विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

सुवर्नमा २४ सै घण्टा स्वास्थ्य सेवा यसै आर्थिक वर्षमा सुचारु हुने

cin bigyapan

कलैया, बारा।

Thank you for reading this post, don't forget to subscribe!

बाराको सुवर्ण गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिका राजेश राय यादवको अध्यक्षता तथा नेपाली नेपाली काँग्रेसका पूर्ब सांसद राधेचन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष रिमा देवी र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव, क्षेत्र नं २ का क्षेत्रीय सभापति रामप्रवेश यादव, नेपाली काँग्रेसका नेता एवम् पुर्व संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादव लगायतको विशिष्ट आतिथ्यतामा सभा गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवले आर्थिक बर्ष ०७९/०८०को ४० करोड ५३ लाख २८ हजार १ सय बजेट सर्बजनिक गरेकी छिन। गाउँपालिकाले अगामी आर्थिक बर्षका लागि चालू तर्फ २९ करोड ४१ लाख ४३ हजार र पुजिगत तर्फ १६ करोड ८५ लाख ५८ हजार गरि जम्मा ३९ करोड ७७ लाख १ हजार को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सुवर्ण गाउँपालिकाले आ.व.२०७९/०८० का लागि ४० करोड भन्दा बढी बजेट सर्बजनिक गरेकोछ ।

गाउँ सभा कार्यक्रममा पालिका लाई स्वास्थ्यको दृष्टिकोणमा जन्म मृत्यु डर र स्वास्थ पालिका बनाउन स्वास्थ्य चौकी लाई २४ सै घण्टा सुचारु यसै आर्थिक वर्ष बनाउने योजना रहेको जनाइएको छ। हामि स्वस्थ रहेमा मात्र शिक्षा ग्रहण गर्न सक्छ वा अरु कुनै कार्य गर्न सक्छौ भन्ने उदेश्यले यस्तो योजना राखेको जनाइएको छ। कृषि , संस्कृत पर्यटन, र भौतिक पूर्बधारलाई प्राथमिकतामा राखेर गाउँपालिकाले बिकास गर्न योजना बनाएको गाउँपालिका अध्यक्ष राजेश यादवले बताएका छन।

devatal gapa

उनले भने कृषि क्षेत्रमा खेतिपाती गर्नेको लागि मिटरमा खपत हुने विधुत्तको रकम नि:शुल्क गर्ने, समय समयमा कृषि सम्बन्धि तालिम, बिउ बिजन समेत उपलब्ध गराउने, त्यस्तै बेरोजगार यूवालाई विभिन्न किसिमको तालिम दिएर रोजगारी बनाउने, समाजिक बिकृतीलाई रोक लगाउने, सडक ढलान नाला निर्माण कल्भट निर्माण गर्ने त्यसरी शिक्षा तर्फ गरिब जेहन्दार बिद्यार्थीको छात्र वृत्ति, बिधालयको भवन निर्माण, गुणस्तरीय शिक्षा प्रदान गर्ने, लगाएत अन्य क्षेत्रमा जनताको आवस्यकता अनुसार बिकास गर्ने गाउँपालिका अध्यक्षले गाउँ सभामा प्रतिबद्धता गरेकोछ।

लोकप्रिय मतबाट निर्वाचित भएका जनप्रतिनिधिले जनताको चाहाना अनुसार बिकास गर्ने गाउँपालिकाको ९ अौँ गाउँसभाका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका पूर्ब संसद राधेचन्द्र प्रसाद यादवले बिश्वास दिलाउनु भएकोछ। जनताको हक हितका लागि खुल्ला मन्चमा नगरसभा गरेको सराहनीय कार्यक्रम भएको बताएका छन। २०१५ सालका अर्थमन्त्री सुवर्ण शमशेर यहीँ पावन भूमि सुवर्ण गाउँपालिकामा जन्मेकाले वहाँकै नामबाट गाउँपालिकाको नाम रहन गएको पूर्ब संसद यादवले बताएका छन ।

उक्त कार्यक्रममा गाउँपालिकाका वाडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ,समाजसेवी सुरक्षाकर्मी, संचारकर्मी, शिक्षा प्रेमी,समाजप्रेमी, विभिन्न दलका नेताहरु, प्रहरी, लगायत स्थानीय वासीहरुको विशेष उपस्थित रहेको थियोे। उक्त कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुख श्रीवास्तवले गरेका थिए भने कार्यक्रम संचालन गाउँपालिकाका कर्मचारी जगत यादवले गरेका थिए ।

baragadhi
Karaiya Mai

Comments are closed.