विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

नेकपा एसका पटेल जसपामा प्रवेश

126

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

वीरगञ्ज – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका दिनेश पटेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

Thank you for reading this post, don't forget to subscribe!

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा नेकपा एसबाट वडा अध्यक्ष लडेका पटेललाई पूर्वमन्त्री प्रदीप यादवले जसपा प्रवेश गराएका हुन् । पटेललाई यादवले फुलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

devatal gapa

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका पटेलको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मुखमा जसपा प्रवेश गरेपछि नेकपा एस र समग्रमा सत्ता गठबन्धनलाई ठूलो झट्का लागेको छ भने जसपालाई फाइदा हुने देखिएको छ । पटेल उक्त क्षेत्रमा राम्रो पकड भएका नेता हुन् ।

वीरगञ्ज-१८ मा निर्वाचित वडा अध्यक्ष उमा शंकर तिवारी जसपाकै हुन् । पटेलले पनि जसपा रोजेसँगै उक्त वडामा पार्टीको पकड राम्रो भएको छ ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.