bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हेटौंडामा हुने रोट्र्याक्टको अध्यक्ष सचिव भेलाको तयारी पुरा

pokhariya Holi Notice

हेटौंडा – रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयोजनमा हेटौंडामा हुनलागेको अध्यक्ष-सचिव भेला(पिएस मिट)को तयारी पुरा भएको छ । रोटर्याक्ट क्लबअफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलन गरि अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो ।

भाद्र २५ गते हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा हुनलागेको देशैभरिको रोटर्याक्ट क्लबको अध्यक्ष-सचिवको भेलाको तयारी पुरा भएको हो । उक्तकार्यक्रमले हेटौंडा र हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभरी थप पहिचान मिल्ने विश्वास लिएको रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिपकुमार राईले बताए । हरेक रोटा वर्षका पहिलो त्रैमासिकमा आयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोटर्याक्टसँग सम्बन्धीत विभिन्न मुद्धाहरु तथा प्रस्तावहरुमा छलफल गरिने अध्यक्ष राईले जानकारी दिए ।

कार्यक्रमले विभिन्न रोटर्याक्ट क्लवहरुसँग सञ्जाल बनाउन तथा आत्मियता बढाउन मद्धत पुग्ने उनको भनाई रहेको छ । कार्यक्रममा रोटर्याक्ट क्ल्व अफ बुटवल साउथ, रोटर्याक्ट क्लव अफ युनाइटेड बिरगञ्ज र रोटर्याक्ट क्लव अफ बर्दिबासले सह संयोजन गरेको छ ।

कार्यक्रमलाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको रोटर्याक्ट क्लवअफ हेटौंडाका अध्यक्षमिलन ढकालले जानकारी दिए । त्यसैगरी सागर डिष्टिलरी, युनिलिभर नेपाल प्रा.लि., स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएम पोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबार लगायतले सह प्रायोजन गरेको अध्यक्ष ढकालले बताए ।

हेटौंडा उपमहानगरपालिका, रोटरी क्लवअफ हेटौँडा र रोटरी क्लव अफ मकवानपुरले पनि आवश्यक साथ र सहयोग गरिरहेको उनको भनाई छ । करिब १ हजार जना रोटर्याक्टरहरुको सहभागिता रहने कार्यक्रमा २० लाख रुपैयाँ लागत अनुमान रहेको आयोजकले बताएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer