bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बिन्धीलाई नमुना वाड कहिले र कल्ले बनाउने !

pokhariya Holi Notice

युवा नेता रँजित निस्पक्ष, जनकपुरधाम।

हाल जनकपुरधाम उपमहानगरपालिका -२३ (बिन्धी) धनुषा, जनकपुरधाम शहर भित्रको एक गाउँ पहिला बिन्धी गाबिस थियो तर राजनितीकरण बिगत देखि हाल सम्मको स्थिती हेर्दा परिवर्तन शन्यू र हाल जस्ताको त्यस्तै। बिन्धी लाई उपमहानगर भित्र राखेपछि अब केही हुन्छ जस्तो आस थियो बिन्धी वासिलाइ । तर उपमहानगर बाट पनि सौतेला ब्यवहार देखियो । राजस्व लिने तर सेवा सुबिधा र विकास शन्यू देखियो । बिकासको नाउमा चिप्पिले टालिएको अव्यवस्थित अधुरो सडक ।

बिकास किन भएन सोधने भन्दा बिकास अवरोधक र बिकासको नाम भजाइ सामुहिक लुटतन्त्र मचाइ ब्रचस्ववादी प्रबिर्ती हाबी समूह निर्माण भएको देखियो। जनता जिबनयापनका निम्ति दैनिक जिबकोपार्जनमा ब्यस्त त केही आफुलाइ बोलबाला भन्नेहरु सेटिङ मै ब्यस्त त जनप्रतिनिधि वडा अध्यक्ष त सर्वदलीयमै डफलि बजाउदै ब्यस्त। जति जनप्रतिनिधि आयो आफैमा ब्यस्त। केहि आफुलाइ कहबैका र बोलबला भन्नेहरु अदृश्य बिकासको कमिसन मै मस्त देखियो। नमुना वाड कहिले बनाउने। केही गरेर त देखाउ बिन्धी। जनकपुरधामको उदाहरणीय वडा बनेर त देखाउ जनता बिन्धी बिकासको साथमा छ । तर बिकास गरौं ।।

जनप्रतिनिधिले गर्नै पर्ने काम:-
१) शिक्षा ।
:- बिन्धीको शिक्षा श्री.त्री.भु.आदर्श उच्च.मा.बि बिन्धिको अवस्था एक समयमा नाम कमाएको स्कुलमा आउथियो । तर अहिले राजनितीकरण यति भयो कि स्कुल धारासाही र बिकासको नाउमा राजनितीकरण हाबिले ग्रसित देखियो। आरे भाइ केही नगरौ स्कुलको आम्दानी, स्कुलको सम्पत्ति स्कुलकै ब्यवस्थापनमा सहि ढङ्गले संचालन गर्दियो भने नमुना स्कुल बन्छ। नियमित कक्षा संचालन, कक्षाकोठा, सौचालय ब्यबस्थित, फर्निचर, झयाल ढाेका, कक्षाकोठामा ह्वाइट बोर्ड, बिजुली बत्ती मात्रै हेर्दियो भन्ने स्कुल गति लिन्छ । यहाँ त स्कुलको आमदनी, स्कुलको नाउमा रहेको सम्पत्ति अतिग्रहन गर्ने र प्र. संग मिलेर झवामका झवाम खानेको बिगबिगी मात्रै देखियो। अबत सुधरौ आफनो सन्तती र समाजकोलागि केही गरौं ।

२) स्वास्थ्य ।।
:- स्वास्थको अवस्था हेर्ने हो भन्ने परा-पुर्व काल देखि एक कोठा या रुम भित्रै संचालनमा रहेको स्वास्थ चौकी जस्ताको त्यस्तै उपचारको नाउमा समयमा स्वास्थ कर्मी नपुगिने पुगे पनि जनसमुदाय संगको सम्बाद हेर्दा सासक रुपि प्रस्तुती । औसधिको नाउमा नेपाल सरकार द्वारा उपलब्ध औसधि पनि नदिने र सबै दिन औसधि अभावको नाउमा जनताको लगाव बिहिन संस्था बनाइ दिनु दु:खद । यत्रो वर्ष पछि बल्ल तल्ल स्वास्थ भवन निर्माण सम्पन्नको क्रम्मा पुगियो । कम्तीमा ५ सैयाको बेड सहित नेपाल सरकार द्वारा उपलब्ध औसधि नै सहि ढङ्गले बितरन र प्राथमिक उपचार गरियो भन्ने जनतालाई स्वास्थ प्रत्याभुती र बुढापाखा अग्रनिय ब्यतित्वको पीडा कम हुन्थियो होला । तर सधारन चोटपटको लागि पनि जनकपुर धाउनु पर्ने अवस्था सवास्थ चौकी हुदैमा किन?

३) सिचाइ ।।।
:- वडाका सम्पुर्ण किसानलाई पुगने प्रयाप्त मात्रा डिप बोर्डिङ छन तर कतिपय बन्दको अवस्थामा छन त कतिपय भगवान भरोसे।नदि पनि छन तर नदि पुरेर सम्पत्ति आर्जन गर्नेको गिरोह पनि हाबी छन । नदिलाइ जिर्नोधार गरि वडा भित्र रहेका सम्पुर्ण डिप बोर्डिङमा मोटर जडान र सुचालु अवस्थामा ल्याइ नदिको मुहान सम्म जोडिने र नाला निर्माण गरि किसानलाई दीर्घकालीन राहत र वाडाकाे कृषी उबजनी बढाउनुको सटा कृषी लगानी रकममाथी को भ्रस्टाचार गर्ने गराउने को बिगबिगी छ।किसानलाई राहत देउ राख हैन जनप्रतिनिधि ज्यु।

४) सडक ।।
:- बिन्धी टाेल-टाेलका सडकहरु अधिकांस रुपमा अतिग्रहन गरिएको छ। पक्की सडकहरु बनेपनी सरकारी मापदण्ड बिपरित र वडा कार्यालय र उपमहानगरपालिकाको नकसा र तोकेको अनुसारको फराकिलो र ब्यबस्थित सडक बनेको छैन । वडाकाे नकसा र तोकेको चौडाइमा किन बनाइएन। १३ फिटको सडक ८ फिट, २२ फिटकाे सडक १२ फिट, ६० फिटकाे बाटाे ७ फिट गरिएको किन देखिदैन । ठुला बडाको घर बाटाे चेपेर बनाउने र त्यलाइ भत्काउन हिम्मत नभएको जनप्रतिनिधि के कामको । नाला ब्यबस्थापन गरिएको छैन । जनप्रतिनिधि नामको लागि मात्र हो कि कामको लागि पनि। सोच महोदय सोच।

५) सार्वजनिक सम्पत्ति।।
:- वाडाको स्वामित्व, वडा भित्र रहेका गूठीका सम्पत्ति लगायत धार्मिक स्थलका सम्पत्ति अधिकांस रुपमा अतिग्रहन गरिएको छ। जनप्रतिनिधि ज्युले वडा भित्रका सार्वजनिक सम्पत्ति ब्यवस्थित रुपमा खोजबिन गरि संरक्षण सम्बर्द्धन र घेरावेरा गरि सौन्दर्यकरण गर्नको सट्टा भुमाफियाको बिगबिगीलाई कानुनी रुपि हथौड़ा प्रयोग नगरी मौन बसनुले सार्वजनिक सम्पत्ति अतिग्रहन बढेको र वाडाको नाउमा थुप्रै सम्पत्ति तर स्थलमा पुगदा सुखी सम्पन्न भु-माहियाको गिरोह । केही गर्ने तिर लागौं । सम्पत्ति संरक्षण, सम्बर्द्धन र सौन्दर्यकरण तिर लागौ।

६) आत्मनिर्भर तालिम र सीप ।।
खास गरि वाडा भित्रका महिला दिदी बहिनीहरुलाइ आत्म निर्भर बन्नकोलागि घरेलु तालिम र साना उधोग ब्यवसायको ज्ञान र उत्पादनको सीप संचालन गरि आत्म निर्भर र आर्थिक उन्नतिको बाटाे देखाउनुको सट्टा वडा भित्र आएका सीप मुलक तालिमको रकम पनि वडा अध्यक्ष र सचीवले त कागजमै सिमित राखेर रकम निकासा गर्ने र गराउने कार्यले समाजको उथान होला त । समाजको लागि कहिले सोचने। हे पुन्यात्मा भएका जनप्रतिनिधि ज्युहरु समाजको लागि केही गरेर त जाउ नत्र सन्ततिले धिक्कार्ला ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer