The news is by your side.
kalaiya Holi Notice
Pheta Holi Notice

जनहितका लागि नेपाल-भारत सिमा खुलाउन पहल गरेकाे छु : सांसद शाह

Karaiya Mai Holi Notice
0 180
pokhariya Holi Notice

कपिलवस्तु ।

निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ ।

पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नाे पहुँच र सहकार्यले बिकासका विभिन्न याेजनाहरु सम्पन्न गराएकाे सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे। सांसद शाह भन्नुहुन्छ – माओवादी द्वन्द्वकाल पछि ०६४ र ०७० काे संविधान सभा निर्वाचनमा राज्य संविधान बनाउन केन्द्रित रहेकाेले बिकास निर्माणमा पर्याप्त बजेट खर्च गर्न सकिएकाे थिएन ।

२०७४ सालकाे प्रतिनिधि सभा निर्वाचन भएपछि केपी ओली नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे पुर्ण बहुमतकाे सरकार बन्याे । कम्युनिस्ट सरकारले आफ्नाे कार्यकर्ता पाल्ने र देशलाई ऋणकाे भारि बाेकाउने काम मात्र गर्याे। निरङ्कुश बन्दै गएकाे ओली सरकारले संविधानलाई च्यालेन्ज दिदै दुई दुई पटक संसद विघटन समेत गर्याे। जसकाे प्रत्यक्ष असर देशकाे आर्थिक अवस्थामा पर्याे र बिकास निर्माणका अधिकांश याेजना शिथिल बन्दै गए।

Simraungadh Holi Notice

सर्वाेच्च अदालतले संसद पुनर्गठन गरेपछि कांग्रेस नेतृत्वमा बनेकाे सरकारले डेढ बर्षमा छिमेकी राष्ट्रसंगकाे सम्बन्ध सुधार लगायत विदेशी लगानी पनि भित्र्याउन सफल भयाे । कांग्रेस नेतृत्वकाे सरकारमा कपिलवस्तु क्षेत्र ३ मा लगभग सय कराेडभन्दा बढीका याेजना संचालनमा छन। निर्वाचित भएपछि आफ्नाे क्षेत्रकाे विद्यालयमा शिक्षा र स्वास्थ क्षेत्रमा सुधार , बाटाे घाटाे र पुलपुलेसाे निर्माण, काेराेनाका बेला आवश्यक राहत लगायत यस क्षेत्रका नागरिककाे जनजिवन उकास्न आवश्यक रहेकाे नेपाल-भारत बन्द सिमा समेत खुलाएकाे सांसद शाहले बताउनुभयाे ।

काेराेनाका बेला केपी ओलीकाे सरकारले विभिन्न बहाना बनाई सिमामा कडाई गराएर नेपाली जनतालाई सास्ती गराएकाे कुरा कसैले विर्से छैन्न। लकडाउनका बेला हाम्रै क्षेत्रका माैसमी नेताहरु घरकाे दुलाेमा बसेका थिए त काेहि काठमाडौंमा आफ्नाे व्यवसाय चम्काउदै थिए तर शाह परिवार जहिलेपनि जनताकाे सुखदुखमा साथ उभिएको सांसद शाहकाे भनाई छ ।

सांसद शाह दुई पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएका थिए भने हाल नेपाली कांग्रेसबाट क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.