Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

चुरे तथा बनजंगल संरक्षण अभियान नेपाल बारा कमिटी द्वारा प्रजिअ लाई ज्ञापन

प्रशौनी छठ ०२२
0 181
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

चुरे तथा बनजंगल संरक्षण अभियान नेपाल बारा कमिटी द्वारा प्रजिअ लाई ज्ञापनपत्र बुझाइएको हो। विभिन्न मांग राख्दै वर्षौंदेखि आन्दोलन गरिरहे तापनी नेपाल सरकारले कुनै वास्ता नगरेकोमा अभियन्ताहरुले पुनः आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारीहरुले बताएका छन्। बिगत तीन महिना देखि रिले अन्सान्मा रहेपनी सरकारले बेवास्ता गरेकोमा अब प्रदेशको आठ वटै जिल्लामा एकै साथ आन्दोलनको घोषणा गरि चरणबद्ध आन्दोलन सुरुगरेका छन् भने चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले मंगलबार देखि रिले अनसन स्थगित गरेका छन् ।

चुरे तथा वनजंगल संरक्षणको माग गर्दै जनकपुरधामस्थित जनकचोकमा रिले अनसनमा बस्दै आएका अभियानीहरुले बुधबारदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गर्दै अनसन स्थगित गरेका हुन् ।

विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रम, रिले अनसन र आमरण अनसन गर्दासमेत चुरेको विनाश नरोकिएको भन्दै अभियानीहरुले बुद्धवार देखि हुने तेस्रो चरणको आन्दोलनमा थप बल पुर्याउने उद्देश्यले आजदेखि रिले अनसन स्थगित गरिएको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए ।

cin bigyapan

यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चौकमा गरेको रिले अनसन र आमरण अनसनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गरि अनसन स्थगित गरेको बताए ।

संयोजक यादवले अभियानले भदौ १ गते मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकार विरुद्ध विरोध प्रर्दशन तथा कोण सभा गर्ने, भदौ ९ गते मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको संयोजक यादवले जानकारी दिए ।

विगत २८ दिनदेखि रिले अनसन तथा विभिन्न दवाबमूलक कार्यक्रमहरु गरेपनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट कुनै पनि सुनवाई नभएकोले बाध्य भएर तेस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक यादवले बताए ।

भूमि अधिकारबाट वञ्चित रहेका तराई मधेशका दलित, भुमिहीन, सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुको तथ्यांक संकलनको कामसमेत आफूहरुले जारी राखेको र अहिलेसम्म धनुषा र सिरहाका केही पालिकाहरुबाट करिव ५ हजारको संख्यामा उनीहरु सम्पर्कमा आएको यादवले बताए ।

बारा जिल्लामा किसनाउती देवी साहको नेतृत्वमा एवं सन्तोष पटेलको सहयोगमा, दरवारी पंडित, लालबाबु यादव, भोला राउत कुर्मी, चतुरी पटेल, प्रिति कुमारी पटेल, सकुन्तला देवी, सुखारी पटेल लगायतका पचासौ जनाएको सहभागिता ज्ञापनपत्र बुझाइएको थियोे।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer