विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।

cin bigyapan

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।

अमित ठाकुर।रौतहट।बैशाख १३।गरुडा नगरपालिकाका मेयर इन्नु राय यादब र उपमेयर रङिला कुमारी जयसवाललाइ एक कार्यक्रम बिच संम्मान गरिएको छ।शिक्षा र संचार क्षेत्रमा योगदान पुर्याइ समाज सुधार तर्फ अग्रसर हुनु भएको भन्दै उच्च मुल्यांकन र कदर गर्दै मेयर यादव र उपमेयर जयसवाललाई गौर मिडिया प्रा.लिले दोसल्ला र कदरपत्र सहित सम्मान गरेको हो ।
#गरुडा नगरपालिकाको सहयोगमा गौर मिडिया प्रालीले आयोजना गरेको पत्रकारिता तालिमको समापन सत्र त्तथा प्रमाणपत्र बितरन समारोहमा उहाँहरुलाइ संमान गरिएको हो ।यसैका साथ रौतहटको गरुडा बहुमुखी क्याम्पसमा चलिरहेको तीन दिने आधारभुत पत्रकारिता तालिम तालिम बिहिवार समपन्न भएको छ ।
#सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथी मेयर यादबले तालिममा सहभागी सम्पुर्णलाइ धन्यवाद दिदै सिकेका कुरालाइ व्यबहारमा लागू गर्न सुझाव दिए।उहाँले नगर क्षेत्रका बिकासको लागि आफू प्रतिबद्ध रहेको बताउदै बालबालिकाको शिक्षा गुनस्तरिय बनाउन कुनै कसर बाकी नराख्ने बताएका थिए ।
#विशिष्ट #अतिथि #एव्म #गरुडा #नगर #पालिकाकी #उपमेयर #रङिला #देबि #जसवालले पत्रकार र पत्रकारिताले समाज सुधारमा ठूलो योगदान दिएको बताइन।समाजको ऐनाको रुपमा पत्रकारिता जगतलाई लिने गर्दछ, पत्रकारिता क्षेत्रमा इमान्दार, कर्तव्य निष्ठ,स्वच्छ एवं संचारप्रति बफादारको संख्यात्मक भएमा मात्रै समाज परिवर्तनको कल्पना गर्न सकिने भएको हुँदा गरुडा क्षेत्रका युवायुवतीहरुलाई पत्रकारिताको तालिम दिएर दक्ष बनाउने उद्देश्यबाट गरिएको यो तालिम निकै महत्त्वपूर्ण रहेको बताइन।जयसवालले गहन रुपले शिक्षा आर्जन गरेको ब्यक्तिले समाज परिवर्तनमा भुमिका खेल्ने भएकोले सहभागी लाइ शिक्षा प्रती बफादार भइ सिकेको शिक्षालाइ समाज परिवर्तनमा लगाउन आग्रह गरिन ।जयसवालले गरुडा बहुमुखी क्याम्पसलाई नगरपालिकाको तर्फबाट बिधुतिय सुबिधाको लागि एक थान #जेनेरेटर उपलब्ध गराउने #आश्वासन समेत दिइन ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

गौर मिडिया प्रालीका अध्यक्ष संजय सहनीको अध्यक्षतामा भएको समापन कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक अनमोल खडका ,गरुडाका समाजसेवी तथा वडा न ४ का अध्यक्ष चुनचुन साह,क्याम्पस का प्रचार्य प्रभु पटेल,पत्रकार महासङका अध्यक्ष उतम उपाध्याले आ आफ्नो मन्तब्य व्यक्त गर्दै नगरको बालबालिकाले पत्रकारिता बारे बुझ्ने अवसर प्रदान गरेका आयोजक गौर मिडिया प्रालिको कदम र कामको प्रसंशा गरेका थिए । जिल्लाका अनुभवी पत्रकारले प्रशिक्षण दिएकोले यो तालिम निकै प्रभाबकारि र उपलब्धिमुलक ढंगले सु समपन्न भएक सहभागी चन्दन पटेलले जानकारी दिए।
रौतहटका अग्रज पत्रकार प्रभातकुमार झा, प्रेमचन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठ सहितका व्यत्तित्वहरुले तालिम दिएका थिए । समपन्न तालिमबाट नगरपालिकाका ४० किशोर किशोरी लाभान्वित भएको आयोजक सस्थाका आर .एन साहले बताए।बैशाख १० गते नगरका उपप्रमुख रङीला देबि जयसवालको प्रमुख आतिथ्यमा उक्त तालिमको उदघाट्न भएको थियो ।

baragadhi
Karaiya Mai

Comments are closed.