विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

सिम्रोनगंढ नपामा तोडफोड कसरी भयो

129

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

कलैया, बारा।

Thank you for reading this post, don't forget to subscribe!

सिम्रोनगंढ नपामा भएको तोडफोड कसरी भयो भन्ने बारेमा नगर सभाहलमा पत्रकार सम्मेलन गरिएको हो। सिम्रौनगढ नगरपालिकामा मिति २०७९/०६/०४मा भएको अकल्पनिय घाटनाको बारेमा समपुर्ण नगरवासि तथा सम्बन्धित निकाय लाई ध्यानकर्षन गराउन पत्रकार सम्मेलन गरिएको थियो।

नगर प्रमुख किशोरि प्रसाद कलवारको अनुसार केही वडा अध्यक्षज्यु हरुको इसारामा घटना भएको कारणले स्थानिय सरकारको भवना अनुरूप नगरबासि लाई सेवा प्रवाह गर्न कठीन परिस्थति सृजना भएको बताए। निज वडा अध्यक्षहरूले दैनिक नगर कार्यपालिकाको कार्यालयमा पुगि हस्तक्षेप गर्ने कार्यपालिका बाट प्रवाह हुने सेवामा नगर प्रमुख तथा कार्यालय प्रमुख र शाखा प्रमुखहरू लाई धमकाउने जस्ता अराजक व्यवहार अपनाउने कार्य गर्दै आईरहेको अवस्था बारे नगर प्रमुख कलवारले जानकारी गराए।

वडा नं. ४ का वडा अध्यक्ष अवधेश सहनीले नगरपालिकाको कार्यालयमा पुगी दर्ता चलानी समेत खोसी लगेको प्रमुख कलवारले बताए। निजले सार्बजनिक श्रेस्ता हिनामिना गरेको विषयमा जिल्ला प्रशासन तथा स्थानिय प्रशासन लाई फोनको माध्यम बाट जानकारी गराउदा हाल सम्म प्रशासन समेत मौनरहेको नगर प्रमुख कलवारले बताए ।

devatal gapa

नगरपालिकाको आ.व. २०७८/०७९को आर्थिक प्रतिवेदन लेखा अधिकृत संग पटक पटक लिखित मौखिक मांगदा पनि निजले अटेरगरी हाल सम्म नबुझाएको बताए। मिति २०७९/०६।०४ भएको घटना विगतमा अवरोध पुर्याउदै आएका वडा अध्यक्ष हरूको पूर्व सुनुयोजित कार्य अन्तर्गत नगर प्रमुख लाई मानविय क्षति पुर्याउने उदेश्यले मासुम विद्यार्थीहरु लाई परिचालन गरिएको आरोप लगाउदै अवगत गराएका छन्।

विधार्थिहरू साथै आ.ब. २०७८/०७९ मा कोभिड़-१९ का रोजगरी गुमाएका प्रभावित परिवारहरु लाई १० हजारको दरले दिने रकम १ करोड ३७ लाख प्रदान गरिने राहत एम्बुलेन्स खरिदका लागी विनियोजित बजेट बाट एम्बुलेन्स खरिद नगरी उक्त बजेट दुरुपयोग भएको बताए कलाकारले बताए। नेपली काँग्रेसका प्रत्यासी नगर उप प्रमुखका उम्मेदवार लाई चुनाव पश्चात निजलाई छात्रवृतिको नाममा भुक्तानि गरिएको तथा आर्थिक सहायताको नाममा नागरिकता संकलन गरी एकमुष्ट रकम पटक पटक निकास गरी दुरुपयोग गरिएको कुरा कलवारले बताए।

त्यस्तै प्रधान मंत्री शैक्षिक सुधार आयोजनाको रकम सेनेटरी पैडको रकम नगरपालिका भरि WIFI जड़ान गरी करौडौको रकम प्रक्रिया नपुर्‍याइ तथा विभिन्न योजनाहरु पुर्व नगर प्रमुखको आदेशमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र लेख अधिकृतको मिलोमतोमा रकम हिनामिना गरेको बताए। उक्त सन्दर्भमा प्रतिवेदन मांगदा आलटाल गर्दै आएकोमा वडा नं., ३ र ४ का वडा अध्यक्षहरुको मिलोमतोमा विधार्थिहरू लाई परिचालन गरी लेखा अधिकृत तथा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र पूर्व नगर प्रमुखलाई जोगाउन लेखाको अभिलेख समेत नष्ट पार्ने योजना रहेपनी अभिलेख सुरक्षित रहेकोमा तत्कालै अनुस्नधान निकायले अनुसंधान गर्न लाई समेत ध्यानाकर्षण गराएको प्रमुख कलवारले बताए।

आ.व. २०७८/०७९मा प्रदेशमै सबै भन्दा बढी भ्रस्टचार भएको नगर प्रमुख कलवारले बताए। सिम्रौनगढ नगरपालिकामा छानविन गरी दोषी लाई कार्यावाहि गर्न जिल्ला प्रशासन तथा अनुस्नधान गर्ने निकाय समेत लाई अनुरोध गर्नुको साथै मिति २०७२।०६।०४मा भएको घटनाका दोषिहरू माथि छानविन गरी कार्यवाही गर्न मांग समेत गरेका छन्।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.