वीरगंज – नयाँ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले वीरगंजमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका वीरगंज ०७ , रामटोल निवासी सागर सर्राफले वीरगंजको माईस्थान स्थित २ नं रोड जाने बाटोमा उक्त ज्वेलर्स संचालनमा ल्याएका हुन् । लामो समय कामको अनुभव, सबै शुभेच्छुक , भाई तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफुहरुले पनि एकल रुपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक सर्राफले जनाए ।
आफुहरुले पुराना गर गहना साटफेर, खरिद बिक्रि, काँचो सुन किन बेच, २१/२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरु उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी सागर सर्राफले बताए । प्रत्यक्ष रुपमा हाल २ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रुपमा करिब ४ जना आबद्ध भएको उनले जनाए । उक्त पसल संचालन गर्दा हाल करिब २५ लाख रुपैया लगानी भएको ज्वेलर्सले जनाएको छ । आलोक ज्वेलर्सको उदघाटन युवा व्यवसायी सागर सरार्फका आमा बुबाले रिबिन काटेर उदघाटन गरेका थिए। उक्त समारोहमा युवा नेता समाजिक अभियन्ता ओमप्रकाश सरार्फ, वडा न .६ का वडा अध्यक्ष जयप्रकाश साह(अग्रवाल ) र परिवारका सदस्यहरुको विशेष उपस्थित रहेको थियो।