Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

रास्ट्रीय एकता र समावेशीताको आधार सुनिश्चित गरौ, अन्तरक्रियात्मक गोष्ठी

प्रशौनी छठ ०२२
0 118
cin bigyapan
फेटा छठ ०२२

सबिर आलम, बारा।

पचरौता छठ ०२२

आज आदर्श कोतवाल गाउँपालिका अन्तर्गत पर्ने बि. पी. नेत्र प्रतिस्ठान हरनैहिया चौकको सभा हलमा रास्ट्रीय एकता र समावेशीताको आधार सुनिश्चित गरौ, अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरुको अधिकार, नाराका साथ पहिचान नेपालको आयोजना तथा मिथिला सारथि समाज नेपालको सहकार्यमा disability Rights found परियोजना अन्तर्गत अन्तरक्रियात्मक गोष्ठी गरिएको हो।

पहिचान नेपालका अध्यक्ष ईक्षा के. सी.र मिथिला सारथि समाजका गा. पा. अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षता तथा आदर्श कोतवाल गा.पा. अध्यक्ष श्री जवाहर प्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ। उक्त गोष्ठी कार्यक्रममा वाडा न.५ का वाडा अध्यक्षले पहिचान नेपाल एउटा सस्था हो, जुन चौथो वर्षमा प्रवेश गरेकोमा म र गा.पाको तर्फ बाट धेरै धेरै धन्यवाद ज्ञापन् गर्दै भने अपाङ्ग महिलाहरुको लागि जुन यो सस्थाले उदेश्य लिएर आएको छ, त्यो उदेश्य पूरा गर्नका लागि हाम्रो गा. पा. बिच सहकार्य गरि सिपमुलक कार्यक्रम ल्याओस जुन अपाङ्गहरुको लागि फाईदा जनक होस भनी गा. पा. अध्यक्ष समक्ष आफ्नो कुरा राख्नु भएको थियो।

cin bigyapan

मिथिला सारथी समाज आदर्श कोतवाल गा.पा. अध्यक्ष सुनिल कुमार यादवले भने अपाङ्गता भएको युवा महिलाहरुको खानामा समस्या, लालन पालनमा समस्या रहेको तथा अपाङ्ग महिला लाई दोस्रो पत्नीको रूपमा पनि विवाह गरि राखेको हुन्छ कि उसबाट पनि सन्तान हुन्छ कि तर सन्तान नभएको खण्डमा उसलाई पछि दु:ख दिने कार्य पनि भएको कुरा जानकारी गराउनु भएको थियोे। साथै अपाङ्ग भएको व्यक्ति लाई उपचार गरे निको हुन्छ भनी सोच हाम्रो समाजमा नरहेको कुरा अवगत गराउनु भएको थियोे।

अपाङ्गहरुलाई सिपमुलक कार्यक्रम सृजना गरि समस्या समाधान गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनु भएको थियो। पहिचान नेपालका अध्यक्ष ईक्षा के.सी.ले भने पहिचान नेपालले के उपेक्षा राखेको छ, भने अतिथिहरु हाम्रा सवालहरु प्रत्येक्ष सुनोस, जुन व्यक्ति समस्यामा छ ती व्यक्तिहरु प्रत्येक्ष रूपमा आफ्ना कुरा राख्न पाओस, साथै यो गाउँपालिकामा भएका अपाङ व्यक्तिहरुका लागि स्वरोजगार मुलक काम गर्न सकिए विशेष ग्राहयता दिए सोचमा परिवर्तन समेत हुन्थ्यो भनी कुरा राख्नु भएको थियो।

त्यस्तै आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जवाहर प्रसाद साहले भने अपाङ्गता भएका व्यक्तिहरुको पोषण पालन कसरी हुन्छ?नेपाल सरकार बाट प्रदान गरिएको अपाङ्ग कार्डले मात्र भाता पाउनाले हुदैन, बरु अपाङ्ग महिलाहरु लाई आदर्श कोतवाल गाउँपालिका बाट वास्तविक छानबिन गरि सही तथ्यांक राख्न र आउदो वर्षको बजेटमा राखी आवश्यक सहयोग गर्छु भनी आश्वासन दिनु भएको थियो। आउदो दिनमा घरमै बसी एउटा कार्यक्रम चलाउछु भनी बताउनु भएको थियोे।

एक मानवले अर्को मानवलाई सधै सहयोग गर्नु पर्छ भनी सबैमा आग्रह गर्नु भएको थियो। उक्त कार्यक्रममा विशिस्ट अतिथी आदर्श कोतवाल गा.पा.को उप- प्रमुख मिरा देवी, सदस्य रोजिना खातुन, सीता कुमारी पासवान,बारा नेत्रहिन संघको सह सचिव श्यामसुन्दर महतो, तथा ३५जना युवा महिला अपाङ्गहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जितेन्द्र यादवले गरेका थिए ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer