bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

१५ बर्षिय प्रत्यक्ष राजनितिमा के गरे सांसद शाहले ?

pokhariya Holi Notice

कपिलवस्तु ।

जिल्लाकाे पश्चिम क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह तीन पटक प्रत्यक्ष निर्वाचित भई चार पटक सांसद हुने जिल्लाकाे एकमात्र नेता हुन । आफ्नाे बेबाक र निडर शैलीकाे राजनितिले युवा जमातमा लाेकप्रिय नेताका रुपमा स्थापित निर्वतमान सांसद शाह मंशीर ४ गते हुन गइरहेकाे निर्वाचनमा पांचाै पटक आफ्नाे भाग्यकाे परीक्षा दिन तैयार बसेकाे बताउनुहुन्छ ।

उनी भन्छन – स्थानीय स्तर मै जनताका बीच पुगेर सुख दुखमा सहभागी हुन्छु ,समस्या बुझ्छु र समाधान गर्छु । सबैकाे शान्ति सुरक्षा र यस क्षेत्रकाे बिकासमा संघर्षरत छु । निर्वाचनका बेला राजनिति गर्न मात्र पैरासुट समातेर झरेकाे नेता हाेइन। विगत १५ बर्ष मा के -के काम गरियाे ? त्यसकाे

संक्षिप्त विवरण दिन मन लाग्याे -:
* संविधान सभा सदस्यका रुपमा २ पटक निर्वाचित भएपछि संविधान निर्माण नै मुख्य एजेन्डा थियाे । कम बजेट हुन्थयाे ,स्थानीय तह विहिन क्षेत्रमा बिकास निर्माणका काम सन्तुलित भइ अगाडि बढ्दै गरेकाले संसदीय बजेटले ठुलाे क्षेत्रलाई बांड्नु च्यालेन्ज थियाे तर पनि अतिआवश्यक क्षेत्रमा लगानी गरियाे । बि स. २०७४ काे प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएपछि अढाई बर्ष विपक्षमा नै विताउनु परेकाे सर्वविद्धतै छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीकाे असंवैधानिक कार्यलाई राेक्न सर्वेाच्चले ओली सरकार बर्खास्त गरेपछि संविधान रक्षाका निम्ति देउवा नेतृत्वकाे पांच दलिय गठबन्धन सरकार गठन भयाे । त्यसपछि आफ्नाे क्षेत्रमा स्थानीय तहकाे बजेट बाहेक प्रदेश र केन्द्र सरकारमार्फत दुई अरब भन्दा बढी बजेट पहल गरि भित्र्याइयाे । जस मध्ये केही याेजनाहरु शुरु भईसकेका छन । मैले आफ्नाे क्षेत्रकाे बिकासका लागि विगत पन्द्र बर्षमा गरेका बिकास निर्माणका केही कार्यहरुमा जिल्ला कै दुर्गम मानिएकाे आरटिओ सडक निर्माण तथा विस्तार संसदीय काेषबाट गरि अहिले महेन्द्र राजमार्गसम्म पुर्याइयाे ।

त्यस्तै अन्य याेजनाहरुमा
– चन्द्राैटा-कृष्णनगर फाेरलेन सडक बनाउन भारतीय राजदुतावासलाई ताकेता गरि निर्माण कार्य आन्तिम चरणसम्म पुर्याइयाे ।
– कृष्णनगर बजारकाे सडकलाई राष्ट्रिय याेजनामा राख्न लगाइयाे , जसकाे निर्माण भइरहेको छ।
– नेपाल आदर्श क्याम्पस शिवपुरलाई बस व्यवस्थापन , साथै महेन्द्र माविलाई क्याम्पस संचालन पहल गरेपनि पुर्वाधारका कमीले प्रविधिक कुरा मिलाउन समय लाग्ने तर छिट्टै संचालनमा ल्याइने प्रतिवद्धता गरेकाे छु ।
– नि:शुल्क शल्यक्रियाका लागि आँखा अस्पताल बहादुरगंजकाे भवन निर्माणमा बजेट दिइयाे ।
– लकडाउनकाे बहानामा ओली सरकारले कृष्णनगर नाका बन्द गराएर सिमाक्षेत्रका जनता दुख पाउदै गरेकाेले दुईदेशबीच सम्बन्ध सुधार गर्दै आम नेपालीलाई आवतजावत सहज बनाइयाे ।
– कृष्णनगर नाकालाई इमिग्रेसनकाे लागि पटक पटक संसदमा आवाज उठाई सरकारकाे ध्यानाकर्षण गराउदै आएकाे छु ।
– दर्जनौं डिप वाेरिङ्ग लगायतकाे सिंचाई व्यवस्था गराएकाे छु ।
– चरंगाहवा नदीमा पुल निर्माणका लागि पहल गरेंपछि फलस्वरूप निर्माण कार्य जारी छ र आधा दर्जन गाउँ टापु हुनबाट बचाएकाे छु ।
– दुईलेनकाे हुलाकी राेड छिट्टै बनाउन जिल्लाभरिका संसद मिलेर दबाव दिइयाे जुन अहिले निर्माणाधीन अवस्थामै रहेकाे छ ।
– प्रत्येक पालिकामा एम्बुलेन्सकाे व्यवस्थापनका लागि बजेट विनियाेजन र व्यवस्थापन गराएं ।
– लकडाउनका बेला अरु नेता घरमा बसे तर ‘ म ‘ जनताकाे बीचमा गई आवश्यकता अनुसार सहयाेग गरें ।
– भारतमा फसेका नेपालीहरु दशगजामा राेकेर राखेकाे आवस्थामा नाकाबाटै भित्रयाइ सम्बन्धित पालिकासम्म पुर्याउन मद्दत गरियाे ।
– लकडाउनमा खुलेका १० नाका मध्ये एक कृष्णनगरमा नेपाल आफ्नाे जग्गा दिएर हाेल्डिङ्ग सेन्टर निर्माण समपन्न गराइयाे ।
– जीर्ण अवस्थामा रहेका मठमन्दिरहरुलाई मरम्मत गराइयाे।
– राम गाेरखा माविलाई प्रविधिक क्याम्पसका रुपमा विकास गर्न जेटिए(बाली/पशु) कार्यक्रम संचालन गराउन सहयाेग गरियाे ।
– भारतीय दुतावासबाट दर्जनाै बिद्यार्थीलाई छात्रवृत्तिमा डाक्टर, इन्जिनियर पढन पठाइयाे ।
– लक्ष्मी पुजामा प्रहरीकाे गाेली लागेर हत्या भएकाे सुन्दर पाण्डेलाई सहिद घाेषणा गराइ राज्यबाट सहयाेग उपलब्ध गराइयाे ,
– कृष्णनगर , बहादुरगंज , चन्द्राैटा र विजयनगर गाउंपालिकाभित्र ल बाटाेघाटाे ,पुलपुलेसाे , धर्मशाला लगायत पुर्वाधार निर्माणमा बजेट विनियाेजन र व्यवस्थापन गराइयाे ।
– आफ्नाे क्षेत्रमा खाेपकाे व्यवस्थापनका लागि आवश्यक पहल गरियाे ।
— शैंयाैं गरिब आवास निर्माण गराइयाे ।
– कन्चनिया डायर्भसन निर्माण समपन्न गराइयाे ।
– शिवराज अस्पतालमा आप्रेसन थ्याटरकाे भवन निर्माण गराइयाे ।
– भारतीय दुतावासबाट आफ्नाे क्षेत्रकाे लागि आधा दर्जन एम्बुलेंस , दमकल उपलब्ध गराइयाे । साथै स्थानीय तहसंगकाे समन्वयमा गाउँ गाउंमा आरसिसि, पिसिसि,ग्रेभल बाटाे, खानेपानी, सा-साना कल्भर्ट निर्माण लगायतका लागि संसदीय बजेट विनियोजित गरिएर बिकासलाई गाउंस्तरसम्म पुर्याउने प्रयास गरेकाे छु ।

निर्वतमान सांसद शाह अहिले कपिलवस्तु क्षेत्र ३ बाट कांग्रेस , माओवादी केन्द्र , जनमाेर्चा, एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादी पार्टीकाे पांच दलिय गठबन्धनका साझा उम्मेदवारका रुपमा आफ्नाे क्षेत्रमा घरदैलाे गर्न व्यस्त हुनुहुन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer