वीरगंज – पर्सा क्षेत्र नम्बर १ (क)मा नेकपा एमाले बिचारी यादवको उम्मेदवारीले सो क्षत्रेका जनता आतुर बनेका छन । स्वच्छ छबि र ईमान्दार नेताको रुपमा परिचित यादवको उम्मेदवारी संगै सो क्षेत्रका जनता उत्साहित बनेका हुन ।
बि.स. २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित हुदाँ यादवले आफनो क्षेत्रमा शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार लगायतको क्षेत्रमा उल्लेखनिय बिकाश गरेका थिए ।
यस अघि बिद्यायकमा जितेको नेताले बिकाश भन्दा पनि आफनो कार्यकर्ता पोस्ने काम मात्र गरेकोले यस बर्ष मतदाता उनको पक्षमा देखिएका छैन । उनले बिकाशको नाममा हेर्न लायक कुनै पनि काम पनि नगरेको स्थानियको आरोप छ ।