विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

उधोगपति र सेकयुरिटी सर्भिसेजको चपेटामा श्रमिक

0 3,695

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

प्रभु यादव ।। श्रम तथा रोजगार कार्यालय बिरगंज, पर्सा अनर्तगत पर्ने बारा, पर्सा र रौतहट का उधोग, कलकारखाना, प्रतिष्ठानहरु तथा सेक्युरिटी सर्भिसेज कम्पनीहरुको मिलोमतोमा सेक्युरिटी गार्डहरुले नेपाल सरकारद्धारा पाउनु पर्ने उचित तलब भता नपाएर चपेटामा परेका छन् ।

नेपाल सरकारले २०७५ साल श्रावण महिना देखि लागु हुने गरी राजपत्रमा प्रकाशित भएको बेसिक पारिश्रमक ८,४५५।–, महंगी भता ४,९९५।–, दशै खर्च ऐनको दफा ३७ अनुसार ७०५।–, दुर्घटना बिमा सात लाख बराबरको ऐनको दफा ५५ अनुसार १००।–, बिरामी बिदा १२ दिन ऐनको दफ ३७ अनुसार ४२३।–, संचयकोष ऐनको दफा ५२ अनुसार ८४६।–, उपदान ऐनको दफा ५२ अनुसार ७०४।– सामाजिक सुरक्षा भता वापत १४२।–, साप्ताहिक छुटि ऐनको दफा ४० अनुसार १,८३३।–, सार्वजनिक बिदा ऐनको दफा ४१ अनुसार ४५८।– सार्वजनिक बिदा १३ दिन ऐनको दफा ४१ अनुसार ४५८।–,स्वास्थ्य बिमा १ लाख बराबरको दफा ५४ अनुसार २००।–,घर बिदा १८ ऐनको दफा ४३ अनुसार ६३५।– जम्मा आठ घंण्टाको १९,४९६।– पाउनुपर्नेमा उधोगपति तथा सेक्युरिटी सर्भिसेजकोहरुले आ आफ्नो कमिशनको चलखेलमा श्रमिक तथा सुरक्षा गार्डहरुले उचित पारिश्रमिक पाउन नसकेको सुरक्षा गार्डहरुले गुनासो गरेेेका छन् ।

शिवम सेक्युरिटी सर्भिसेज प्रा.ली.ले श्रम स्वीकृती लिएर पनि नेपाल सरकारले बनाएको नितीनियमलाई ल्तयाउदै तराई अस्पताल बिरगंजमा खटेको सुरुक्षा गार्डलाई १२ घंटाको बिना कुनै सुविधाको जम्मा चौदह मात्र हजार पाईरहेको, संचयकोष,उपदान कुनै पनि किसिमको थप सुविधाहरु नदिएको आफ्नो नाम नखोलिदिने शर्तमा एक जना सुरक्षा गार्ड बताएका छन् ।

 

यस बारेका सोही सेक्युरिटी सर्भिसेज प्रा.ली.का संचालक भगवान यादव संग टेलीफोन बाट बुझ्दा खेरी जम्मा आठ वटा सुरक्षा गार्ड रहेको झुठो बोल्दै तराई अस्पतालमा कुनै पनि शिवम सेक्युरिटी गार्ड नरहेको बताउनु भयो । शिवम सेक्युरिटी सर्भिसेज प्रा.ली.ले तराई अस्पतालमा पनि मेरै गार्ड रहेको स्विकार गर्दै अस्पतालबाट नै कम रकम पाएकोले गार्डहरुलाई कम रकम नै दिएको बताउनु भयो ।

त्यसतै हिमाद्री फुड प्रा.ली.का सुरक्षा गार्डहरुले पनि १२ घंटाको जम्मा रु. १६०००।– मात्र पाएको नाम नखोलीदिने शर्तमा त्याहां कार्यरत सुरक्षा गार्डले बताएका छन् । यस बिषयमा त्यस फुड प्रा.ली.का जेनेरल मैनेजर संग बुझ्दा खेरी हामिले शिवम् सेक्युरिटी संग आपसी सम्झौता गरेका छौ भन्न मिलदैन् शिवम् सेक्युरिटी संगै गएर कुरा गर्नु यो वहांको स्मस्या हो वहांसंगै नै सोध्नु पछि फोन काटियो ।

देवताल psa

यस बिषयमा श्रम तथा रोजगार कार्यालय बिरगंज पर्साको कार्यालय प्रमुख कृष्णा यादव संग सोध्दा खेरी अहिले सम्म शिवम सेक्युरिटीले श्रम अडिट नगराएको, गार्डहरुको विवरण पनि नदिएको तथा श्रम ऐनको दफा १६३ को १(क) बमोजीम २०७५ श्रावण मसान्त देखी लागु भएको नयाँ श्रम ऐनलाई पालना नगर्ने मुख्य रोजगारदाता तथा सप्लायर्स दुबैलाई दुई लाखको जरिमाना हुने यादवले बताएका छन् ।

त्यसतै सुपर सेक्युरिटीको पनि शिवम् सेक्युरिटी जस्तै श्रमिकहरुले पनि गुनासो गरेका छन् । यस बारेमा सुपर सेक्युरिटी सर्भिसका संचालक शेख अख्तरसंग बुझ्दा जम्मा ६ वटा सुरक्षा गार्ड मात्र खटाईएको बताउनु भयो तर बुझ्दा जांदा खेरी १५ जना सेक्युरिटी गार्ड खटेको पाईयो । सुुपरले पनि नेपाल सरकारले दिएको दररेट भन्दा कममा सम्भौता गरेको स्विकार गरें, तर मुख्य रोजगारदाताहरुले नै कम तलब दिएकाले कम तलब दिएका छौं ।

बारा सेक्युरिटीले त हदै गरेको छ , श्रम स्विकृती नै नलिई, श्रम अडिट नै नगरिकन, सामाजिक सुरक्षा कोषमा दर्ता नै नगरिकन रिलायन्स सुगर मिलमा ४० जना सुरक्षा गार्ड खटाईरहेका छन् । यस बारेमा रिलायन्स सुगर मिलका प्रशासकिय अधिकृत मनोहर झासंग बुझ्दा खेरी यो सबै समस्या बारा सेक्युरिटीको रहेकोले निजसंग नै समपर्क गर्नु भनेर फोन काट्नु भयो ।

त्यसतै फिस्टेल सेक्युरिटी सर्भिसेज पोखराले नेपाल विधुत प्राधिकरण ग्रेड शाखामा कार्यरत सेक्युरिटी गार्डहरुलाई ८ घण्टाको जम्मा एक जनाको रु.११,५००।– दिएकोमा न्युनतम पारिश्रमिक पाँउ भन्ने उजुरी श्रम तथा रोजकार कार्यालय बिरगंज पर्सामा उजुरी परेकोे तथा अनुगमनको क्रममा शिखर हिमाल सेक्युरिटी सर्भिसले महालक्ष्मी बिकाश बैंकमा पनि ८ घण्टाको जम्मा रु.११,००।– दिएको सुचना अधिकारी सुन्दर श्रेष्ठले जानकारी गराएका छन् ।

त्यसतै मैक्स सेक्युरिटी सप्लायर्स एण्ड सर्भिस प्रा.ली.को फिल्ड ईन्चार्ज रामबिनेश यादवसंग बुध्दा आफुलाई केही थाहा नभएको, संचालक शेयर धनी दिपेन्द यादवसंग बुध्दा तपाइलार्ई जे लेख्नु छ लेख्नु मलाई केही फरक पर्दैन भनी फोन काटिदिए ।

यस मैक्स सेक्युरिटी सप्लायर्स एण्ड सर्भिस प्रा.ली.का बारेमा श्रम तथा रोजगार कार्यालयका अधिकृत कृष्णा यादव संग बुध्दा खेरी हाल सम्म जम्मा २ जना सेक्युरिटी सर्भिस पंचुयल सेक्युरिटी सर्भिसेज प्रा.ली. र कर्पोरेट सेक्युरिटीले नियम पूर्वक श्रम अडिट गरेको रेकर्ड वहांसंग रहेको बताउएका छन् । साथै श्रम नियम मिचेरकाम गर्ने जो कोहीलाई कार्वार्हीको लागी बिभागमा पठाउने गर्ने गरेका यादवले जानकारी गराएका छन् ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.