bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगञ्ज भंसार कार्यालय र सशस्त्र प्रहरी संगठनको सेटिङमा दैनिक करोडौंका सामान तस्करी

pokhariya Holi Notice

वीरगञ्ज – वीरगञ्ज भंसार कार्यालय आफैँ तस्करीमा लिप्त भएको पाइएको छ । नाकाबाट हुने आयातको भंसार जाँच पास गर्ने कार्यालय नै तस्करीमा संलग्न हुनु राज्य निरीह भएको प्रमाण पनि हो । आयातित सामानको सही तरिकाले भंसार जाँच गरेर सो बराबरको कर संकलन गरी राज्य कोषमा दाखिला गर्नुपर्ने दायित्व भन्सार कार्यालयका अधिकृतहरु तथा कर्मचारीहरुको जिम्मेवारी हो । तर, भंसारका हाकिम र अधिकृत नै चोरी, तस्करीप्रति आँखा चिम्लेर बस्दा सुरक्षा निकाय समेत छक्क परेको बताइएको छ ।
भंसार योग्य सामानको जाँच गर्ने काम भंसार कार्यालयमा खटिएका कर्मचारीको हो । भंसार चुवाहट भएको खण्डमा निगरानी गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ । तर, यी दुवै निकायहरुले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको महसुस हुँदैन । वीरगञ्ज भंसार कार्यालय र सशस्त्र प्रहरी संगठन कसैले अवैध ओसारपसारका लागि लाइन दिएकाले दैनिक करोडौंका सामान तस्करी भइरहेको तथ्य जिल्ला प्रहरी कार्यालय पर्साले प्रत्येक दिन जसो करोड करोडका अवैध मालसामान बरामद गरेबाट स्पष्ट हुन्छ । प्रमुख भंसार प्रशासक अरुण पोखरेल राजश्व संकलनमा भन्दा पनि कमाउ धन्दामा बढी लिप्त भएका कारणले पोखरेलको कार्यकालमा तस्करी बढी चम्किने गरेको खवर छ । यही कारण देशकै प्रमुख भंसार कार्यालयको हालत दिनप्रतिदिन दयनीय हुँदै गएको भंसार बिभाग स्रोत बताउछ ।

तस्करीलाई वेवास्ता गर्दै प्रमुख प्रशासक ?

पोखरेल अर्थमन्त्री जनार्दन शर्माको आशीर्वाद पाएर उक्त कार्यालयमा जान सफल भएको मन्त्रालय स्रोत बताउँछ । उनी सुब्बा तहको जागिरदेखि नै आकर्षक मानिएका स्थानमा सरुवा भएर जाने भाग्यमानी कर्मचारीमा पर्दछन् । पहुँचको आधारमा स्थानीय विकास अधिकारीको भूमिकादेखि प्रमुख जिल्ला अधिकारीसम्मको स्वाद चाखिसकेका पोखरेल हाल चाहिं अर्थका बोलवाला सहसचिव कर्मचारी भएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन ।
त्यसैगरी प्रमुख भंसार अधिकृतद्वय हरिहर पौडेल र दिलीप के.सीलाई पनि तस्करी नियन्त्रणमा भन्दा बढी चासो र चिन्ता कसरी धनार्जन गर्ने भन्ने रहेको चर्चा सुरक्षा निकायमा हुने गरेको छ । तर, पौडेल, के.सी. र पोखरेलबीच कमिसनको भागबण्डा नमिलेका कारण उनीहरुका बिचमा खासै त्यति राम्रो सम्वन्ध समन्वय नरहेको स्रोत बताउँछ । त्यही भएर बिलविजक भन्दा बढी सामान भन्सार पास हुने गरेको, अवैध ओसारपसार र तस्करी बढिरहेको पाइएको छ । विलविजक भन्दा बढीका सामान छोड्दा कसले कति लिने भन्ने बिषयमा समेत बिवाद पर्ने गरेको कारण अवैध तस्करीको धन्दा मौलाएको बताइन्छ ।
भ.स.नि.नागेन्द्र प्रसाद यादवको नेतृत्वमा रहेको वीरगञ्ज भन्सार कार्यालय अन्तरगतको राजस्व चुहावट नियन्त्रण, गस्ती व्यवस्थापन तथा यात्रु जाँचपास शाखाले के काम गर्छ ? अनि कस्को सेवा गरेर भन्सार शुल्क मार्न छुट दिइरहेको छ ? यो पनि कसैलाई थाहा छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले तस्करीका सामान समय बरामद गर्ने गरेको छ । उता पोखरेल, पौडेल र केसीको कमजोर प्रशासनका कारण नै ट्रकका ट्रक मालसामान विलपवजक भन्दा बढी, भंसार चेक जाँचपास प्रवेश हुने गरेको बुझिएको छ । पोखरेल अर्थ मन्त्री शर्मा निकट हुन भने पौडेल नेपाली काँग्रेसका खाँटी कार्यकर्ता भएको स्रोत बताउँछ । के.सी. पनि अर्थ मन्त्री शर्माकै कृपाले मालदार अड्डा वीरगञ्ज भन्सारमा सरुवा हुने अवसर पाएका हुन् ।

तस्करी अनियन्त्रित

आयात र राजश्व संकलनको प्रमुख नाका वीरगञ्ज भन्सारले तस्करलाई लाइन दिएर खुला गर्दागर्दै पनि जिल्ला प्रहरी कार्यालयको सक्रियताले गर्दा २०७९ जेठ २४ गते रु. २० लाख र २०७९ जेठ २५ गते एक÷एक करोड गरी विलविजक नभएका दुई करोड २० लाख मूल्यका मालसामानहरु बरामद गर्न सफल भएको थियो । वीरगञ्ज भन्सारका हाकिम र कर्मचारीहरुले तस्करीका लागि लाइ खुला गरेको पुष्टि नेपाल प्रहरीले विलविजक नभएका अवैध सामान दैनिक करोड भन्दा बढीको बरामद गरेबाट हुन्छ । तर, वीरगञ्ज भन्सारका कर्मचारीहरुले चाहिं कहिल्यै एक रुपैयाँको पनि अवैध सामान फेला नपार्नु वा सार्वजनिक नहुनु भन्सारका कर्मचारीहरुको नियत यसैबाट स्पष्ट हुन्छ ।

भन्सार छलीका सामग्री बरामदको तथ्य

२०७९ जेठ १९ गते दिनको ४ बजे वीरगञ्ज महानगरपालिकाको ईनर्वा गाउँ नगवा र छपकैया क्षेत्रमा अवैध रूपमा भंसार छली ल्याएको लत्तापकडा प्रहरीले नियन्त्रणमा लिएको थियो । ३ लाख ३६ हजार ५ सय ७० बराबर मूल्यको सामान आवश्यक कारवाहीको लागि प्रहरीले २०७९ जेठ २० गते वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो ।
त्यसैगरीे जेठ २४ गते बिल विजक भन्दा बढी बिभिन्न किसिमका हाडर्वयर पार्टस, औषधिलगायतका मालवस्तुहरू वीरगञ्ज महानगरपालिका वडा नं. १० घण्टाघर सडक खण्डमा बा. ५ ख. ८६५८ र लु. २ ख ५३४९ नम्बरको मालवाहक ट्रकले ल्याएको रु. एक करोडको अवैध सामान नियन्त्रणमा लियो । सो सामानको मूल्य एक करोड बराबर रहेको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि जेठ २५ गते राजश्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो ।
वडा प्रहरी कार्यालय विर्ताबाट जेठ २५ गते नै अर्को बिल विजक भन्दा बढी बिभिन्न किसिमका औषधि, लत्ताकपडा लगायतका खुद्रा मालवस्तुहरू भंसार नतिरी ल्याएको सूचना अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ८ माईस्थान सडकखण्डमा ना. ४ ख ४३०१ नम्बरको मालवाहक ट्रकमा विल बिजक शंकास्पद भएको भन्दै एक करोड मूल्य बराबरको सामान नियन्त्रणमा लिएको थियो । सो सामान सोही दिन राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको थियो ।

२०७९ जेठ २५ वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक सडक खण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा ना. २ ख ९३५७ नम्बरको मालवाहक ट्रकमा लुकाई छिपाई ल्याएको २० लाख मूल्य बराबरको अवैध घरेलु मदिरा बरामद गरेको थियो । यसरी बरामद गरिएको मदिरा ७ सय ६५ लिटर रहेको जनाइएको छ । सो मदिरा वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाई बस्ने वर्ष ५४ को लक्ष्मण साहको रहेको भन्दै निजलाई समेत नियन्त्रणमा लिइ आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्सा पठाइएको थियो ।
बिल विजक भन्दा बढी बिभिन्न किसिमका खुद्रा सामान तथा लत्ताकपडाहरू बोकेको ना. ६ ख ७३६३ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर सडक खण्डबाट जेठ २६ नियन्त्रणमा लिएको थियो । चेकजाँचका क्रममा विल बिजक शंकास्पद देखिएकोले उक्त ट्रकमा रहेको ५३ लाख ३८ हजार बहत्तर रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि २७ गते राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको बताइएको छ ।
असार २ गते बिभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान बोकेको वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर सडक खण्डमा ना. ५ ख ९६७५ नम्बरको मालवाहक ट्रकबाट शंकास्पद बस्तु फेला परेको थियो । विल बिजक विनाका विभिन्न किसिमका मेडिकल सामग्रीहरू उक्त ट्रकमा फेला परेको थियो । ६६ लाख ८८ हजार २ दुई सय ४२ रुपैया मूल्य बराबरको सामान फेला परेको बताइएको छ । उक्त सामानसहितको ट्रकलाई आवश्यक कारवाहीको लागि प्रहरीले असार ३ गते राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको थियो ।

असार ७ गते साँझ पर्साको पटेर्वा सुगौली गाउँपालिका अकुवा टोलमा लागु औषध गाँजा विक्री बितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी कार्यालयबाट टोली खटिएको थियो । टोलीलेले पटेर्वा सुगौली गा.पा. वडा नं. ४ अकुवा टोल बस्ने वर्ष ६८ को रामेश्वर पञ्जियारको घरमा तलासी लिँदा निजको घरबाट लुकाइ छिपाई राखेको अवस्थामा ४ के.जी. ३ सय ग्राम गाँजा फेला पारेको थियो । बरामद गाँजासहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
माथी उल्लेखित यी त केही उदाहरण मात्र हुन । देशकै प्रमुख भन्सार नाकाबाट ठूलो परिणाममा सामानको तस्करी हुने गरेको तथ्य प्रस्तुत गर्नका लागि यी उदाहरण काफी छन् । यी घटनाले भन्सार कार्यालय जिम्मेवार छैन भन्ने कुरा प्रष्ट भएको छ ।
भन्सार चोरी, छली गरेर अवैध सामान भित्रिनु भनेको राज्य कोषको दोहन र व्यापारीको पक्ष पोषण हो । यसमा अर्थ मन्त्री शर्मा, राजश्व सचिव कृष्णहरि पुस्कर, भंसार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईको नजर पुग्न नसक्नुको पछाडिको रहस्य कसैले बुझ्न सकेको छैन ।
महानिर्देशक कमल प्रसाद भट्टराईले आँखा चिम्लिएर वीरगञ्ज भंसारलाई जेमन्त गर्न छुट दिनु र सो भन्सारका प्रमुख प्रशासक पोखरेलको गैरजिम्मेवारीपन कारण चोरीपैठारीको समस्या बिकराल बन्दै गएको पाइएको छ ।साभार हमार वीरगन्ज

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer