bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियमितता 

pokhariya Holi Notice

कलैया, बारा।

बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियाम्मित्ता भई रहेको स्थानियाहरुको गुनासो रहेको छ। बारा जिल्ला परवानीपुर गाउपालिका वडा न. ५ बहुवारिको वडा कार्यालय अगाडी बनिरहेको नाला निर्माण बारे कुनै किसिमको निर्माण सम्बन्धि बोर्ड नगाएको हुनाले के कति खर्चमा कस्तो गुणस्तरको कार्य भई रहेको बारेमा सबैले अन्योलमा रहेको स्थानियहरुले गुनासो गर्ने गरेका छन्।

बोर्ड बारेमा जति पनि चर्चा गर्दा पनि वडा अध्यक्षले कुनै चासो नली मुखदर्शक मात्र बनेकोले व्यापक अनियमितता गर्ने उदेश्यले नै बोर्ड नराखेको स्थानियाहरुको भनाइ रहेको छ। सर्वसधारनले त्यहाको जुनसुकै विकास बारे अन्योल नै रहने गरेको बताएका छन्। नाला बारेमा एउटा ठुलो चलखेलको जालझेल पनिरहेको बताएका छन्। उक्त ठाउ औधोगिक ठाउ रहेकोले विभिन्न व्यापारीहरु संगको मिलोमतोमा सरकारी जग्गा छोडेर बाटो लाई साँघुरो गरि भविष्यको दुर्दर्सी योजना नराखी नाला निर्माण गर्न लागेको सर्वसाधारणले वडा अध्यक्ष माथि गम्भीर आरोप लगाएका छन्।

उक्त नाला निर्माण गर्न लागेको ठाउमा वडा अध्यक्षले विनास कार्य गरेको पनि गाउलेहरुले बताएका छन। विकासको नाममा विनास गरि व्यापारीहरुको नजरानामा त्यस ठाउमा रहेको सार्वजनिक साम्पति लाई विनास गरि विकासको नाम दिन लागेको पनि स्थानीय अजय पटेलले बताएका छन। त्यो यस्तो सार्वजनिक सम्पति जसबाट पुरै विश्व लाइ कल्याण हुने पर्यावरणको विनास गरि नाला निर्माण गर्न लागेको स्थानीयहरुको भनाइ तथा बुझाइ राहेको छ। त्यसका साथै वडा अध्यक्षले आफ्नो आसेपासे लाइ भन सुन गरि नालाको अर्को पट्टि पनि रहेको रुखहरु लाई भाजन लागेर विनास गरेको स्थानीय पटेलले बताए। उक्त ठाउमा १० फिटको सयौ रुखहरु नस्ट गरि नाला निर्माण गर्न लागेको पटेलले बताए ।

नाला संबन्धि निर्माण गर्न रहेका उपभोता समितिका अध्यक्ष बुनेल पटेल संग बुझ्दा उक्त नाला हालको लागि निर्माण कार्य बन्द रहेको बताए। चुनावी माहौल तथा सम्झौता बन्दा बढी कार्य गर्न लाई भनेको कारण हरेक समानको मुल्यमा वृद्धि भएको हुनाले कार्य गर्न नसक्ने भएको पटेलले बताए । निर्माण कार्यको बोर्ड नलगाएको सम्बन्धमा बुझ्न खोज्दा माथि उलेखित कारण नै बताएका थिए। पटेलले आफ्नो गोजीको पैसा बाट निर्माण कार्य गराई रहेको तर एक रुपैया पनि वडा बाट रकम निकासा नभएको पटेलले बताए। उक्त निर्माण कार्य ३५ लाखको योजना रहेको पटेलले बताए।

वडा अध्यक्ष बुझ्दा रामेश्वर साह कलवार संग बोर्ड नलगाएको बारेमा बुझ्दा भने बारम्बार भन्दा पनि नलगाएको आज मा फेरी भन्छु भन्ने जवाफ दिएका थिए । माथि उलेखित सबैको बारेमा अध्यक्ष कलवारले एक लाइनमा जवाफ दिएका थिए । विपक्षीको काम नै बिभिन्न आरोप लगाउने भएकोले आरोप लगाएको होला, त्यस्तो केहि कुरा नरहेको भन्दै अस्विकार गरेका थिए। अध्यक्ष कलवारले आफु एउटा पनि रुख नलगाएको भने स्वीकारेका थिए ।

त्यस्तै स्वास्थ्य चौकी पनि वडाको दक्षिणी भेगमा साम्सान घाटको पुर्व पट्टि निर्माण हुन् लागेको बारे पनि कुनै बोर्ड लगाएको छैन।  उक्त स्वास्थ्य चौकी निर्माण गर्न लागेको कार्यको गुनस्तरियता नरहेको पनि स्थानियाहरुको गुनासो रहेको छ। गुणस्तहिन छड तथा बालुवा गिट्टी र सिमेन्टमा पनि अनियमितता भइ रहेको बताएका छन् । बोर्ड नै नहुदा कसरि गुणस्तर हिनको कुरा भन्न सकिने प्रश्नमा गाउलेहरुले भने हामीले आफ्नो घर निर्माण गर्दा पनि गुणस्तहिन छड तथा बालुवा गिट्टी र सिमेन्ट त्यसकिसिमाले लगाइदैन्, जुन हिसाबले त्यसमा प्रयोग गरिएको छ, जवाफ फर्काएका थिए।

नाला तथा स्वास्थ्य चौकी निर्माण कार्यमा संलग्न रहेका इन्जिनियर सुनिल राम संग बुझ्दा सबै कार्य नियम संगत र गुणस्तरमा कुनै कमि नरहेको बताए। बोर्ड नलगाएको बारेमा त्यो समितिको कार्य हो त्यसै ले बाताउछ भने जवाफ फर्काएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer