Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

हिन्दु राष्ट्रका लागि जनजागरण एवं संकल्प सभा बाराको देवतालमा

प्रशौनी छठ ०२२
0 699
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

हिन्दु राष्ट्रका लागि जनजागरण बाराको देवतालमा गरिएको हो। हिन्दु परिषद नेपाल बारा जिल्ला अध्यक्ष गोपाल दासको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष संतोषान्ंद जि महाराजको प्रमुख आतिथ्यतामा गरिएको हो। नेपाल विश्वमा एक मात्र हिन्दु राष्ट्र रहेको पहिचान लाई केही विदेशी डलरको लोभमा धर्मनिर्पेक्ष गरेको कुरा यथार्थ रहेको विश्लेषण गरिएको हो।

जनजागरण सभामा विभिन्न राजनीतिक दलका तथा जानकारहरुले आ-आफ्नो धारणा राखेका थिए। धारणा राख्ने क्रममा नेपाल परिवार दल चाभी (साचो) छापका बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले पनि नेपाली काङ्ग्रेस, एमाले र माओवादी लगायतमा शिर्ष नेताहरूले आफ्नो निजि स्वार्थमा विदेशी डलरमा हिन्दु धर्म लाई बिक्री गरेको आरोप लागाए। हिन्दुहरुले इमानदारीता लाई कायम राख्न र हिन्दुत्व लाई साच्चिकै जोगाउन चाहेका छौ भने हिन्दु छोरा छोरीको विवाहमा दाइजो लिने दिने कुरा लाई आजै देखि वहिष्कार गर्न हामी संकल्प गरौ भन्ने धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि हिन्दु संतोषान्ंद जि महाराजले आफ्नो धारणा राख्ने क्रममा नेपालमा राजनीतिक दलका शिर्ष नेताहरूले नेपालको पहिचान लाई विदेशी डलरको लोभमा बेचेर धर्म निर्पेक्ष गरेको गम्भीर आरोप लगाएका छन्। हिन्दु परिषद नेपालले हाम्रो पहिचानको रूपमा रहेको हिन्दु राष्ट्र नेपाल पुन: कायम गराउने उदेश्यका साथ जागरण तथा संकल्प कार्यक्रम गर्ने गरेको महाराज जि ले बताए।

cin bigyapan

हिन्दु परिएषद नेपालले सिन्ङो राष्ट्र र राष्ट्रियता लाई कायम राख्नुको साथै हिमाल पहाड तराई कोहि छैन पराई भन्ने धारणा व्यवहारमा लागू गराउने उदेश्य रहेको बताए। त्यति मात्र नभएर नेपालमा हिन्दु ९४ % भए पनि यहाँ हिन्दुत्वमाथी हुने गरेको विभेद लाई अन्त्य गर्ने समेतको अवधारणा राखेका थिए। दिन दिनै हिन्दुहरुको आस्था रहने मन्दिर, साधु संत तथा चाड पर्वमा विभिन्न प्रकारका प्रोपोगन्डा त्यार पारी हिन्दुहरुमथि निर्घात कुटपिट एवं ज्यान नै लिने गरेको कुराले हिन्दुहरुको आत्म सम्मान माथी ठेस पुर्याईरहेको कुरा केन्द्रिय अध्यक्ष महाराज जि ले गम्भीर आरोप समेत लगाएका थिए।

धर्म निर्पेक्षको बहानामा हाम्रो हिन्दु समाज आज ज्यादती खेप्न बाध्य भएको महाराज जिले बताए। यदि हामी आज समयमा सचेत भएनौ भन्ने आउने दिनमा हाम्रो कुनै अस्तित्व नरहने ठोकुवा गरेका थिए। हालको अवस्थामा समाजिक संजालमा हिन्दुको नामले फेसबुक आइडी बनाई हिन्दु केटीहरु लाई प्रेम जालमा बाधेर हिन्दु बाट अरु धर्ममा परिवर्तन गराउने चलन बढेकोले हामी आफ्नो सन्तति लाई यो कुराहरू बारे सजग हुन अत्यन्त आवस्यक रबरको बताए।

महाराज संतोषान्ंद जीले वक्ताहरु द्वारा आएका कुरा हरुबारे चर्चा गर्दै नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले आफ्नो धर्म परिवर्तन गरि आफै क्रिश्चियन बनेका छन् । र त्यस्ता केन्द्रमा रहेका टाउको टाउकोहरुले यो देशलाई आफ्नो निजि स्वार्थमा हाम्रो सुन्दर शान्त विशाल देश नेपाल लाई बेचेर आफ्नो गोजि र भुडी भर्नमा मात्र लिप्त रहेको बताए ।

कार्यक्रममा हिन्दु परिषद नेपालका प्रवक्ता सुरेश साह कानु, सह-कोषाध्यक्ष सजना खतिवडा, के.सदस्य लालबाबु प्रशाद कुर्मी, अधिवक्ता बिनोद कुर्मी, सल्लाहकार बाकेबिहारी प्रशाद, बीरगंज नगर सचीव रंजीत चौरसिया, पचरौता नगर कमिटीका अमित वर्मा, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, जनमत पार्टीका केन्द्रिय सदस्य, सुनिल प्र. यादव, विनय कुमार सिंह, प्रदीप पटेल, अम्बिका साह, निषाध संघका ध्रुव निषाध, सञ्चारकर्मी आनंद शर्मा, अनिल वर्मा लगायतकाहरु देवताल गापाको कार्यालय अगाडि रहेको रामजानकी मन्दिरमा सहभागी भएका थिए।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer