bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

युवा पत्रकार गुप्तालाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

pokhariya Holi Notice

नेपालगञ्ज ।

पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।

पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।

होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो ।

यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, र महिला पत्रकार रुपनी जिएम समेत रहनु भएको छ ।

सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेसनमा सहयोग गर्ने विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई पनि सम्मानित गरिएको थियो ।

उक्त अधिवेसन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer