Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

बोक्सीको आरोप लगाउदै कुटपिट

प्रशौनी छठ ०२२
0 158
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

बोक्सीको आरोप लगाउदै सोमबार मुस्लिम समुदायको महिलालाई दुव्र्यवहार गर्नुको साथै कुटपिट गरि सख्त घाइते बनाइएका छन्। त्यति मात्र होइन मलमुत्र खुवाउने समेत प्रयास गरेका छन्। पचरौता नगरपालिका वडा न. ५ बेलदारीमा जग्गाको सम्बन्धि झगडाको निहुमा उक्त आरोप लगाउदै कुटपिट गरि उक्त वडामा बस्ने जलिल मिया अंसारीका छोरा ओसि अकतरका श्रीमती अन्दाजी २८ वर्षीय जायदा खातुन र ३३ वर्षीय भाउजु सकिना खातुन लाई उन्कै आफन्त ससुरा पर्ने खलिल मियाका छोरा अन्दाजी ४५ वर्षीय नसरुदिन अंसारी, ३५ वर्षीय फुलमहमद अंसारी तथा १९ वर्षीय नाति तबरेज अंसारीले दुइटै आई माई लाई निर्घात कुटपिट गरि सख्त घाइते बनाएको ओसिअकतरले जनाएका छन्।

cin bigyapan

जायदा खातुनको पुठ्युमा रातो ड्याम समेत परेको छ भने उन्का अन्दाजी १ वर्षीय छोरा लाई समेत ज्यान मार्ने समेत प्रयास गरेका छन्। भने उनका भाउजू सकिना खातुन लाई लछारपछार गरि दुर्ववहार गर्दै जिवमा लगाएको कपडा समेत च्यातेका छन्। लछारपछार गर्दा उनको जिवमा असहनिय चोटपटक लागेको खातुनले बताइन।

पिडित ओसि अख्तरको जग्गा बाट बिपक्षीले माटो काटन लागेपछि उनका श्रीमान र श्रीमती जायदा खातुनले प्रतिकार गरेपछि पन्चायती गर्न लाग्दा मेरो घरमा पन्चायती किन गर्न लागेको भन्दै झन रिसले पिडित खातुनको टाउकोमा भएको कपाल काटन लगाई बिपक्षीले कुटपिट गरि गम्भीर घाईते बनाएका छन । पिडित महिला खातुनलाई बिपक्षी बाट बचाउन गएकी उनका भाउजू सकिना खातुन घाईते भएकि छिन । घाईते दुबै जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार गराई रहेकी छिन। यता बाराको प्रहरी प्रवक्ता राजेश थापाले बोक्सिको आरोपमा कुटपिट गरि घाईते बनाएको माथी तुरुन्तैपक्राउ गरि कार्वाही गर्ने जानकारी दिनु भएको छ ।

बोक्सीको आरोप सम्बन्धी कसूरको सूचना तथा पीसडतको संरक्षिण सम्बन्धि परिच्छेद ३मा उल्लेख भएको कानुन यश प्रकार रहेका छन्।

(२) उपदफा (१) बमोजिम कसैले लिखित जाहेरी दर्खास्त दिन ल्याएमा तरुुन्तै र मौखिक रुपमा सूचना दिएकोमा प्रहरी कार्यालयले निजको कुरा दर्खास्तको रुपमा लेखी निजको सहीछाप गराई दर्ता गर्नुपर्ने छ ।
(३) उपदफा (१) बमोणजम लिखित सूचना प्राप्त हनु आएमा प्रहरी कार्यालयले चौबीस घण्टा भित्र पीडकलाई झिकाई पक्राउ गरी प्रचलित कानून बमोजिम अनसुन्धान तथा तहकिकात गर्नुपर्ने व्यवस्था रहेको छ।

सजाय तथा क्षतिपूर्ति
११. सजाय (१) दफा ३ को उपदफा (१) को िेहायको खण्ड बमोणजम बोक्सीको आरोप सम्बन्धी कसूर गर्ने व्यक्ति लाई कसूरको मात्रा हेरि देहाय बमोजिम सजाय हनुेछ:-
(क) खण्ड (क) बमोणजमको कसूर गर्ने व्यक्ति लाई छ महिना देखि दुई वर्षसम्म कैद र पाँच हजार देखि बीस हजार सम्म जरिवाना ।
(ख) खण्ड (ख) वा (ग) बमोजिमको कसूर गर्ने लाई एक एक वर्ष देखि
तीन वर्ष सम्म कैद र दश हजार देखि तीस हजार रुपैंयाँसम्म जररिाना,
(ग) खण्ड (घ) वा (ङ) बमोणजमको कसूर गर्ने दुई वर्ष देखि पाँच वर्ष सम्म कैद र तीस हजार देखि पचास हजार रुपैंयाँ सम्म जररिाना,
(घ) खण्ड (च) बमोणजमको कसूर गने व्यणिलाई तीन तीन वर्ष देखि सात
वर्ष सम्मको कैद र तीस हजार देखि पचहतर हजार रुपैंयाँसम्म जररिाना,
(ङ) खण्ड (छ) बमोजिमको कसूर गने व्यक्ति लाई पाँच वर्ष देखि आठ वर्ष सम्म कैद र पचास हजार देखि एकलाख रुपैंयाँसम्म जररिाना,
(च) खण्ड (ज) बमोणजमको कसूर गने व्यणिलाई प्रचलित कानून बमोजिम हुने सजायमा थप प्रतिशत सजाय हुने व्यवस्था रहेको छ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer