विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

राजबिराजमा मैथिली गायक रँजित शर्मा र भोजपुरी नायिका काजल राधवानी धामाका हुँदै

cin bigyapan

राजबिराज ।  राजबिराजमा मैथिली गायक रँजित शमा र भोजपुरी नायिक काजल राधवानी धामाका हुँदै छ । सप्तरीको राजविराजमा मैथिली भोजपुरी साँगित कार्यक्रमको नौलो प्रस्तुतिमा उक्त स्टार धामाका आउदो बैशाख २० गतेबाट हुनेभएको छ ।
दिनाभद्री फिल्मस प्रालिको प्रस्तुतिमा मैथिली भोजपुरी स्टार धमाका कार्यक्रम राजबिराजको राज रंगशालामा दिउँसो २ बजेदेखि हुने भएको छ ।मैथिली एवम् भोजपुरी भाषाका स्टारहरु मैथिली सुपर स्टार गायक रँजित शर्मा, सन्नु कुमार मण्डल ,अन्जु यादव , अरुणकान्त यादव, भोजपुरी नायिक काजल राधवानी लगायत मैथिली तथा भोजपुरी सुपर स्टारहरुले बृहत प्रस्तुति रह्ने जनाएको छ । त्यसैगरी कार्यक्रममा स्मृति गिरी,सहित प्रसिद्ध नृत्याँगना कशिश दाहाल, ममता पण्डितले मनोरञ्जन कार्यक्रम प्रस्तुति रह्ने छ ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

राजविराज स्थित राजरङ्गशालामा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रम तथा मधेश मिसन फिल्मको प्रोमोसन कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजक समितिले आग्रह गरेको छ । जनकपुरका तबलावादक शम्भु कर्णको दुबै किडनी फेल भएकोले उनको उपचारमा सहयोग गर्ने उद्देश्यले समेत च्यारिटी शो आयोजना गरिएकोे कलाकार अरूणकान्त यादवले जानकारी दिएका छन् । टिकट सप्तरी र सिरहाको विभिन्न पसलमा किन्न पाउन ब्यबस्था मिलाएको छ । साथै एक टिकट खरिद गरेमा निशुल्क पेट पूजा चाउचाउ उपलब्ध गराउने भएको छ ।

baragadhi
Karaiya Mai

Comments are closed.