ।
आ ब २०७६/०७७ मा कलैया उपमाहानगरपालिकामा ८७ जना स्विपर हुदा सरसफाई जति राम्रो थियो हाल ११४ जना हुँदा पनि सरसफाई हुनसकेको छैन। हाल रहेको स्विपरमा कानु , यादव , ब्राहमण ,मुस्लिम , र जैस्वाल जातिका पनि रहेकाछन । जुन उनिहरु काम नै गर्दैन्न बरु जनप्रतिनिधिको हालिमुहालि गरेर तलब खानछन।
पहिला चार वटा सँस्था ग्रामिण बिकास सँस्था , नवकिरण , शुभ आरम्भ र जन हित सँचार मिलि कलैया उपमाहानगरपालिका भरि ८७ स्विपरमा नै राम्रो सरसफाई गर्न सकिरहेको थियो भने ति सँस्थाहरु हटाई नगरपालिकामा नै बाताबरण शाखा राखि स्विपरको सँख्यामा बृद्धि गरिएको छ।
कलैया बाताबरण शाखामा बार्षिक दुई करोड पचास लाख स्विपर बजेट बिनियोजित हुन्छ। तर बाताबरणमा शाखाले स्विपरलाई दैनिक रु ५७० को ज्यालादारीमा काम गरेको दिनको ज्याला दिई बाँकि रहेको रकम दुरुपयोग गरिएको कार्यालय श्रोतले जानकारी गराएको छ।
वाताबरण शाखामा राम्रो आम्दानि भईरहेको हुनाले वाताबरण शाखा प्रमुख रामजि मण्डल वडा कार्यालयको काम काज छोडि सोहि शाखामा बसेको हो। मण्डल आफुखुशि वडा नम्बर १४ मा आउने गरेको र नगरपालिका कार्यालयमा बस्ने गरेको सोहि वडाको राजेश प्रसादले बताएकाछन्।
सोहि वडाको वडा अध्यक्ष सुरेन्द्र जैस्वालसँग कुरा कुरा गर्दा वडा सचिव मण्डल वडा कार्यालयमा नआई वाताबरण शाखा नै हर्ने गरेको हो। वडाको कामकाज प्रबाहित हुदै गईरहेकोले भोलि नै मेयरसँग अर्को वडा सचिव माँग गर्ने जानकारी दिनुभएको हो।
जन्ताको पसिनाबाट लिएको रकम वा बजेटको यसरी दुरुपयोग गरीरहेको क्रमचारीहरुलाई जनप्रतिनिधिले पहरेदारी गर्ने ठाँउमा झन मिलि भ्रष्टचार गरीरहेको कुरा कलैया बासिहरुले हेरि रहेको छ। खानु पनि नपचने गरी खानु स्वास्थ्यको लागि हानिकारक जस्तै हुन बेर नलाग्ने समाजसेबिहरु गुनासो पोखेका छन।
Total Page Visits: 130 - Today Page Visits: 6
Comments