Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

झाले आह्वान गरेको २४ घण्टा नबित्दै मेयर सिंहले गरे निर्णय, श्वेतपत्र जारी हुने

प्रशौनी छठ ०२२
0 1,348
cin bigyapan
फेटा छठ ०२२

बीरगंज, पर्सा।

पचरौता छठ ०२२

वीरगञ्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने भएको छ । सोमबार बसेको महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्थाबारे अवगत गराउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले महानगरपालिकाले श्वेतपत्र जारी गरेर आफ्नो कामको थालनी गर्नुपर्ने आवाज उठाउँदै आएका थिए। झाले अघिल्लो दिन सार्वजनिकरूपमै श्वेतपत्र जारी गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए। उनले आह्वान गरेको २४ घण्टा नबित्दै मेयर राजेशमान सिंहनले श्वेतपत्र जारी गर्ने निर्णय गरेका हुन् ।

cin bigyapan

महानगरको आर्थिक, शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था समेटेर श्वेतपत्र जारी गरिनेछ। श्वेतपत्र कहिलेसम्म जारी हुनेछ भन्ने खुलाइएको छैन। सामाजिक सञ्जालको फेसबुकमा झाले भनेका थिए ‘हाम्रो महानगरको विध्यमान अवस्था के–कस्तो छ, समग्र वस्तुस्थिति समेटेर तत्कालै एउटा श्वेतपत्र जारी गरियोस्, जसले भविष्यमा यहाँहरूको ५ वर्षे कार्यकालको वस्तुपरक मूल्यांकनको आधार तय गर्न सकोस्।’ कार्यपालिका बैठकले जनप्रतिनिधिको सम्पत्ति विवरणका सम्बन्धमा भने कुनै निर्णय गरेन।

कांग्रेस नेता झाले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सबै जनप्रतिनिधिको सम्पत्ति विवरण तत्कालै सार्वजनिक गरिनुपर्ने माग अघि सारेका छन्। यसले स्थानीय शासन व्यवस्था पारदर्शी बनाउन र जनप्रतिनिधिलाई जवाफदेही बनाउन आधार तय गर्ने उनको भनाइ छ। श्वेतपत्र जारी गर्ने महानगरपालिकाको निर्णयलाई झाले सकारात्मक सुरुआत भनेका छन्। ‘श्वेतपत्र जारी गर्नु सकारात्मक कदम हो। अब जनप्रतिनिधिको सम्पत्ति विवरण पनि सार्वजनिक होस् र सदाचारको बाटोमा महानगर अघि बढोस् भन्ने वीरगञ्जवासीको चाहना छ।’

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer