bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगंज भन्सार नाकाबाट तस्करी बढ्यो, विभिन्न सामान खुलेयाम नेपाल भित्रिदै

pokhariya Holi Notice

वीरगंज – विगत दुई तीन साता उतादेखि पर्साको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको छ । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको छ । राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सादा पोशाकमा खट्ने क्राइम टोलीका प्रहरीहरुको संरक्षणमा नै अहिले सीमावर्ती क्षेत्रबाट विभिन्न सामानहरुको खुलेयाम तस्करी भइरहेको छ । वीरगंज लगायत आसपासका चोर नाकाहरुबाट तस्करी गर्ने तस्करहरु तबारक हुसेन, मुनिलाल, बिक्की कुमार, आकाश साह, उमेश साह,पशुपति,अफसर आलम, इमरान हुसेन, सलमा खातुन, भोला साह लगायतका तस्कहरहरुको समूहले अहिले नाकाबाट व्यापक तस्करी गरि रहेका छन् । तबारक हुसेनले साइकलमा तस्करीको काम गर्ने गरेका छन् भने मुनिलाल, विक्की कुमार, आकाश साह, उमेश साहले माछाको तस्करी गर्ने गरेका छन् । नेपाल सरकारले भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था गरेपनि यि तस्करहरुको समूहले सिमा नाका क्षेत्रमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा खुलेयाम वीरगंज बजारसम्म माछाको तस्करी गर्ने गरेका छन् । जसबाट स्वदेशी माछा उत्पादकहरुले घाटा व्यवहोर्नु परेको छ ।

यसैगरि सुरेन्द्र भन्ने तस्करले भैसीको तस्करी गर्ने गरेका छन् भने अफसर आलम र इमरान हुसेनले कबाडीको तस्करी गर्ने गरेका छन् । कबाडको नाममा विभिन्न महंगा महंगा सामानहरु नेपालबाट भारत तर्फ लैजाने गरेका छन् । यिनीहरु खास गरेर रातिको समयमा छपकैया गाउँहुँदै भारतीय सीमावर्ती सहर रक्सौलसम्म पु¥याउने गरेका छन् । त्यस क्षेत्रमा सिमा सुरक्षाको लागि खट्ने इनर्वा प्रहरी चौकी एवं सशस्त्र प्रहरीको सेटिङ्गमा राति राति कबाडको नाममा बहुमूल्य बस्तुहरु भारततर्फ निर्यात गर्ने गरेको बताइएको छ । यसो माथिबाट हेर्दा झट्ट कबाडको सामान लाग्छ तर भित्र भित्र बहुमूल्य धातुको वस्तुहरुको भारततर्फ तस्करी गर्ने गरेका छन् । यता भारतीय कपडाहरु खुलेयाम तस्करी भई वीरगंज बजारसम्म पुग्ने गरेका छन् । भारतबाट व्यापारीहरुले नियमानुसार किनेर ल्याउँदा बढि पर्ने गरेको हुँदा तस्करीको कपडाहरु नै बजारमा अहिले छ्यापछ्यापी पाउँछन् । भारतको सीमावर्ती सहर रक्सौलबाट विना भन्सारका लाखौं बराबरको कपडा दिनहुँ वीरगन्ज भित्रि रहेको छ । तस्करहरुको समूहले महँगो मूल्य बराबरको सुटिङ्ग सटिङ्गका कपडाहरु भारतीय सहर रक्सौलबाट रातिको समयमा वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा नयाँ वस्ती स्थित गोदाममा ल्याएर थन्काउने र विहानदेखि बेलुकासम्म ठेलामा राखेर खुलेयाम वीरगन्ज बजारसम्म पु¥याउने गरेका छन् । नगवाको नयाँ वस्तीमा तस्करहरुको गोदाम नै छ । गोदाममा रातिको समयमा दर्जनौं तस्करहरुले महँगो मूल्यका कपडाहरु ल्याएर थुपार्छन् ।

Simraungadh Holi Notice

भोलिपल्ट विहानदेखि साँझसम्म ठेलामा राखी जेलटोल, कुम्हालटोल हुँदै वीरगन्जको आदर्शनगर स्थित कपडा व्यापारीहरुको पसलसम्म उक्त कपडाहरु पुग्ने गरेको बताइएको छ । रातिको समयमा तस्करहरुले भारतबाट कपडा तस्करी गरि नेपालसम्म ल्याउने गरेका छन् भने दिनमा त्यही कपडालाई राखेर वीरगन्जको मुख्य बजारसम्म पु¥याउँदा कोही कसैले चेकजाँच न रोकटोक गर्ने गरेको पाइएको छ । विहानदेखि साँझसम्म कुम्हालटोल ६ नम्बर गेट हुँदै तस्कर गुप्ताको कपडाहरु खुलेयाम मुख्य बजारसम्म पुग्ने गरेको छ र त्यसलाई कसैले रोकटोक गर्ने गरेको छैन । तस्करहरुको सेटिङ्ग सीमावर्ती क्षेत्रमा रहेको प्रहरी चौकी एवं सशस्त्र प्रहरीहरुसँग मात्र नभई जिल्ला देखि केन्द्रसम्म रहेको बताइएको छ । सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको बताइएको छ ।

ठुलठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म । त्यो बेलासम्म सशस्त्र प्रहरी एवं सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा भेट्दिैनन्, तर अन्य बेला तैनाथ खटेका हुन्छन् । यो त उदाहारणको पात्र मात्रै हुन् । वीरगन्जमा दर्जनौं ठूलठूला तस्करहरु छन्, जसले खुलेयाम वीरगन्ज बजारसम्म भारतीय सामानहरु पु¥याउने गरेका छन् । अहिले कबाडको नाममा पनि व्यापक तस्करी भइरहेको छ । बजारबाट संकलन गरिएका कबाडहरुलाई छपकैयाका कबाडी तस्करहरुले रातिको समयमा भारततर्फ निर्यात गर्ने गरेका छन् । कबाडको नाममा प्लाष्टिक, फ्लाम एवं अन्य विभिन्न सामानहरु खुलेयाम तस्करी गर्ने गरेका छन् । वीरगन्ज भन्सार मुख्य नाकाबाट पनि तस्करहरुले अहिले छुट पाएका छन् । विहान ११ बजेदेखि भारतबाट सामान बोकेर आएका तस्करहरुले शंकराचार्य गेट नजिकै वीरगन्ज भन्सार पारी नै रोकेर राख्ने र साँझ भएपछि सशस्त्र प्रहरीको ड्युटी परिवर्तन हुने बेला १५ मिनेटको समयमा सबै तस्करहरुले तस्करीका सामानहरु वीरगन्ज भित्र्याउने गरेका छन् ।

ड्युटी परिवर्तनको नाममा वीरगन्ज भन्सारमा खटेका सशस्त्रहरुले तस्करहरुलाई इशारा दिएपछि मात्रै सामानहरु भित्रिने गरेको छ । यसैगरि वीरगन्जको नगवा एवं भुट्नदेखि हुँदै तस्करहरुले साइकलमा विभिन्न तस्करीका सामानहरु नेपाल भित्र्याउने गरेका छन् । चौपायाको तस्करी पनि तिब्र रुपमा बढेको छ । चौपाया तस्करहरुले भारतबाट किनेका चौपायाहरुलाई चराउने बहाना बनाउँदै सीमा पारी ल्याउने गरेका छन् । सीमा क्षेत्रमा भँैसी चराउने भन्दै साँझ हुने वित्तिकै नेपाल प्रवेश गराउने गरेका छन् । खास गरेर छपकैया, इनर्वा नाकाबाट चौपापायहरु बढि नेपाल भित्रिने गरेका छन् भने जिल्लाको ग्रामीण भेगका सीमा हुँदै पनि चौपायाहरु नेपाल ल्याउने गरिएको छ । यिनीहरुलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटाइएको छ तर तिनीहरु रोक्नुको सट्टा उल्टै संरक्षण गर्ने गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.