Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

सत्य लाई सत्य र असत्य लाई असत्य लेखिदिए देश बलियो हुन्छ : मेयर सिंह

प्रशौनी छठ ०२२
0 460
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोश्रो जिल्ला अधिवेशन भएको हो। राज्य पक्षबाट विभेद गरि पछाडी पारिएका दलित समाज लाई उत्थान गर्नुको साथै समाज तथा सिङ्गो देश लाई समेत कलमको माध्यम बाट कल्याण गर्ने उदेश्यका साथ अगाडि बढिरहेको र अझ बढ्न सुझाव सल्लाह तथा शुभकामना विभिन्न वक्ताहरुले दिएका थिए।

पचरौता नगरपालिकाका मेयर जलन्दर सिह जैसवारले भने,सत्य लाई सत्य र असत्य लाई असत्य लेखिदिए देश बलियो हुन्छ, प्रेस बलियो भए मात्र देश बलियो हुने कुरामा जोड दिनु भएको छ। राष्ट्रिय दलित पत्रकारसंघ नेपाल जिल्ला कार्य समिति बाराको दोश्रो जिल्ला अधिवेशन लाई कलैया स्थित रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मंगलवार उदघाटन गर्दै मेयर सिहले प्रेस जगतलाई अझै बलिायो र शस्क्त बनाउन राज्यलाई अग्रसर हुन आग्रह गर्नुभएको थियो । समाजमा रहेका बिकृति, बिसंति लाई चिर्न, सभ्य समाजको निर्माण गर्न, बिधीको शासन कायम गराउन र भष्टाचारलाई निस्तेज गर्नका लागि पनि पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण भएको जानकारी गराउदै निष्टापुर्वक पत्रकारिता गर्न आग्रह समेत गर्नुभएको हो । सत्यलाई सत्य र असत्य लाई असत्य ऐना जस्तो पार्दर्शी रुपमा पत्रकारिता गर्नेहरुको भविशय रहेको स्मरण गराउदै समाज रुपान्तरणको दिशामा कलम चल्नुपर्ने कुरामा मेयर सिहले जोड दिनुभयो ।

सोहि कार्यक्रम लाई सम्बोधन गर्दै बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले अवाज बिहिनहरुको अवाज मिडिया बनी रहेको बताउदै अझै समाजका सोशित पिडित दलित समुदायका मुद्धाहरु पनि पत्रकारिताको माध्यबाट उजागर गर्नुपर्ने सुझाव दिनुभयो । राज्यबाट अहिलेपनि दलित समुदायका ब्यक्तिहरु लाई हेर्न दृष्टिकोण फरक रहेको भन्दै अध्यक्ष दासले दलितहरु लाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आग्रह गर्नुभएको हो । आफु लाई हिनताबोध हुने काम नगरि उच्च मनोबलका साथ अगाडी बढनमा दलित समुदायका ब्यक्ति लाई दलित पत्रकार संघले मार्ग निर्देशन गरोस भने कमना समेत गर्नुभएको थियो ।

cin bigyapan

कार्यक्रमलाई सम्बोधन गर्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण अचार्यले राज्यको चौथौ शक्तिको रुपमा रहेको मिडिया जगतले परिवर्तनका सम्बाहकको रुपमा काम गर्दे आएको बताउनु भयो । पित पत्रकारितामा नलागी सत्य, तथ्य, टटस्त एवम निष्पक्ष रुपमा समाचार गर्दा यसले अझ मिडियाको र पत्रकारहरुको गरिमा लाई उच्च पार्दछ उहाँले भन्नुभयो । जिल्लामा शान्ति सुरक्षा, अमन, चयन गर्नका लागि प्रहरी प्रशासन पुर्ण कटिवद्ध भई अगाडी बढीरहेको बताउदै आउने दिनहरुमा पनि जिल्ला लाई अझै शान्ति पुर्वक अगाडी बढाउनका लागि दतचित भई अगाडी बढने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।

बारा जिल्लाको पचरौता नगरप्रमुख जलंधर सिंह (पटेल)को प्रमुख आतिथ्यता तथा सहायक जिल्ला प्रमुख कृष्ण अचार्य को विशिष्ट आतिथ्यतामा गरिएको कार्यक्रममा दलित समाज संग हुने गरेको विभेद बारे कलम चलाएर उजागर गरि सम्बन्धित निकायको ध्यानाकर्शन गराउने उदेश्यले नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहताले मन्तव्य राख्दै पालिकाहरुमा पनि स्थानिय सरकारहरुले आफ्नै समाजका गरिव विपन्न परिवार अर्थात दलित लाई पनि राजनितिक भावनामा ग्रसित भएर उपेक्षित गर्ने गरेको बारे सबै पालिका प्रमुखहरु लाई इङ्गित गर्दै प्र. अ. पटेल लाई ध्यानाकर्ष्ण गराउदै नमुना बन्न मेहताले आग्रह गरेका थिए।

राष्ट्रिय दलित पत्रकारसंघ नेपालको केन्द्रिय सचिव सिकेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाअध्यक्ष रामबाबु मेहता, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल, बारा अध्यक्ष श्यामबाबु यादव, संमाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अजय कुमार साह, नेपाल पत्रकार महासंघका पुर्व उपाअध्यक्ष राकेश पाण्डेय, राष्ट्रिय अनुसंन्धानका उपनिर्देशक अभिनय कुमार सिह, प्रहरी नायव उपरिक्षक राजेश थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक रबिन सिलवाल, नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य सिता कुमारी पासवान लगायतकाले आफनो बिचार ब्यक्त गर्नु भएको थियो । निखिल पासवानका संचालन र बिपना सार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मेयर जैसवार लाई दोसल्ला र कदर पत्र सहित समान गरिएको थियो। यसैगरि बन्द्रशत्र लाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्व मन्त्री कलावती पासवानले दलितहरुको अवाज लाई बुलन्द गर्न आग्रह गर्नुभयो। कार्यक्रम लाई सम्बोधन गर्दै मधेस प्रदेशका निवर्तमान प्रदेश सासद सुन्दर बिश्वकर्माले बेतिथी लाई अन्त्य गर्न दलित पत्रकारहरुको काँधमा ठुलो जिम्मेवारी थपेको हुदा सम्बेदनशिल भएर काम गर्न सुझाव दिनु भएको थियो । बन्दशत्रले मेघराज पासवानको अध्यक्षतामा १३ सदस्यी जिल्ला कार्य समिति सर्व सहमत बाट चयन गरेका छन। समितिको पुरुष उपाध्यक्षमा शर्मा बैठा, महिला उपाध्यक्षमा बिपना सार्की, सचिवमा उपेन्द्र पासवान, सहसचिवमा सर्मिला सुनार, कोषाध्यक्षमा बिरकेश पासवान चयन भएका छन। समितिको सदस्यहरुमा भवना सुनार, अनु पासवान, सरोज दास, राहुल दास, जयप्रकाश राम, बलिराम महरा, राजु बैठा सर्व सहमत चयन भएका छन ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer