bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मेयर जनताको स्वास्थ्यसंग खेलवाड गर्दै : यादव

pokhariya Holi Notice

कलैया, बारा।
बाराको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंह जैसवारले जनताको स्वास्थ्यसंग खेलवाड गरेकाे कलैयामा शनिवार पत्रकार समेलन गरि स्थानिय पार्टी प्रतिनिधिहरू तथा जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं पुर्व मेयर रमेश यादवले बताएका छन् ।

श्रावण ३ गते पचरौता नगरपालिकाका मेयर जैसवारले नगर भित्र पालिकावाट सञ्चालित नगर अस्पताल, स्वास्थ्य चौकी ल्याव सेवा र वर्थिग सेन्टर सेवा बन्द गरिएको सुचना जनतालाई जनकारी गराएको प्रति गंभिर ध्यानाकर्षण हुंदा उक्त कार्यको घोर भर्तसना गरेको यादवले प्रेश-विज्ञप्ति जारी गरि जानकारी गराए ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवा सम्बन्धि हक पनि जनताकाे मौलिक हकको रूपमा व्यवस्था गरिएको र स्थानिय तहमा निर्वाचित भए पश्चयात मेयर जैसवारले पदभार सम्भालन सपथ ग्रहण गर्दा नेपालको संविधान प्रति पुर्णरूपमा बफादार रहि कार्यसंपादन गर्ने छु भनी प्रतिज्ञा गर्दा गर्दै स्वास्थ्य सेवा मनाेमानी बन्द गर्नु उचित नरहेकाले बन्द गरीएको स्वास्थ्य सेवा अविलम्ब सञ्चालन गर्न विज्ञप्तिमा उलेख छ।

स्थानिय चुनावमा होमिएको बेला सबै राजनितिक दल र निर्वाचित एमालेले जनताको समाजिक सुरक्षा भता एक हजार थप गरेर सहजरूपमा जनताकाे घरमै पुर्याउने घाेषणा-पत्रमा लेखेकाे भए ता पनी पाउनु पर्ने भता समेत पाउन नसकेकोमा नगर भित्रमा रहेका पार्टीहरूको ध्यानाकर्षण भएको विज्ञाप्ति मार्फत जनकारी गराएका हुन्।

पालिकामा रहेका करिब एक सय जना कर्मचारीलाई बोर्डको निर्णय विना नै हटाएर आफू नजिक रहेका करारका कर्मचारीहरू बाट नै शाखामा राखेर काममा लगाएको यादवले बताउदै मेयर जैसवारको काम प्रति घोर आपत्ति प्रक्ट गरेका छन्।

नगर कार्यपालिकाकाे निर्णय विना सरसफाइ गर्ने नाममा आफनाे कार्यकर्ता लाई काममा लगाएको र पहिले देखि काममा रहेका कारारका कर्मचारीहरू राकेश प्रसाद चौरसिया, पिकी यादव, रामाकान्त यादव, अवधकिशोर प्रसाद साह, रंधिर पासवान, दिपक प्रसाद चौधरी, रामबाबु यादव, जाबेद मन्सुरी, सोनालाल पटेल, हिरामुनी शर्मा, दिपेन्द्र पंडित, जटाशंकर चौधरी, विजय पासवान र अनिल पटेललाई काममा लगाउदै आएको र नगर सभा नभएकाे बहानामा केही कर्मचारीहरू लाई अग्रिम सुचना बिना एका एक अवकास दिई सवास्थ सेवा लगाएत अन्य सेवा बन्द गरी जनता लाई अनावश्यक दु:ख दिएकाे विज्ञाप्तीमा उल्लेख छ ।

बोर्डको बैठक बोलाउने अधिकार मेयर जैसवारको रहेकोले अविलम्ब बैेठक गरि समस्या समाधान गर्न आग्रह गरेका छन्। कलैया देवकीलाल धर्मशालामा भएको पत्रकार समेलनमा नेपाली काग्रेसका नगर सचिव सुनिल यादव, नेपाल कम्युनिस्ट पार्टी एकृकीत समाजवादीका नगर अध्यक्ष जयप्रकाश यादव, नेकपा माओेवादीका नगर अध्यक्ष विरेन्द्र प्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सदस्य देवनाथ सहनी र जनमत पार्टीका मेयर प्रत्यसी जुमा हुसेन लगायतको सहभागिता रहेको थियो ।

नगर प्रमुख जैसवार संग बुझ्दा प्रमुखले भने पालिका कसैको एक्लौटी नरहेकोले कसैले एक्लौटी हिसाबले हिड्न नसक्ने भएकोमा बन्द गर्न बाध्य भएको बताए। पुर्व नगर प्रमुख रमेश यादवले जासपा पार्टीको नाममा जनता लाई सास्ती भोग्न बाध्य बनाएको आरोप लगाए। हाम्रो नगरमा जसपाको वडाअध्यक्षहरु संख्यात्मक बहुमत भएको कारण यादवले आफ्नो पक्षमा रहेकाहरु संग ठूलो रकमको कपाली कगज नै गराएर सबि जनप्रतिनिधिहरु लाई पलिकाको काम कर्तव्य र अधिकार प्रति बिमुख हुन बाध्य बनाएको पोल खोलेका हुन। जसको फलस्वरूप नगर सभा पनि हुन सकेको छैन । र नगर सभा हुन नसकेकोले पालिकाको हरेक कार्य अवरुद्ध हुन पुगेको बताए।

नगर प्रमुख जैसवार संग बुझ्दा नगरपालिका कसैको एक्लौटी नरहेकोले कसैले एक्लौटी हिसाबले हिड्न नसक्ने भएकोमा बन्द गर्न बाध्य भएको बताए। पुर्व नगर प्रमुख रमेश यादवले आफू मेयर रहेकाे बेला जनता लाई सास्ती भोग्न बाध्य बनाएको आरोप लगाए। पचराैता नगर कार्यपालिकामा जसपाको संख्यात्मक बहुमत भएका कारण यादवले जसपा पार्टी बाट निर्वाचित सदस्यहरू संग ठूलो रकमको कपाली तमसुक कागज नै गराएर हाम्राे स्वतन्त्रता खाेसेकाे केेही सदस्यहरूले दु:खेसाे पाेखेकाे मेयर जायसवारले बताएका छन्। जनताका लाेकतान्त्रिक प्रतिनिधिहरु लाई आफनै ईसारामा चली पलिकाको काम कर्तव्य र अधिकार प्रति बिमुख हुन बाध्य बनाएको पोल खुलेका छन्। जसको फलस्वरूप विभिन्न बहानामा हाल सम्म नगर सभा हुन सकेको छैन । त्यति मात्र नभएर जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ लाई भनसुन गरि पालिकामा अर्को कार्यालय प्रमुख लाई समेत नआउन दिन लाई समेत आफ्नो पक्षमा पारी नगरवासी लाई दु:ख भोग्न बाध्य बनाएको मेयर जैसवारले पुर्व मेयर यादव माथि आरोप लगाउदै बताएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer