औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवनमा तीन फार्मेसि सिल गरि
वीरगंज, पर्सा।
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवन मा बिना दर्ता संचालित रहेका तीन फर्मेसि लाई सिल गरिएको छ। विशेष सूचनाको अधारमा चितवनमा अनुगमन निरीक्षण गर्दा माडी ३ चितवनका जन सेवा हेल्थ क्लिनिक, कालिका २ चितवनका योगदान हेल्थ क्लिनिक र कालिका ८ चितवनका जिवन हेल्थ क्लिनिक लाई सिलबन्दी गरिएको हो।
मानवको स्वास्थ्य सङ्ग जुडेको औसधि जस्तो संबेदनसिल बस्तुको विक्रवितरणमा भइरहेको खेलवाड लाई रोक्नुको साथै बेवस्थित गर्नका लागि गल्ती गर्ने माथि हदैसम्मको कार्वाही हुन्छ भन्नु हुन्छ” औसधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियार।
अगामी समयमा समेत यस्तै अवस्थामा निरिक्षण अनुगमन तथा अनुगमनको क्रममा देखिने गरेको कमजोरी लाई सुधार गर्न कारबाही पनि हुने औषधि व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजका फार्मेसी अधिक तथा औषधि निरीक्षक सरफराज अहमद खाँले जानकारी दिनु भएको छ।