विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद

cin bigyapan

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लामा अहिले पनि तस्करहरुले लुकाईछुपाई तस्करी गरिनै रहेको देखिएका छन। जिल्लामा तस्करी न्युनिकरण गर्न शस्त्र प्रहरी र जनपद प्रहरी परिचालन रहेता पनि तस्करहरु कुनै न कुनै बाटो अपनाई तस्करी गरिनै रहेका दिखिन्छन्।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

ना २ स ८०६७ नंबरको अटो ई रिक्सामा लाखौं मूल्य बराबरको भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा शस्त्र प्रहरीले पक्राउ गरेका छन्। राजदेवी नगरपालिका वडानंबर ७ मुडवलवा नजिक सो ई रिक्सामा विभिन्न किसिमका लत्ताकपडा लोड गरि नेपाल ल्याएको अवस्थामा करिव ४ लाख ६९ हजार ५ सय ५० मुल्य बराबरको कपडा शस्त्र प्रहरी बल ११ नंबर गणले पक्राउ गरेका शस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जनाएको छ।

तस्करी जुनसुकै हालतमा हुन नदिने शस्त्र प्रहरी उपरीक्षक ढकालले जनाएको छ। पक्राउ परेका लत्ताकपडा सहित ई रिक्सा अावश्यक कार्वाहीका लागि भन्सार पठाईएको शस्त्र प्रहरी उपरीक्षक ढकालले जनाएको छ।

baragadhi
Karaiya Mai

Comments are closed.