bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जसपा पर्साले शहिदहरुको शालिकमा माल्यार्पण गरी संविधान दिवस मनायो

pokhariya Holi Notice

वीरगंज – वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस मनाएको छ । वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस जनता समाजवादी पार्टी पर्साले सोमार मनाएको छ ।

जसपाले वीरगंजको घण्टाघरस्थित शहिद स्मारकमा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको शालिकमा माल्यापर्ण गरी तथा एक मिनट मौन धारण गरि संविधानदिवस मनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा पर्साका नेता सुरेन्द्र कुर्मीले देशमा मधेशवादी दलहरुलाई संविधानको विरोध गर्ने र सर्मथन पनि गर्ने रुपमा लिने गरेकोे रआफूहरु संविधान विरोधी नभई त्यस भित्र रहेका केही प्रावधानप्रति असन्तुष्ट रहेको भन्दै संसोधन गरेर लानुपर्ने बताए ।

जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मंसुर, प्रदेश उपाध्यक्ष बृज मोहन तिवारी,नगर अध्यक्ष ईश्वर यादव लगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण युवा नेता मुकेश द्ववेदीले गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer