विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित

cin bigyapan
devatal gapa

वीरगञ्ज, ३ जेठ ।कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे ३ दशकदेखि कम्युनिष्टले एक छत्र राज गर्दै आएको वडामा जसपाले एमालेको किल्ला भत्काएको हो ।
वडा नम्बर ३० लालपर्साको अन्तिम मत परिणामअनुसार ६ सय ४१ मत ल्याएर जसपाका ३१ वर्षीय मनोज कुमार यादव वडाअध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अली हुसेन देवानलाई ५५ मतले पराजित गर्दै यादव बिजयी भएका हुन् । देवानले ५ सय ८६ मत पाउँदा नेकपा एमालेका अमानत मियाँले ५ सय २४ मत ल्याएका छन् । अमानत मियाँ निवर्तमान वडाअध्यक्ष हुन् ।
वीरगञ्ज महानगरपालिकामा जसपाको यो तेस्रो जित हो । यसअघि वडा नम्बर १ मा मनोज राउत कुर्मी र वडा नम्बर ३२ मा रियाज अहमद मियाँ विजयी भइसकेका छन् ।

Thank you for reading this post, don't forget to subscribe!
baragadhi
Karaiya Mai

Comments are closed.