वीरगंज – विभिन्न चाड पर्व नजिकिए संगै प्रहरीकै मिलोमतो र संरक्षणमा विरगंजको विभिन्न नाकाहरु बाट व्यापक तस्करी धन्दा मौलाएको छ । प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा एनि हाउ पैसा कमाउमा लागेका मातहतका प्रहरीहरुको प्रत्यक्ष समलग्नताका कारण विरगंजका विभिन्न नाकाहरुमा तस्करहरुको रजाइँ भएको छ । अबैध ढंगले हुने राजस्व दोहनलाई नियन्त्रण गर्नकै लागि सिमाहरुमा खटि गरिएको सिङ्गो युनिटने अबैध करोबारीहरु संग मुद्रा मोचनमा लागे पछि बिरगंजका केही नामुद तस्करहरुको जयजय भएको छ ।
लामो समय देखि तस्करी धन्दामा रहेर नाम कमाएका मदन, रुन्चे, हरेन्द्र पटेल, बली लगाएतका दर्जनौं तस्करहरु दिन्छु वीरगन्जको छपकैया बाट खुलम खुल्ला कपडाका तस्करी गरिरहेका छन । ती तस्करहरू इलाका प्रहरी कार्यलय छपकैयाका वरिष्ठ सई अशोक बस्नेतको निर्देशनमा कपडाको तस्करी गर्न लाइन पाएको बताइएको छ । तस्करहरु संग सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गरेको जनाइएको छ ।
यादव इलाका प्रहरी कार्यालय छपकैयाका घुमुवा हुन, कसलाई लाइन दिने, नदिने कसगं कति पैसा लिने, नलिने यादवको हाथमा रहेको छ । तस्करहरू दिनहु रातभरिमा ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत छपकैया हुदै सिमा नाका बाट बिरगंज कपडा ल्याउने र पछि वीरगन्ज हुँदै हेटौंडा, नारायणघाट र काठमाडौं सम्म पठाउने गरेका छन । त्यस्तै ट्रान्सपोर्ट संचालक हरदेव यादव र उनका कारोबारी पार्टनर रूपमा अर्का कारोबारी ईमरान लगाएतका दर्जनौं तस्करहरु इनरुवा गाउँ नाका बाट इनरुवा गाउँ चौकीका प्रसनी बलबहादुर तामाङको मिलिभगतमा व्यापक कपडा र पटखाको तस्करी गरिरहेको छन । यसरी प्रहरीकै मिलोमतोमा अवैध तस्करी धन्धा मौलाइ रहे पनि त्यसपछिका नियमन गर्ने निकाय पनि मौन रहेको देखिन्छ