विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

विश्वभरीका डेढ अर्व वौद्धमार्गीहरुको लागि लुम्बनी आकर्षक तीर्थस्थल

लुम्विनी भ्रमण वर्ष २०७६

0 1,465

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

 

विराटनगर । लाखौ अन्य धर्मालम्वी र विश्वभरका डेढ अर्व वौद्धमागीहरुको लागि लुम्वनी आकर्षक भएकोले पर्यटनलाई लुम्वनी भित्रियाउनका लागि प्रकदेश सरकार प्रदेश नं. ५ ले प्रदेशको समग्र विकास गरी ‘समृद्ध प्रदेश, खुशी जनता’ को नाराको साथ २०७६ लाई लुम्बिनी भ्रमणवर्ष घोषणा गरेका छन् ।


प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुशैयतको उपस्थितिमा लुम्बनी भ्रमण वर्ष २०७६ का प्रचार प्रसार समितिले विराटनगरमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया गरी सो जानकारी दिएका छन् ।
‘वुद्ध जन्म स्थल लुम्वनी जाऔं, शान्तीको संदेश फैलाऔं’ मूल नारा (स्लोगन) का साथ महामानव गौतम वुद्धको जन्म लुम्बनी विश्व सम्पदा सुचीमा सुचिकृत पुरातात्विक स्थान पनि हो । पवित्र चार वौद्ध गन्तव्य मध्ये सवभन्दा महत्वपूण गनतव्य हुनका कारण वौद्ध मार्गीहरुको तीर्थस्थाल भएको छ ।
विश्वका डेढ अर्व वौद्धमार्गीहरुलाई लुम्विनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागिएको प्रचार प्रसार समिति संयोजक भरत केसीले जानकारी गराउनु भयो ।


सिद्धार्थ गौतम बुद्ध भन्दा अगाडी जन्मिएका क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटीहावा र अरौराकोटमा जन्मेका हुन । त्योसो हुनाले लुम्बिनी क्षेत्र बुद्ध जन्मस्थल मात्र होइन वौद्ध दर्शन र शान्तिको पवित्र उद्गमस्थल समेत हो । वौद्ध संस्कृति र सभ्यताको हिसावले कपिलबस्तु खुला संग्राहालय नै हो । त्यस बाहेक बुद्धको मावली देवदह, कोलीय सभ्यताको केन्द्र रामग्राम, सैनामैना लगायतका बुद्ध परिपथसंग संम्वन्धित दर्जनौ ऐतिहासिक पुरातात्वीक स्थलहरु पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र रहेको छ ।
२०७६ सालको बुद्ध पुर्णिमा देखि अर्काे वर्षको चैत शुक्ल पूर्णिमा सम्म भ्रमण वर्षको रुपमा मनाउन व्यापक प्रचार प्रसार गर्नका लागि सातवटै प्रदेशमा अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने भएका छन् ।

देवताल psa


लुम्बिनी भ्रमण वर्षले नेपाल सरकावाट सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको आधार प्रसस्त गर्ने, पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्ने, धार्मिक, पर्यटक, सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरुको पहिचना, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउने, लुम्बिनीमा पर्यटकको वसाई अवधी वढाउने लगायतका उदेश्य राखेर व्यापक प्रचार प्रसारमा लागेका छन् ।
लुम्वनी भ्रमण वर्ष कार्यक्रम सभारम्भ समारोह २०७६ जेष्ठ ४ गते हुने भएको छ । जेष्ठ ५ गते मायादेवी प्रस्तुती उत्सव, लुम्वनी फुड फेटिवल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे पूर्णिमा उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविर, स्थानीय उत्पादनहरुको विक्रीकक्ष (कोशेली घर) लगायतको व्यवस्था गर्ने भएका छन् ।
भ्रमण वर्षकालाग प्रदेश सरकारले ४ करोड १९ लाख बजेट छुट्याएको छ । अनुमानित वर्ष भरिमा १५ लाख पर्यटक लुम्बिनी आउने गरेकोमा लुम्बिनी भ्रमण वर्षमा २५ लाख पर्यटन भित्रियाउने तयारी गरेका छन् । लुम्वनी आउने पर्यटक श्रीलंका, जापान, थाईलाइण्ड, लगायतका देश रहेका छन् ।


सोही अवसरमा मन्त्री कुशैतले प्रदेश नं. १ पर्यटकका गन्तव्य भएको वताउदै भने नेपालको सवभन्दा होचो ठाउं झापाको केचना केलन र विश्वकै सभवन्दा अगलो चुचुरो सगरमाथा, पाथिभारा, वराह क्षेत्र पर्यटक स्थालको रुपमा चिनाउन प्रदेश नंं.१ पनि लागि परेको छ । लुम्बिनी भ्रमणवर्षको वारेमा प्रदेश नं. १ मा आई अन्तरक्रिया गरेकोमा आयोजकलाई धन्यवाद दिदै पर्यटन प्रवद्र्धनकालागि सक्दो सहयोग गर्ने वताउनु भयो ।


प्रदेश नं. १ मा पत्रकार सम्मेलन तथा अन्तरक्रियाको लागि नेपाल पर्यटन पत्रकार संघ रुपनदेहीका अध्यक्ष भुवन कार्कीले व्यवस्थापन मिलाएका थिए । त्यस अवसरमा प्रदेश नं. १ पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेल र नेपाल पत्रकार महासंघ मोरंग शाखा अध्यक्ष बन्धु पोखरेको उपस्थिति रहेको थियो ।

 



फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.